Uk Nepal Press
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
Uk Nepal Press
No Result
View All Result
Eng

भ्यालेन्टाइन डे: प्रेमका कथा, अर्थ र जिम्मेवारी

कुसुम शर्मा by कुसुम शर्मा
फाल्गुन २, २०८२
0
Share on FacebookShare on Twitter

कुसुम शर्मा
यूके नेपाल प्रेस
बेलायत ,२ फागुन, २०८२ शनिवार—
आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदैछ। प्रेमका भावना साटासाट गर्ने, कृतज्ञता व्यक्त गर्ने र सम्बन्धलाई पुनः सम्झिने यो दिनमा धेरैले खुशीका पलहरू बाँड्नेछन्। केही सम्बन्ध नयाँ यात्रातर्फ अघि बढ्नेछन् भने केहीले आफ्ना सीमाना बुझ्दै फरक बाटो रोज्न सक्छन्। तर सम्बन्धको अन्त्यलाई जीवनको अन्त्य ठान्नुपर्दैन—प्रेमका सम्भावना सधैँ बाँकी रहन्छन्।

इतिहासका चर्चित प्रेमकथाहरू हेर्दा धेरैजसो संयोगान्तभन्दा वियोगान्त देखिन्छन्। भगवान् श्रीकृष्ण र राधा, मुना–मदन, हिर–राँझा, वा रोमियो–जुलियट—यी कथाहरूले विवाह वा सहयात्राको औपचारिक अन्त्य नपाए पनि प्रेमको शुद्धता र समर्पणका कारण आजसम्म स्मरणीय छन्। यसले प्रेम सहज नहुन सक्छ, तर अर्थपूर्ण अवश्य हुन्छ भन्ने संकेत गर्छ।

विशेषज्ञहरू भन्छन्, प्रेम स्वीकृत वा अस्वीकृत दुवै अवस्थामा जिम्मेवारीका साथ बुझिनुपर्छ। एकतर्फी चाहनाले मात्र प्रेम सफल हुँदैन। अचानक मिल्ने मनको ‘तार’—जहाँ सम्मान, विश्वास र आपसी समझदारी हुन्छ—त्यही प्रेमको आधार हो। प्रेमलाई केवल आकर्षणमा सीमित गर्दा सम्बन्ध क्षणिक हुन सक्छ, तर समर्पण र आदरले बनाएको सम्बन्ध दीर्घकालीन हुन्छ।

भ्यालेन्टाइन डे मनाउने परम्पराको ऐतिहासिक पृष्ठभूमि पनि यही सन्देशसँग जोडिन्छ। इटलीका सम्राट् क्लाउडिअस द्वितीयले विवाहमा प्रतिबन्ध लगाउँदा त्यसको विरोधमा उभिएका पादरी भ्यालेन्टाइन प्रेम र विवाहको पक्षधर थिए। उनको बलिदानको सम्झनामा आज यो दिवस मनाइन्छ। भनिन्छ, बन्दी अवस्थामा रहँदा उनले लेखेको ‘तिम्रो प्यारो भ्यालेन्टाइन’ भन्ने सम्बोधन आजसम्म प्रेमको प्रतीक बनेको छ।

यद्यपि, यस दिनसँगै जिम्मेवारीको सन्देश पनि उत्तिकै महत्वपूर्ण छ। मायाका नाममा कुनै पनि प्रकारको दुव्र्यवहार, दबाब वा बलजफ्ति स्वीकार्य छैन। प्रेम स्वतन्त्रता, सहमति र सम्मानमा आधारित हुनुपर्छ। आकर्षण क्षणिक हुन सक्छ, तर आपसी विश्वास र समर्पणले सम्बन्धलाई समयभन्दा पर पुर्‍याउँछ।

प्रेम केवल प्रेमी–प्रेमिकाबीच मात्र सीमित छैन। परिवार, मित्रता र समुदायबीचको माया नै समाजलाई जोड्ने शक्ति हो। टाढा रहेका आफ्ना प्रियजनसँग एक सन्देश, एक फोन कल वा छोटो भेटले पनि गहिरो अर्थ राख्न सक्छ। भौतिक उपहारभन्दा भावनाको इमानदारी महत्वपूर्ण हुन्छ—हरेक प्रेमले ताजमहल बनाउनु पर्दैन।

प्रेमलाई सम्मान गरौँ, जिम्मेवारीका साथ बाँचौँ, र सम्बन्धलाई विश्वास र करुणाले सुदृढ बनाऔँ।

Post Views: 168
Loading spinner

संबन्धित समाचार

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ
Banner News

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

अशोज ९, २०८३
सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?
Banner News

सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

अशोज २, २०८३
नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन
Banner News

नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

भदौ ३१, २०८३
हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम
Banner News

हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

भदौ २९, २०८३
Next Post
शिवरात्रिदेखि सेना दिवससम्म: परम्परा र राष्ट्रसेवाको संगम

शिवरात्रिदेखि सेना दिवससम्म: परम्परा र राष्ट्रसेवाको संगम

Leave Comment

ताजा खबर

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

अशोज ९, २०८३
सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

अशोज २, २०८३
नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

भदौ ३१, २०८३
हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

भदौ २९, २०८३
आज कुशे औँसीः जीवित बाबुलाई सम्मान, दिवङ्गत पिताको सम्झनामा तर्पण र श्राद्ध

आज कुशे औँसीः जीवित बाबुलाई सम्मान, दिवङ्गत पिताको सम्झनामा तर्पण र श्राद्ध

भदौ २६, २०८३

ब्लग

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवाहरू र अद्यावधिक हरूनयाँ सेवाहरू र अद्यावधिक हरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवा हरू र अद्यावधिकहरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवाहरूको सुधार

व्यवसायिक सेवाहरूको सुधार

by uknepalpress
फाल्गुन २८, २०८१
0

News Channel Logo

हामी तथ्यमा आधारित र जनचासोका विषयहरूमा केन्द्रित छौं। पाठकहरूले राजनीति, अर्थतन्त्र, मनोरञ्जन लगायतका विविध समाचार पाउन सक्नुहुन्छ।

  •             समाचार                  युवामञ्च
  •             राजनीति                 ब्लग
  •             विचार                     स्वास्थ्य

Contact Us

LocationEdinburgh, UK

Emailinfo@uknepalpress.com

  • Contact Us

Copyright © 2025 UK Nepal Press, All Rights Reserved