Uk Nepal Press
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
Uk Nepal Press
No Result
View All Result
Eng

मध्यरात ओलीले रोकिदिए विद्याको राजनीतिमा आउने बाटो

uknepalpress by uknepalpress
साउन ७, २०८२
0
Share on FacebookShare on Twitter

नेकपा (एमाले) को मंगलबार सकिएको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक पुनरागमनको बाटो बन्द गर्ने निर्णय गर्‍यो।

संवैधानिक प्रबन्धअनुसार राष्ट्राध्यक्ष, नेपाली सेनाको परमाधिपति, संविधानको रक्षक र पालनकर्ता भइसकेको व्यक्ति राजनीतिमा फर्कन नहुने बताउँदै केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले भण्डारीको पुनरागमनलाई रोक्नुपर्ने प्रस्ताव गरेका थिए।

अध्यक्ष ओलीको भण्डारीलाई राजनीतिमा फर्कन नदिने प्रस्तावमा उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र स्थायी कमिटी सदस्यले फरक मत राखेका थिए।

पाण्डे र ज्ञवालीले असहमति राख्न पाए भने कर्ण थापाले बोल्नसमेत पाएनन्। उनले लिखित राख्छु भन्दाभन्दै बैठक समापन भएको घोषणा गरियो। भण्डारी पक्षले दाबी गरेअनुसार बैठक समापनमा होहल्लासमेत भएको थियो।

तर प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले आजको निर्णयलाई सर्वसम्मत नै भन्नुपर्ने बताए। 

केन्द्रीय कमिटी बैठकमा झन्डै २६४ जनाले धारणा राखेका थिए। त्यसमध्ये सचिवालय सदस्य, स्थायी कमिटी र पोलिटब्युरो सदस्यसम्म थिए। यसमा तीन जनाको फरक मत रहेको हो।

‘राष्ट्रपति नेपाली सेनाको परमाधिपति भइसकेको राष्ट्राध्यक्ष जस्तो गरिमामय पदमा पुगेको व्यक्ति, राष्ट्रिय एकताको प्रतीक, संविधानको पालनकर्ता र संरक्षण गर्ने व्यक्तित्व, नेपाली सेनाको परमाधिपति, साझा व्यक्तित्व, राष्ट्रको गौरव, गणतन्त्रको प्रतीक, देशकै अभिभावक राजनीतिक दलको कार्यकर्ता वा नेता हुने कुरा हाम्रा स्थापित मान्यताले पनि राम्रो हुँदैन, हामीले दिएको सम्मानमा कुनै कमी हुन दिनुहुँदैन र हामीले उहाँलाई दिएको सम्मान कायम राख्नु पर्छ, उहाँ राष्ट्रिय व्यक्तित्व हो, राष्ट्रको गौरव हो, हाम्रो पनि गौरव हो, यस्तो परिप्रेक्षमा उहाँ राजनीतिमा आउनु हुँदैन, यो गलत नजिर र अभ्यास हुन्छ भन्ने निष्कर्ष केन्द्रीय कमिटीले निकालेको छ’, गौतमले भने।

‘पूर्वराष्ट्रपति भण्डारीलाई विद्या भण्डारीलाई पार्टीमा नफर्कन, आफ्नो गरिमाअनुरूप पूर्वराष्ट्रपतिको हैसियतमा सल्लाहकार र अभिभावक बनेर बस्न आग्रह गर्ने,’ अध्यक्ष ओलीले यस्तो प्रस्ताव गर्नेबित्तिकै उपाध्यक्ष पाण्डेले प्रतिवाद गरेका थिए। उनले यस्तो संवेदनशील विषय केन्द्रीय कमिटीले निर्णय गरेर जान नहुने धारणा राखेका थिए। उनले यसले पार्टी जीवनमा दीर्घकालीन असर पुर्‍याउने भन्दै सुविचारित ढंगले निष्कर्षमा पुग्नुपर्ने मत राखेका थिए।

घटनाक्रम र परिस्थितिले थप छलफलको माग गरेको बताउँदै अध्यक्ष ओलीले भण्डारीसँग छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने बताएका थिए।

‘यही केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय नगरौं। यसले पार्टीको हित गर्दैन। बरू दीर्घकालीन असर पुर्‍याउँछ। अध्यक्ष आफैले उहाँ (भण्डारी) सँग छलफल गर्नुस्। हामीमध्ये कसैलाई जिम्मा दिए पनि हुन्छ,’ उपाध्यक्ष पाण्डेले फरक मत राख्दै भनेका थिए, ‘उहाँलाई राजनीतिमा आउन नदिने नै हो भने पनि सरसल्लाहबाट गरौं।’

उपाध्यक्ष युवराज ज्ञवालीले पनि यस्तो गम्भीर विषयमा अहिले नै हतारिएर निर्णय गर्न जरूरी नरहेको बताएका थिए। केन्द्रीय कमिटीमा विषय उठे पनि सचिवालय बैठकले टुंग्याउन सकिने धारणा राखेका थिए।

