Uk Nepal Press
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
Uk Nepal Press
No Result
View All Result
Eng

चीन भ्रमणमा प्रधानमन्त्री ओली : कूटनीति, आलोचना र संभावनाहरू

uknepalpress by uknepalpress
भदौ १४, २०८२
0
Share on FacebookShare on Twitter

शिव कुमार ढकाल
बेलायत
– प्रधानमन्त्री केपी शर्मा ओली चीनको तियानजिनमा हुने शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुन आज बिहान चीन प्रस्थान गरेका छन्। उनी बिहान करिब ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उच्चस्तरीय प्रतिनिधि मण्डलसहित प्रस्थान गरेका हुन्।

यसपटकको भ्रमणमा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङ, रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसहित कम्तीमा ६ मुलुकका सरकार प्रमुखहरूसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ। साथै उनले भदौ १६ गते हुने ‘एससीओ प्लस’ शिखर सम्मेलनलाई सम्बोधन गर्ने तय भएको छ, जहाँ क्षेत्रीय सुरक्षा, आर्थिक सहकार्य र पूर्वाधारसम्बन्धी मुद्दामा छलफल हुने अपेक्षा गरिएको छ।

यद्यपि, प्रधानमन्त्रीको यो भ्रमणलाई लिएर देशभित्र विभिन्न प्रतिक्रिया देखिएका छन्। समर्थकहरूले यसलाई नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा परिचित गराउने अवसरका रूपमा लिएका छन्। तर आलोचकहरू भन्छन्, विगतमा पनि यस्ता उच्चस्तरीय भ्रमणहरूले ठूलो प्रचार त पाएको छ, तर ठोस नतिजा र दीर्घकालीन फाइदा भने आम नागरिकसम्म पुगेको छैन।

प्रधानमन्त्रीसँगै उनकी पत्नी राधिका शाक्य, पूर्व उपप्रधानमन्त्री तथा प्रतिनिधिसभा सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री तथा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, पूर्वमन्त्री एवं सांसद छविलाल विश्वकर्मा लगायत वरिष्ठ सरकारी अधिकारीहरू टोलीमा सहभागी छन्।

विशेषगरी राष्ट्रपति सी चिनफिङसँगको भेटलाई कूटनीतिक दृष्टिले महत्वपूर्ण मानिएको छ। चीनसँगको सम्बन्धलाई थप प्रगाढ बनाउन सकिने अवसर भए पनि नेपालले विगतमा प्रतिबद्धताहरूलाई कार्यान्वयनमा ल्याउन असफल भएको भन्दै केही विश्लेषकहरूले यसपटक पनि ठोस उपलब्धि नआउने आशंका व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओली भदौ १८ गते राति करिब १०:३० बजे स्वदेश फर्कने कार्यक्रम छ।

Post Views: 85
Loading spinner

संबन्धित समाचार

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ
Banner News

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

अशोज ९, २०८३
सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?
Banner News

सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

अशोज २, २०८३
नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन
Banner News

नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

भदौ ३१, २०८३
हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम
Banner News

हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

भदौ २९, २०८३
Next Post
राप्रपा–रास्वपाको आवाज दबाइयो : अध्यक्ष लिङ्देन

राप्रपा–रास्वपाको आवाज दबाइयो : अध्यक्ष लिङ्देन

Leave Comment

ताजा खबर

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

अशोज ९, २०८३
सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

अशोज २, २०८३
नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

भदौ ३१, २०८३
हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

भदौ २९, २०८३
आज कुशे औँसीः जीवित बाबुलाई सम्मान, दिवङ्गत पिताको सम्झनामा तर्पण र श्राद्ध

आज कुशे औँसीः जीवित बाबुलाई सम्मान, दिवङ्गत पिताको सम्झनामा तर्पण र श्राद्ध

भदौ २६, २०८३

ब्लग

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवाहरू र अद्यावधिक हरूनयाँ सेवाहरू र अद्यावधिक हरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवा हरू र अद्यावधिकहरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवाहरूको सुधार

व्यवसायिक सेवाहरूको सुधार

by uknepalpress
फाल्गुन २८, २०८१
0

News Channel Logo

हामी तथ्यमा आधारित र जनचासोका विषयहरूमा केन्द्रित छौं। पाठकहरूले राजनीति, अर्थतन्त्र, मनोरञ्जन लगायतका विविध समाचार पाउन सक्नुहुन्छ।

  •             समाचार                  युवामञ्च
  •             राजनीति                 ब्लग
  •             विचार                     स्वास्थ्य

Contact Us

LocationEdinburgh, UK

Emailinfo@uknepalpress.com

  • Contact Us

Copyright © 2025 UK Nepal Press, All Rights Reserved