Uk Nepal Press
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
Uk Nepal Press
No Result
View All Result
Eng

शान्तिपूर्ण र धाँधलीरहित निर्वाचनका लागि नेकपाको राष्ट्रव्यापी तयारी अभियान

कुसुम शर्मा by कुसुम शर्मा
मंसिर २०, २०८२
0
Share on FacebookShare on Twitter

कुसुम शर्मा
यूके नेपाल प्रेस
बेलायत ,२० मंसिर, २०८२ शनिवार—
आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिस्ट पार्टी (नेकापा)ले पार्टी संगठनदेखि स्थानीय तहसम्म राजनीतिक संवाद र निर्वाचन वातावरण निर्माणका लागि व्यापक निर्देशन जारी गरेको छ। पार्टीले सार्वजनिक गरेको अन्तरपार्टी निर्देशन (अपानि)मा आगामी २१ फागुनमा तय भएको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न आवश्यक तयारी, समन्वय र जनसंपर्क अभियानलाई सुदृढ गर्न विशेष आह्वान गरिएको छ।

अपानि अनुसार सबै तहका पार्टी संरचना तथा कार्यकर्तालाई समानान्तर रूपमा सबै राजनीतिक दलहरूसँग बैठक, वार्ता र छलफल अघि बढाइ निर्वाचनमैत्री वातावरण निर्माण गर्न भनिएको छ। त्यस्तै, सञ्चारमाध्यम, बौद्धिक समुदाय, उद्योगी–व्यवसायी, नागरिक समाजका प्रतिनिधिसँग समेत संवाद र अन्तरक्रिया गर्दै निर्वाचनको माहोल सृजना गर्न निर्देशन दिइएको छ।

पार्टीले निर्वाचन आयोग, सुरक्षा निकाय र सम्बन्धित सरकारी निकायहरूसँग आवश्यक समन्वय र सहकार्य गर्न, साथै विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत पार्टीको चुनाव चिह्न ‘तारा’ आम नागरिकसम्म प्रभावकारी रूपमा परिचित गराउन कार्यकर्तालाई आग्रह गरेको छ।

यससँगै पूर्ववर्ती संघीय, प्रादेशिक र स्थानीय सरकारमा नेकपाले अघि सारेका जनमुखी काम, भ्रष्टाचारविरोधी पहल र सेवा–सुविधासम्बन्धी उपलब्धिहरूको व्यापक प्रचार–प्रसार गर्न पनि निर्देशन दिइएको छ। पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालद्वारा हस्ताक्षरित अपानि अनुसार भ्रष्टाचार, कुशासन, अनियमितता र बेथितिसम्बन्धी तथ्य, विवरण र घटनाहरू संकलन गरी जनतामाझ प्रस्तुत गर्न पनि पार्टीलाई जिम्मेवारी तोकिएको छ।

अपानिमा विकास निर्माण, सुशासन, रोजगारी, सामाजिक न्याय र समृद्धिका विषयमा आवाज उठाउँदै जनताका एजेण्डालाई केन्द्रीत गर्न जोड दिइएको छ। साथै, मतदाता शिक्षा, तालिम, प्रशिक्षण, गोष्ठी तथा विविध रचनात्मक र प्रचारात्मक कार्यक्रम सञ्चालन गर्न सबै तहका संगठनलाई निर्देशन गरिएको छ।

नेकपाले निर्धारित तालिका अनुसार निर्वाचन शान्तिपूर्ण, स्वतन्त्र, धाँधलीरहित तथा भयमुक्त वातावरणमा सम्पन्न हुनुपर्नेमा जोड दिएको छ। अपानिमा भनिएको छ, “वर्तमान राष्ट्रिय समस्याको समाधान, संघीय लोकतान्त्रिक गणतन्त्र र जनआन्दोलनका उपलब्धिहरूको रक्षा तथा संविधानको पूर्ण कार्यान्वयनका लागि आगामी निर्वाचन अपरिहार्य छ। संविधान संशोधनमार्फत जेन–जी पुस्ताको भावना र जनताका अग्रगामी एजेण्डा सम्बोधन गर्दै सामाजिक न्याय, सुशासन, समृद्धि र समाजवादका आधार निर्माण गर्न निर्वाचन महत्वपूर्ण अवसर हो।”

