शिव कुमार ढकाल
www.uknepalpress.com
National Press Corporation(NPC)
हालै अध्यक्षका रूपमा लालवीर चौधरीको नाम अद्यावधिक गर्न गरिएको अनुरोध अस्वीकृत गर्दै ,नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अध्यक्ष पदमा पुनः रञ्जिता श्रेष्ठ नै रहने निर्वाचन आयोगले निर्णय गरेको छ।
साउन १५ गते काठमाडौंमा सम्पन्न नाउपाको राष्ट्रिय भेलाले लालवीर चौधरीलाई अध्यक्ष चयन गरेको थियो र उक्त निर्णय आयोगमा दर्ता गर्न निवेदन दिएको थियो। तर, आयोगकी प्रवक्ता निता पोखरेल अर्यालका अनुसार राजनीतिक दलसम्बन्धी ऐन र दलको विधानको समीक्षापछि रञ्जिता श्रेष्ठलाई नै वैधानिक अध्यक्षका रूपमा कायम गर्ने निर्णय गरिएको हो।
नाउपा दर्ता हुँदा २१ सदस्यीय केन्द्रीय समितिमा लालवीर चौधरीको नाम थिएन। उनी २०७९ मंसिरमा बर्दियाबाट स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि मात्र पार्टीमा प्रवेश गरेका थिए। लालवीर नाउपा संरक्षक रेशम चौधरीका पिता हुन् भने रञ्जिता रेशमकी पत्नी हुन्।
रेशम चौधरीले पत्नीलाई अध्यक्ष पदबाट हटाएर पितालाई अध्यक्ष बनाउने प्रयास गरे पनि यसअघि २०८० सालमा सम्पन्न पहिलो महाधिवेशनबाट रेशमलाई अध्यक्ष बनाउने निर्णयलाई समेत निर्वाचन आयोगले अस्वीकार गर्दै रञ्जितालाई नै अध्यक्ष कायम गरेको थियो।
















