Uk Nepal Press
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
Uk Nepal Press
No Result
View All Result
Eng

अदालतको रोक आदेशपछि पनि ११ राजदूत फिर्ता बोलाउने सरकारी कदम विवादमा

uknepalpress by uknepalpress
November 3, 2025
0
Share on FacebookShare on Twitter

कुसुम शर्मा
यूके नेपाल प्रेस
बेलायत , १७ कार्त्तिक —
नेपाल सरकारले सर्वोच्च अदालतको आदेश विपरीत ११ देशका राजदूतहरूलाई फिर्ता बोलाउने पत्राचार गरेको छ।

परराष्ट्र मन्त्रालयले सोमबार ती देशका सबै ११ जना राजदूतलाई काठमाडौं फर्कन औपचारिक रूपमा पत्र पठाएको पुष्टि मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले गरेका छन्।

मन्त्रालयका अनुसार उनीहरूलाई हाललाई परराष्ट्र मन्त्रालय मातहत रहनेगरी काममा हाजिर हुन निर्देशन दिइएको छ।

गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले २० कात्तिकभित्र राजनीतिक नियुक्ति प्राप्त गरेका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। तर, सो निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको थियो।

न्यायाधीशद्वय शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले दिएको आदेशपछि सो निर्णय अस्थायी रूपमा रोकिएको भए पनि सरकारले पुनः पत्राचार गर्दै राजदूतहरूलाई फर्कन आग्रह गरेको हो।

२०८१ साउन १४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अष्ट्रेलियालगायत १७ देशमा राजदूत नियुक्त गरेको थियो, जसमा हाल ६ जना यथावत् रहेका छन्।

राजदूतहरू सरकारका प्रतिनिधि भएकाले उनीहरूलाई बोलाउने वा पठाउने निर्णय प्रायः कार्यपालिकाको विशेषाधिकारका रूपमा लिइँदै आएको छ। तर, यसपटक सर्वोच्चको आदेश विपरीत उठेको सरकारी कदमले कानुनी विवादलाई थप चर्काउने देखिएको छ।

Post Views: 113
Loading spinner

संबन्धित समाचार

Banner News

भाइटीकाको रौनक विश्वभरः बेलायतमा, ११ नोभेम्बर बिहान ११:३१ बजे शुभ साइत

November 9, 2026
Banner News

बेलायतमा आप्रवासन नीतिमा फेरबदलः केयर वर्करलाई पाँच वर्षमै ILR, अन्यका लागि कडा सर्त

November 3, 2026
आर्थिक अनियमितताको आरोप र नेतृत्व संकट: रास्वपाको चुनौती
Banner News

 प्रेसमाथि प्रहरी हस्तक्षेपः प्रेस स्वतन्त्रतामाथि सरकारकै परीक्षा

October 30, 2026
Banner News

विद्यार्थी आन्दोलनबाट कांग्रेसको नेतृत्वसम्मः गगन थापाको चार दशक लामो राजनीतिक यात्रा

October 10, 2026
Next Post
अदालत आगजनी प्रकरणमा सर्वोच्चले प्रहरीमा जाहेरी दर्ता गरायो

अदालत आगजनी प्रकरणमा सर्वोच्चले प्रहरीमा जाहेरी दर्ता गरायो

Leave Comment

ताजा खबर

भाइटीकाको रौनक विश्वभरः बेलायतमा, ११ नोभेम्बर बिहान ११:३१ बजे शुभ साइत

November 9, 2026

बेलायतमा आप्रवासन नीतिमा फेरबदलः केयर वर्करलाई पाँच वर्षमै ILR, अन्यका लागि कडा सर्त

November 3, 2026
आर्थिक अनियमितताको आरोप र नेतृत्व संकट: रास्वपाको चुनौती

 प्रेसमाथि प्रहरी हस्तक्षेपः प्रेस स्वतन्त्रतामाथि सरकारकै परीक्षा

October 30, 2026

विद्यार्थी आन्दोलनबाट कांग्रेसको नेतृत्वसम्मः गगन थापाको चार दशक लामो राजनीतिक यात्रा

October 10, 2026

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

September 25, 2026

ब्लग

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवाहरू र अद्यावधिक हरूनयाँ सेवाहरू र अद्यावधिक हरू

by uknepalpress
March 12, 2025
0

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवा हरू र अद्यावधिकहरू

by uknepalpress
March 12, 2025
0

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

by uknepalpress
March 12, 2025
0

व्यवसायिक सेवाहरूको सुधार

व्यवसायिक सेवाहरूको सुधार

by uknepalpress
March 12, 2025
0

News Channel Logo

हामी तथ्यमा आधारित र जनचासोका विषयहरूमा केन्द्रित छौं। पाठकहरूले राजनीति, अर्थतन्त्र, मनोरञ्जन लगायतका विविध समाचार पाउन सक्नुहुन्छ।

  •             समाचार                  युवामञ्च
  •             राजनीति                 ब्लग
  •             विचार                     स्वास्थ्य

Contact Us

LocationEdinburgh, UK

Emailinfo@uknepalpress.com

  • Contact Us

Copyright © 2025 UK Nepal Press, All Rights Reserved

No Result
View All Result
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट

Copyright © 2025 UK Nepal Press, All Rights Reserved