‘अहिले निर्णय गर्न नहतारिऊँ। सचिवालयबाट निर्णय गर्न सकिन्छ,’ उनको धारणा थियो।

त्यसो त भण्डारीको आगमन रोक्ने विषयमा स्थायी कमिटी सदस्य कर्ण थापाले पनि असहमति प्रकट गरेका थिए।

अध्यक्षले ओलीले गर्ने प्रस्तावको संकेत पाएका थापाले उनले बोल्नुपूर्व नै फरक मत छ भन्दै बैठकमा राख्न खोजेका थिए।

अध्यक्ष ओलीले उनलाई तुरून्तै रोकेको एक केन्द्रीय सदस्यले बताए। ‘बैठकले निर्णय सुनाएकै छैन। निर्णय सुनाउने बेलामा केही भए भन्नु’ भन्दै स्थायी कमिटी सदस्य थापालाई रोकेका थिए। यसक्रममा अध्यक्ष ओली र थापाबीच नोकझोकसमेत भएको थियो।

पूर्वराष्ट्रपति भण्डारी एमाले राजनीतिमा फर्कने कि नफर्कने भनेर एमालेभित्र बहस पेचिलो बनेको थियो। यसैसँग गाँसिएकाले सदस्यता नवीकरणको प्रश्न पनि थियो।

भण्डारीको आगमन र सदस्यता नवीकरणको पक्षमा बोल्दै आएका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल भने आज बोलेनन्। तीन जना नेताले केन्द्रीय कमिटीको निर्णयमा फरक मत राखिरहँदा उनी भने मौन नै बसे।

सोमबारदेखि चलेको बैठकको छनक हेर्दा अध्यक्ष ओली भण्डारीलाई रोक्ने निष्कर्षमा पुग्ने अपेक्षित नै थियो। सोमबार केन्द्रीय कमिटी बैठक सुरू गर्ने बेला बोल्दै अध्यक्ष ओलीले भण्डारीलाई प्रष्ट भाषामा पोलिटब्युरो बैठकको निर्णयको जानकारी गराइसकेको बताएका थिए। उनीहरूबीच आइतबार अपराह्न पार्टी केन्द्रीय कार्यालय च्यासलमा झन्डै पौने दुई घन्टा छलफलसमेत भएको थियो।

‘हिजोको भेटवार्तामा पूर्वराष्ट्रपतिज्यूलाई पोलिटब्युरो बैठकको निर्णयको जानकारी गराइएको छ। राष्ट्रपतिको गरिमा, गणतन्त्रात्मक पद्धतिलाई अनावश्यक विवादमा तान्न नहुने कुरा पनि स्पष्ट रूपमा राखिएको छ,’ ओलीले पूर्वराष्ट्रपतिसँगको भेटबारे बैठकमा भनेका थिए, ‘उहाँले आफ्नो धारणा सोचेर पछि जानकारी दिने बताउनुभएको छ। उहाँको धारणा आएपछि आवश्यकता अनुसार पार्टीले थप निर्णय गर्नेछ।’ 

त्यसपछि केन्द्रीय सदस्यहरूले जसरी धारणा राखेका थिए, बैठक समापन हुँदा पूर्वराष्ट्रपतिको आगमनलाई रोक्ने निर्णयमा पुग्छ भनेर अनुमान गर्न सकिन्थ्यो।

तर भण्डारीले केन्द्रीय कमिटीले यस्तो कठोर निर्णय गर्ने अनुमान गरेकी थिइनन्।

मंगलबार च्यासल स्थित केन्द्रीय कार्यालय बैठक चल्दै गर्दा भंगालस्थित निवासमा पूर्वराष्ट्रपति भण्डारी केही सञ्चारकर्मीसँग आफ्ना धारणा राखिरहेकी थिइन्।

छैठौं महाधिवेशनयताको लामो पृष्ठभूमि बाँध्दै भण्डारीले ओलीलाई लामो समयदेखि साथ दिँदै आएको, छैठौं महाधिवेशनपछि बल्खुस्थित पार्टी केन्द्रीय कार्यालयमा १८ दिन लामो बैठक चल्दै गर्दा ओलीको पक्षमा आफू र प्रदीप ज्ञवालीबाहेक अरू नभएको प्रसंगसमेत निकालेकी थिइन्। तत्कालीन महासचिव माधवकुमार नेपालको समूहबाट अलग्याएर जनताको बहुलीय जनवाद र पार्टी लोकतान्त्रिकरणको विचारको नेता बनाउँदै पार्टी अध्यष बनाउन आफ्नो भूमिका रहेको भण्डारीको भनाइ थियो। तर ओली अहिले विगतमा आफैले अघि सारेका मान्यता र विचारबाट पछि हटेकोसमेत भण्डारीले बताएकी थिइन्।