Post Views: 77
Loading spinner

संबन्धित समाचार

कानुनी आधारबिनै आयोग गठन गरिएको भन्दै कांग्रेस असन्तुष्ट
Breaking News

कानुनी आधारबिनै आयोग गठन गरिएको भन्दै कांग्रेस असन्तुष्ट

बैशाख ३, २०८३
इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको आग्रह, पत्रमार्फत कूटनीतिक दबाब
Breaking News

इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको आग्रह, पत्रमार्फत कूटनीतिक दबाब

बैशाख २, २०८३
जेलरको दाबी: भीडले करकापमा पत्रमा हस्ताक्षर गरायो
Breaking News

जेलरको दाबी: भीडले करकापमा पत्रमा हस्ताक्षर गरायो

चैत्र १२, २०८२
सरकार बाहिरिने बेला महत्वपूर्ण नियुक्ति र सिफारिसले उठायो प्रश्न
Breaking News

सरकार बाहिरिने बेला महत्वपूर्ण नियुक्ति र सिफारिसले उठायो प्रश्न

चैत्र १, २०८२
Next Post
आइजिपी कार्कीको सोधपुछ सम्पन्न, आयोगद्वारा ओली र लेखकलाई बयानका लागि बोलाउने

आइजिपी कार्कीको सोधपुछ सम्पन्न, आयोगद्वारा ओली र लेखकलाई बयानका लागि बोलाउने

Leave Comment

ताजा खबर

कानुनी आधारबिनै आयोग गठन गरिएको भन्दै कांग्रेस असन्तुष्ट

कानुनी आधारबिनै आयोग गठन गरिएको भन्दै कांग्रेस असन्तुष्ट

बैशाख ३, २०८३
इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको आग्रह, पत्रमार्फत कूटनीतिक दबाब

इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको आग्रह, पत्रमार्फत कूटनीतिक दबाब

बैशाख २, २०८३
जेलरको दाबी: भीडले करकापमा पत्रमा हस्ताक्षर गरायो

जेलरको दाबी: भीडले करकापमा पत्रमा हस्ताक्षर गरायो

चैत्र १२, २०८२
सरकार बाहिरिने बेला महत्वपूर्ण नियुक्ति र सिफारिसले उठायो प्रश्न

सरकार बाहिरिने बेला महत्वपूर्ण नियुक्ति र सिफारिसले उठायो प्रश्न

चैत्र १, २०८२
नयाँ सरकार गठन अघि मन्त्री आवास संकट, पुनर्निर्माण असारसम्म हुने लक्ष्य

नयाँ सरकार गठन अघि मन्त्री आवास संकट, पुनर्निर्माण असारसम्म हुने लक्ष्य

फाल्गुन २९, २०८२

ब्लग

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवाहरू र अद्यावधिक हरूनयाँ सेवाहरू र अद्यावधिक हरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवा हरू र अद्यावधिकहरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवाहरूको सुधार

व्यवसायिक सेवाहरूको सुधार

by uknepalpress
फाल्गुन २८, २०८१
0

News Channel Logo

हामी तथ्यमा आधारित र जनचासोका विषयहरूमा केन्द्रित छौं। पाठकहरूले राजनीति, अर्थतन्त्र, मनोरञ्जन लगायतका विविध समाचार पाउन सक्नुहुन्छ।

  •             समाचार                  युवामञ्च
  •             राजनीति                 ब्लग
  •             विचार                     स्वास्थ्य

Contact Us

Location 243,GeorgeStreet,Aberdeen,UK

Emailinfo@uknepalpress.com

Phone+44(0)7342 671820
  • Contact Us

Copyright © 2025 UK Nepal Press, All Rights Reserved