Uk Nepal Press
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
Uk Nepal Press
No Result
View All Result
Eng

इसराइली हमलामा इरानका राष्ट्रपति पेजेस्कियन घाइते भएको खुलासा

शिव ढकाल by शिव ढकाल
असार ३०, २०८२
0
इरानी राष्ट्रपति पेजेस्कियन

इरानी राष्ट्रपति पेजेस्कियन

Share on FacebookShare on Twitter

गत महिना इसराइलले गरेको आक्रमणमा परी इरानका राष्ट्रपति मसउद पेजेस्कियन घाइते भएको खुलेको छ।

इरानको रिभोलुसनरी गार्ड कोरनिकट फार्स न्युजले १६ जुनमा इसराइलले गरेको हवाई आक्रमणमा राष्ट्रपति पेजेस्कियन घाइते भएको उल्लेख गरेको छ।

इसराइलले इरानमाथि १३ जुनमा आक्रमण सुरू गरेको थियो।

बिबिसीका अनुसार त्यतिबेला तेहरानको एउटा भूमिगत संरचनामा राष्ट्रपति पेजेस्कियनले सैन्य अधिकारीहरूसहित राष्ट्रिय सुरक्षा परिषदको बैठक सञ्चालन गर्दै थिए।

इसराइलले उक्त भूमिगत संरचनाको प्रवेशद्वार र बाहिरिने ठाउँ दुवै तर्फ ६ वटा बम खसालेको थियो भनेर फार्स न्युजलाई उद्धृत गर्दै बिबिसीले लेखेको छ।

त्यसपछि राष्ट्रपति पेजेस्कियनसहित त्यहाँ सहभागीहरू आपतकालीन सुरूङमार्गबाट बाहिरिएका थिए।

त्यहाँ विद्युत आपूर्तिसमेत बन्द भएका थिए। यद्यपि राष्ट्रपति पेजेस्कियन ज्यान जोगाउन सफल भएका थिए भनेर फार्सले लेखेको छ।

आक्रमणमा परी राष्ट्रपति पेजेस्कियनको खुट्टामा चोट लागेको थियो।

फार्सले यी रिपोर्ट सार्वजनिक गर्दा घटनाको स्वतन्त्र पुष्टि भने गरेको छैन। इसराइली पक्षले पनि रिपोर्टबारे केही बोलेको छैन।

राष्ट्रपति पेजेस्कियनले गत हप्ता इसराइलले आफ्नो हत्या गर्ने योजना बनाएको भनेका थिए।

जसमा इसराइली विदेशमन्त्री इसराइल कात्जले पेजेस्कियनको दाबी झुटो भनेका थिए।  उनले इसराइली आक्रणको उद्धेश्य इरानको सत्ता परिवर्तन नभएको बताएका थिए।

यद्यपि १२ दिनको युद्धमा इसराइलले पश्चिमी तेहरानको पहाडी क्षेत्रमा लगातार हमला गरेको थियो। चौथो दिन गोप्य भूमिगत संरचनाहरूलाई लक्ष्य गरेर इरानले हमला गरेको भनिएको छ। जहाँ इरानका उच्च नेताहरु उपस्थित थिए।

इरानले इसराइली एजेन्टहरूले घुसपैठ गरेको भनेर अहिले अनुसन्धान गरिरहेको छ।

इसराइलले आक्रमणको पहिलो दिन नै इरानी सेना, इस्लामिक रिभोलुसनरी गार्ड कोर र आणविक वैज्ञानिकहरूको हत्या गरेको थियो। आइआरजिसीकै मुख्यालय र विभिन्न संरचनाहरूलाई लक्ष्य बनाएको थियो।

आइआरजिसी र सेनाको चेन अफ कमान्ड नै ध्वस्त हुने गरी उच्च अधिकारीहरूको हत्या भएपछि इरानले चौबीस घन्टा निर्णय लिन नसक्ने अवस्था आएको थियो।

 त्यतिबेला इरानी सर्वोच्च नेता आयतोल्लाह अली खामेनीलाई पनि इसराइलले मार्ने योजना बनाएको रिपोर्ट सार्वजनिक भएका थिए। पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रोकेपछि इसराइलल इरानी सर्वोच्च नेताको हत्या गर्ने योजनाबाट पछि हटेको भनिएको थियो।

