Uk Nepal Press
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
Uk Nepal Press
No Result
View All Result
Eng

४ वर्षपछि एनआरएनए(NRNA) एकजुट, केसी–श्रेष्ठ पक्षबीच सहमति

कुसुम शर्मा by कुसुम शर्मा
मंसिर १५, २०८२
0
Share on FacebookShare on Twitter

कुसुम शर्मा
यूके नेपाल प्रेस
बेलायत ,१५ मंसिर, २०८२ सोमवार—
करिब चार वर्षदेखि दुई अलग कार्यसमितिमा विभाजित रहेर विवादमा फसेको गैरआवासीय नेपाली संघ (एनआरएनए) पुनः एकजुट भएको छ। अध्यक्ष बद्री केसी र महेशकुमार श्रेष्ठ नेतृत्वका पक्षहरूले आइतबार प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा १० बुँदे एकता सहमतिपत्रमा हस्ताक्षर गर्दै संस्थालाई एकीकृत ढंगले अघि बढाउने प्रतिवद्धता जनाएका हुन्।

२०७८ माघ १ देखि सुरु भएको विभाजनले एनआरएनएको आधिकारिकता, निर्णय प्रक्रियादेखि महाधिवेशनसम्म निरन्तर विवाद खडा गरेको थियो। नयाँ सहमतिअनुसार दुवै पक्षले एकअर्काका कार्यसमितिलाई आधिकारिकरूपमा स्वीकार गरेका छन्। साथै, आगामी १७ अप्रिलभित्र १२औँ एकता महाधिवेशन गर्ने सहमति भएको छ।

सहमतिअनुसार एकता महाधिवेशन पारदर्शी बनाउन ११ सदस्यीय स्टेरिङ कमिटी गठन गरिएको छ ।

सहमतिपत्रले विगतमा विवादका कारण उत्पन्न भएका समानान्तर नेतृत्वहरू—डा. बद्री केसी, कुल आचार्य, रविना थापा, विनोद कुँवर र राजेन्द्रकुमार शर्मालाई पूर्वकार्यसमितिका रूपमा अभिलेखित गर्ने व्यवस्था गरेको छ।

यसअघि उच्चस्तरीय समितिको संयोजकत्वबाट आयोजित एकता महाधिवेशनमा विजयी भएका श्रेष्ठ पक्षले बालुवाटारस्थित सचिवालयमा प्रवेश पाइसकेको छ। सोही महाधिवेशनबाट निर्वाचित केसी नेतृत्वलाई पनि श्रेष्ठ समूहले औपचारिक मान्यता दिएको छ।

दुवै पक्षबीच आधिकारिकता विवादबारे सर्वोच्च अदालतमा दायर भएका मुद्दा फिर्ता लिने वा आपसी सहमति मार्फत समाधान गर्ने उल्लेख सहमतिपत्रमा स्पष्ट छ। परराष्ट्र मन्त्रालयमा सहमतिपत्र अभिलेखित गरिने र कार्यान्वयनमा कुनै विवाद आए मन्त्रालयसँग समन्वय गर्ने सहमति गरिएको छ।

सहमतिअनुसार आर्थिक पारदर्शिताका लागि स्वतन्त्र तेस्रो पक्षबाट अडिट गरिनेछ। आगामी १२औँ महाधिवेशन स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन छुट्टै पूरक सहमति गर्ने तयारी पनि करण्यात आएको छ।

सहमतिपत्रमा हस्ताक्षर गर्दै दुवै अध्यक्ष—केसी र श्रेष्ठले—एनआरएनएलाई पुनः एकीकृत, स्वायत्त, गैरराजनीतिक र विश्वभरि रहेका नेपालीहरूको साझा संस्थाका रूपमा अघि बढाउने प्रतिवद्धता दोहोर्याएका छन्।

Post Views: 170
Loading spinner

संबन्धित समाचार

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ
Banner News

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

अशोज ९, २०८३
सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?
Banner News

सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

अशोज २, २०८३
नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन
Banner News

नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

भदौ ३१, २०८३
हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम
Banner News

हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

भदौ २९, २०८३
Next Post
शान्तिपूर्ण र धाँधलीरहित निर्वाचनका लागि नेकपाको राष्ट्रव्यापी तयारी अभियान

शान्तिपूर्ण र धाँधलीरहित निर्वाचनका लागि नेकपाको राष्ट्रव्यापी तयारी अभियान

Leave Comment

ताजा खबर

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

अशोज ९, २०८३
सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

अशोज २, २०८३
नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

भदौ ३१, २०८३
हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

भदौ २९, २०८३
आज कुशे औँसीः जीवित बाबुलाई सम्मान, दिवङ्गत पिताको सम्झनामा तर्पण र श्राद्ध

आज कुशे औँसीः जीवित बाबुलाई सम्मान, दिवङ्गत पिताको सम्झनामा तर्पण र श्राद्ध

भदौ २६, २०८३

ब्लग

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवाहरू र अद्यावधिक हरूनयाँ सेवाहरू र अद्यावधिक हरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवा हरू र अद्यावधिकहरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवाहरूको सुधार

व्यवसायिक सेवाहरूको सुधार

by uknepalpress
फाल्गुन २८, २०८१
0

News Channel Logo

हामी तथ्यमा आधारित र जनचासोका विषयहरूमा केन्द्रित छौं। पाठकहरूले राजनीति, अर्थतन्त्र, मनोरञ्जन लगायतका विविध समाचार पाउन सक्नुहुन्छ।

  •             समाचार                  युवामञ्च
  •             राजनीति                 ब्लग
  •             विचार                     स्वास्थ्य

Contact Us

LocationEdinburgh, UK

Emailinfo@uknepalpress.com

  • Contact Us

Copyright © 2025 UK Nepal Press, All Rights Reserved