राष्ट्रपतिबाट बहिर्गमित भएलगत्तै राजनीतिमा सक्रिय हुनेबारे लामो समयदेखि अध्यक्ष ओली जानकार नै रहेको बताउँदै केन्द्रीय कमिटी बैठकबाट यस्तो निर्णय गराउलान् भनेर उनले सोचेको अभिव्यक्तिबाट छनक पाइँदैनथ्यो।

‘केन्द्रीय कमिटी बैठकबाट हुने कठोर निर्णयको समाचार तपाईंहरूले लेख्नुपर्दैन,’ उनले आत्मविश्वासपूर्वक भनेकी थिइन्।
भण्डारीले आफू राजनीतिमा अघि बढिसकेकाले पछि हट्ने सम्भावना नरहेको बताएकी थिइन्। माझ किरातदेखि सङ्घर्ष गर्दै राष्ट्रिय राजनीतिको केन्द्र भागमा आइपुगेको विवेचना गर्दै उनले खुट्टा नकमाउने बताएकी थिइन्।

‘म सक्रिय राजनीतिमा अघि बढिसकेकी छु। खुट्टा कमाउँदिन,’ उनले भनेकी थिइन्।

एमालेको आठौं र नवौं महाधिवेशनमा उपाध्यक्ष निर्वाचित भएकी भण्डारीले २०७१ सालमै नेताहरूको आँखाको कसिङ्गर बनिसकेको चर्चासमेत गर्न भ्याइन्। २०७१ को नवौं महाधिवेशनपछि नै आफूलाई भावी अध्यक्षको रूपमा बुझिएको सन्दर्भ बताउँदै उनले त्यतिबेला केही नेताले त्यसरी पनि चर्चा गरेको बताइन्।

‘म २०७१ सालमै नेताहरूको आँखाको कसिङ्गर बनिसकेको थिएँ। २०७२ मा संविधान जारी भएपछि पार्टीले निर्णय गरेर नै राष्ट्पति भएको हुँ। अहिले सदस्यता त्याग, राजीनामाको कुरा गरिँदैछ। यसमा कुनै सत्यता छैन। म पार्टीले निर्णय गरेर राष्ट्रपति भएकी हुँ, सदस्यता त्यागेर होइन,’ उनले भनेकी थिइन्। 

आफू राजनीतिमा सक्रिय भइसकेकाले दह्रो खुट्टा टेकिसकेको दाबी गरेको भण्डारी एमालेको ढोकैमा रोकिएकी छिन्। २०३७ साल कात्तिक ७ गते प्राप्त गरेको पार्टी सदस्यता राष्ट्रपति हुँदा नवीकरण रोकिएको थियो। २०८० वैशाख–जेठमै नवीकरण गरेर सक्रिय भएको बताएकी भण्डारीलाई केन्द्रीय कमिटीले राजनीतिमा फर्कन नदिने निर्णय गर्‍यो। भण्डारी पक्षधरहरूले छलफलपश्चात् धारणा सार्वजनिक गर्ने बताएका छन्।
source: setopati

Post Views: 99
Loading spinner

संबन्धित समाचार

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ
Banner News

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

अशोज ९, २०८३
सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?
Banner News

सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

अशोज २, २०८३
नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन
Banner News

नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

भदौ ३१, २०८३
हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम
Banner News

हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

भदौ २९, २०८३
Next Post
एमाले अध्यक्ष बन्नकै लागि राजनीतिमा फर्किएँ– विद्या भण्डारी

पूर्वराष्ट्रपति भण्डारीले शुक्रबार पत्रकार सम्मेलन गरेर आफ्ना धारणा राख्ने

Leave Comment

ताजा खबर

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

अशोज ९, २०८३
सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

अशोज २, २०८३
नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

भदौ ३१, २०८३
हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

भदौ २९, २०८३
आज कुशे औँसीः जीवित बाबुलाई सम्मान, दिवङ्गत पिताको सम्झनामा तर्पण र श्राद्ध

आज कुशे औँसीः जीवित बाबुलाई सम्मान, दिवङ्गत पिताको सम्झनामा तर्पण र श्राद्ध

भदौ २६, २०८३

ब्लग

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवाहरू र अद्यावधिक हरूनयाँ सेवाहरू र अद्यावधिक हरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवा हरू र अद्यावधिकहरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवाहरूको सुधार

व्यवसायिक सेवाहरूको सुधार

by uknepalpress
फाल्गुन २८, २०८१
0

News Channel Logo

हामी तथ्यमा आधारित र जनचासोका विषयहरूमा केन्द्रित छौं। पाठकहरूले राजनीति, अर्थतन्त्र, मनोरञ्जन लगायतका विविध समाचार पाउन सक्नुहुन्छ।

  •             समाचार                  युवामञ्च
  •             राजनीति                 ब्लग
  •             विचार                     स्वास्थ्य

Contact Us

LocationEdinburgh, UK

Emailinfo@uknepalpress.com

  • Contact Us

Copyright © 2025 UK Nepal Press, All Rights Reserved

No Result
View All Result
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट

Copyright © 2025 UK Nepal Press, All Rights Reserved