बिबिसीले भने त्यतिबेला खामेनी बसेको बंकर इसराइली पक्षले पत्ता लगाउनै नसकेको भनेको छ।  खामेनीलाई गोप्य र अत्यन्त सुरक्षित स्थानमा सारिएपछि उनलाई इसराइलले ट्र्याक गर्न नसकेको समाचारमा उल्लेख छ।

खामेनीले युद्धविराम भएको तीन दिनपछि भिडिओ सन्देश सार्वजनिक गरेका थिए।

अघिल्लो साता अशुराको सिया पर्वको एक दिन अघि उनी सार्वजनिक कार्यक्रममा देखिएका थिए।

इरानले आफ्नो  शीर्ष अधिकारी र सैन्य कमान्डरहरूको ठेगानासँगै संवेदनशील र गोप्य संरचनाहरूको स्थान कसरी पत्ता लगायो भन्ने अझै पत्ता लगाउन सकेको छैन। 

Post Views: 77
Loading spinner

संबन्धित समाचार

कानुनी प्रक्रिया पूरा नगरी बस्ती खाली गराउने प्रयासमाथि प्रश्न
Breaking News

कानुनी प्रक्रिया पूरा नगरी बस्ती खाली गराउने प्रयासमाथि प्रश्न

बैशाख ११, २०८३
कानुनी आधारबिनै आयोग गठन गरिएको भन्दै कांग्रेस असन्तुष्ट
Breaking News

कानुनी आधारबिनै आयोग गठन गरिएको भन्दै कांग्रेस असन्तुष्ट

बैशाख ३, २०८३
इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको आग्रह, पत्रमार्फत कूटनीतिक दबाब
Breaking News

इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको आग्रह, पत्रमार्फत कूटनीतिक दबाब

बैशाख २, २०८३
जेलरको दाबी: भीडले करकापमा पत्रमा हस्ताक्षर गरायो
Breaking News

जेलरको दाबी: भीडले करकापमा पत्रमा हस्ताक्षर गरायो

चैत्र १२, २०८२
Next Post
प्रधानमन्त्री ओलीले मन्त्री गुप्तालाई बालुवाटार बोलाए

प्रधानमन्त्री ओलीले मन्त्री गुप्तालाई बालुवाटार बोलाए

Leave Comment

ताजा खबर

कानुनी प्रक्रिया पूरा नगरी बस्ती खाली गराउने प्रयासमाथि प्रश्न

कानुनी प्रक्रिया पूरा नगरी बस्ती खाली गराउने प्रयासमाथि प्रश्न

बैशाख ११, २०८३
कानुनी आधारबिनै आयोग गठन गरिएको भन्दै कांग्रेस असन्तुष्ट

कानुनी आधारबिनै आयोग गठन गरिएको भन्दै कांग्रेस असन्तुष्ट

बैशाख ३, २०८३
इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको आग्रह, पत्रमार्फत कूटनीतिक दबाब

इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको आग्रह, पत्रमार्फत कूटनीतिक दबाब

बैशाख २, २०८३
जेलरको दाबी: भीडले करकापमा पत्रमा हस्ताक्षर गरायो

जेलरको दाबी: भीडले करकापमा पत्रमा हस्ताक्षर गरायो

चैत्र १२, २०८२
सरकार बाहिरिने बेला महत्वपूर्ण नियुक्ति र सिफारिसले उठायो प्रश्न

सरकार बाहिरिने बेला महत्वपूर्ण नियुक्ति र सिफारिसले उठायो प्रश्न

चैत्र १, २०८२

ब्लग

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवाहरू र अद्यावधिक हरूनयाँ सेवाहरू र अद्यावधिक हरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवा हरू र अद्यावधिकहरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवाहरूको सुधार

व्यवसायिक सेवाहरूको सुधार

by uknepalpress
फाल्गुन २८, २०८१
0

News Channel Logo

हामी तथ्यमा आधारित र जनचासोका विषयहरूमा केन्द्रित छौं। पाठकहरूले राजनीति, अर्थतन्त्र, मनोरञ्जन लगायतका विविध समाचार पाउन सक्नुहुन्छ।

  •             समाचार                  युवामञ्च
  •             राजनीति                 ब्लग
  •             विचार                     स्वास्थ्य

Contact Us

Location 243,GeorgeStreet,Aberdeen,UK

Emailinfo@uknepalpress.com

Phone+44(0)7342 671820
  • Contact Us

Copyright © 2025 UK Nepal Press, All Rights Reserved

No Result
View All Result
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट

Copyright © 2025 UK Nepal Press, All Rights Reserved