Uk Nepal Press
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
Uk Nepal Press
No Result
View All Result
Eng

मन्त्रिपरिषद्को निर्णय : प्रहरीको ३२औं महानिरीक्षक बने चन्द्रकुवेर खापुङ

uknepalpress by uknepalpress
भदौ १३, २०८२
0
Share on FacebookShare on Twitter

१३ भदौ, बेलायत – सरकारले नेपाल प्रहरीको नेतृत्व चन्द्रकुवेर खापुङलाई सुम्पने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई नेपाल प्रहरीको ३२औं महानिरीक्षक (आईजीपी) नियुक्त गरेको हो। निर्णय १९ भदौदेखि लागू हुने गरी गरिएको एक मन्त्रीले जानकारी दिएका छन्।

हालका प्रहरी महानिरीक्षक दिपक थापा १८ भदौ राति १२ बजेबाट अनिवार्य अवकाशमा जाने भएकाले नयाँ आईजीपीको टुंगो यसअघि नै लगाइएको हो। प्रधानमन्त्री केपी शर्मा ओली शनिबारदेखि चीन भ्रमणमा जाने कार्यक्रम रहेकाले त्यसअघि बसेको मन्त्रिपरिषद्ले खापुङको नियुक्ति औपचारिक रूपले तय गरेको हो।

खापुङ यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुखका रूपमा कार्यरत थिए। उनी र हालका आईजीपी थापा एउटै ब्याचबाट इन्स्पेक्टर भर्ना भएका थिए। त्यही ब्याचका अधिकृतहरूलाई तीन चरणमा नियुक्त गरिएको थियो।

पहिलो समूहमा नियुक्त भएकामध्ये बसन्तबहादुर कुँवर ३० वर्षे सेवाअवधि पूरा गर्दै २०८१ चैत ५ मा अवकाश गइसकेका थिए। दोस्रो समूहमा नियुक्त भएकामध्ये दिपक थापा आईजीपी बनेका थिए। उनी पनि यही १८ भदौमा सेवा अवधिका कारण अवकाश हुँदैछन्।

खापुङ भने तेस्रो समूहका एकल प्रतिस्पर्धी बनेका थिए। उनका सहकर्मी एआईजी लालमणि आचार्य यसअघि ५६ वर्षे उमेर हदका कारण अवकाश भइसकेका छन् भने अर्का एआईजी कृष्णहरि शर्मा पोखरेल पनि यही १५ भदौमा अनिवार्य अवकाशमा जाँदैछन्।

यस पृष्ठभूमिमा खापुङ प्रहरी नेतृत्वका लागि स्वाभाविक उम्मेदवार बनेका थिए। यदि सेवाअवधि सम्बन्धी नयाँ प्रहरी ऐन जारी भएमा उनको कार्यकाल थपिनेछ, नभए हालको प्रावधानअनुसार उनी पनि ३० वर्षे सेवाअवधि पूरा गर्दै आगामी २६ कात्तिक राति १२ बजेदेखि अनिवार्य अवकाशमा जानेछन्।

Post Views: 104
Loading spinner

संबन्धित समाचार

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ
Banner News

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

अशोज ९, २०८३
सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?
Banner News

सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

अशोज २, २०८३
नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन
Banner News

नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

भदौ ३१, २०८३
हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम
Banner News

हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

भदौ २९, २०८३
Next Post
चीन भ्रमणमा प्रधानमन्त्री ओली : कूटनीति, आलोचना र संभावनाहरू

चीन भ्रमणमा प्रधानमन्त्री ओली : कूटनीति, आलोचना र संभावनाहरू

Leave Comment

ताजा खबर

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

अशोज ९, २०८३
सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

अशोज २, २०८३
नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

भदौ ३१, २०८३
हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

भदौ २९, २०८३
आज कुशे औँसीः जीवित बाबुलाई सम्मान, दिवङ्गत पिताको सम्झनामा तर्पण र श्राद्ध

आज कुशे औँसीः जीवित बाबुलाई सम्मान, दिवङ्गत पिताको सम्झनामा तर्पण र श्राद्ध

भदौ २६, २०८३

ब्लग

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवाहरू र अद्यावधिक हरूनयाँ सेवाहरू र अद्यावधिक हरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवा हरू र अद्यावधिकहरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवाहरूको सुधार

व्यवसायिक सेवाहरूको सुधार

by uknepalpress
फाल्गुन २८, २०८१
0

News Channel Logo

हामी तथ्यमा आधारित र जनचासोका विषयहरूमा केन्द्रित छौं। पाठकहरूले राजनीति, अर्थतन्त्र, मनोरञ्जन लगायतका विविध समाचार पाउन सक्नुहुन्छ।

  •             समाचार                  युवामञ्च
  •             राजनीति                 ब्लग
  •             विचार                     स्वास्थ्य

Contact Us

LocationEdinburgh, UK

Emailinfo@uknepalpress.com

  • Contact Us

Copyright © 2025 UK Nepal Press, All Rights Reserved