Uk Nepal Press
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
Uk Nepal Press
No Result
View All Result
Eng

महाधिवेशनको समयबारे मतभेद बीच देउवाले सुरु गरे राजनीतिक परामर्श

कुसुम शर्मा by कुसुम शर्मा
कार्तिक ३०, २०८२
0
Share on FacebookShare on Twitter

कुसुम शर्मा
यूके नेपाल प्रेस

बेलायत , ३० कार्त्तिक —नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुरमा उपचार गराएर फर्के लगत्तै दलभित्रको दीर्घकालीन विवाद समाधानका लागि सक्रिय बनेका छन्। शुक्रबार राति काठमाडौं आएका देउवाले शनिबार संस्थापन पक्षका चार नेताहरूसँग सामूहिक राजनीतिक परामर्श थालेका छन्।

शनिबार साँझ देउवाको चुनदेवीस्थित अस्थायी निवासमा भेट्न पुगेका नेताहरूमा प्रवक्ता डा. प्रकाशशरण महत, नेता एनपी साउद, बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्की थिए। जेनजी आन्दोलनका क्रममा घाइते भएर सिंगापुरमा उपचार गराएका देउवाले पार्टीभित्र उत्पन्न मतभेद र महाधिवेशनसम्बन्धी विवादबारे विस्तृत जानकारी लिएका छन्।

भेटमा सहभागी डा. महतका अनुसार देउवाले पार्टीलाई आगामी निर्वाचनका लागि एकमत बनाउनुपर्ने आवश्यकता दोहोर्याएका थिए। “पार्टीको विवाद मिलाउनुस् र चुनावमा ध्यान दिनुस् भन्ने स्पष्ट सन्देश उहाँले दिनुभयो,” महतले भने। उनका अनुसार देउवाको धारणा चुनावपछि महाधिवेशन गर्न उपयुक्त हुनेतर्फ झुकाव देखिन्छ।

कांग्रेसभित्र महाधिवेशन चुनावअघि वा पछि गर्ने विषयमा तीव्र मतभेद देखिएको छ।

  • संस्थापन पक्षका शीर्ष नेताहरू चुनावपछि महाधिवेशनको पक्षमा छन्।
  • दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा भने नियमित महाधिवेशन नभए विशेष महाधिवेशन मा जानुपर्ने अडानमा छन्।
  • संस्थापनइतर नेता डा. शेखर कोइराला चुनावअघि नै महाधिवेशन गर्नुपर्ने राय राखिरहेका छन्।

संस्थापन पक्षमै पनि एकमत छैन। यही मुद्दामा २४ केन्द्रीय सदस्यले चुनावअघि महाधिवेशन गर्ने मागसहित कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ज्ञापनपत्र बुझाइसकेका छन्।

शनिबारको दुई घण्टा लामो छलफलपछि देउवाले पूर्वपदाधिकारी तथा संस्थापन पक्षका २४ केन्द्रीय सदस्यहरूसँग अलग–अलग भेटवार्ताको तयारी समेत गरिरहेका छन्। पार्टीभित्र चर्किएको आन्तरिक बहसका बीच देउवाको सक्रियता आगामी निर्वाचन र नेतृत्व संरचना स्पष्टिकरणतर्फ महत्वपूर्ण संकेतको रूपमा हेरिएको छ।

Post Views: 110
Loading spinner

संबन्धित समाचार

कानुनी आधारबिनै आयोग गठन गरिएको भन्दै कांग्रेस असन्तुष्ट
Breaking News

कानुनी आधारबिनै आयोग गठन गरिएको भन्दै कांग्रेस असन्तुष्ट

बैशाख ३, २०८३
इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको आग्रह, पत्रमार्फत कूटनीतिक दबाब
Breaking News

इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको आग्रह, पत्रमार्फत कूटनीतिक दबाब

बैशाख २, २०८३
जेलरको दाबी: भीडले करकापमा पत्रमा हस्ताक्षर गरायो
Breaking News

जेलरको दाबी: भीडले करकापमा पत्रमा हस्ताक्षर गरायो

चैत्र १२, २०८२
सरकार बाहिरिने बेला महत्वपूर्ण नियुक्ति र सिफारिसले उठायो प्रश्न
Breaking News

सरकार बाहिरिने बेला महत्वपूर्ण नियुक्ति र सिफारिसले उठायो प्रश्न

चैत्र १, २०८२
Next Post
‘अवैधानिक सरकारले बाटो छोड्नुपर्छ’ : एमाले नेता बस्नेत

‘अवैधानिक सरकारले बाटो छोड्नुपर्छ’ : एमाले नेता बस्नेत

Leave Comment

ताजा खबर

कानुनी आधारबिनै आयोग गठन गरिएको भन्दै कांग्रेस असन्तुष्ट

कानुनी आधारबिनै आयोग गठन गरिएको भन्दै कांग्रेस असन्तुष्ट

बैशाख ३, २०८३
इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको आग्रह, पत्रमार्फत कूटनीतिक दबाब

इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको आग्रह, पत्रमार्फत कूटनीतिक दबाब

बैशाख २, २०८३
जेलरको दाबी: भीडले करकापमा पत्रमा हस्ताक्षर गरायो

जेलरको दाबी: भीडले करकापमा पत्रमा हस्ताक्षर गरायो

चैत्र १२, २०८२
सरकार बाहिरिने बेला महत्वपूर्ण नियुक्ति र सिफारिसले उठायो प्रश्न

सरकार बाहिरिने बेला महत्वपूर्ण नियुक्ति र सिफारिसले उठायो प्रश्न

चैत्र १, २०८२
नयाँ सरकार गठन अघि मन्त्री आवास संकट, पुनर्निर्माण असारसम्म हुने लक्ष्य

नयाँ सरकार गठन अघि मन्त्री आवास संकट, पुनर्निर्माण असारसम्म हुने लक्ष्य

फाल्गुन २९, २०८२

ब्लग

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवाहरू र अद्यावधिक हरूनयाँ सेवाहरू र अद्यावधिक हरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवा हरू र अद्यावधिकहरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवाहरूको सुधार

व्यवसायिक सेवाहरूको सुधार

by uknepalpress
फाल्गुन २८, २०८१
0

News Channel Logo

हामी तथ्यमा आधारित र जनचासोका विषयहरूमा केन्द्रित छौं। पाठकहरूले राजनीति, अर्थतन्त्र, मनोरञ्जन लगायतका विविध समाचार पाउन सक्नुहुन्छ।

  •             समाचार                  युवामञ्च
  •             राजनीति                 ब्लग
  •             विचार                     स्वास्थ्य

Contact Us

Location 243,GeorgeStreet,Aberdeen,UK

Emailinfo@uknepalpress.com

Phone+44(0)7342 671820
  • Contact Us

Copyright © 2025 UK Nepal Press, All Rights Reserved