Uk Nepal Press
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
Uk Nepal Press
No Result
View All Result
Eng

संस्थापनको विरोधबीच कांग्रेसमा विशेष महाधिवेशन आह्वान

कुसुम शर्मा by कुसुम शर्मा
पुस २३, २०८२
0
Share on FacebookShare on Twitter

कुसुम शर्मा
यूके नेपाल प्रेस
बेलायत ,२३ पौष, २०८२ मंगलवार—
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टी विधानको व्यवस्था अनुसार विशेष महाधिवेशन आह्वान गरेका छन्। बुधबार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले पुस २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन आयोजना हुने जनाएका हुन्।

महामन्त्रीद्वयका अनुसार बदलिँदो राजनीतिक परिस्थितिमा पार्टीलाई सुदृढ बनाउन, जनभावनाअनुरूप नीति निर्माण गर्न र नयाँ ऊर्जासहित नेतृत्वमार्फत संगठनात्मक पुनर्निर्माणका लागि विशेष महाधिवेशन आवश्यक भएको छ। उनीहरूले महाधिवेशन प्रतिनिधिहरूलाई सहभागिताका लागि आग्रह गरेका छन्।

यसअघि, ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाउँदै विशेष महाधिवेशनको माग गरेका थिए। तर केन्द्रीय तहबाट प्रक्रिया अघि नबढेको भन्दै महामन्त्रीद्वयले विधानको धारा १७(२) अनुसार विशेष महाधिवेशन आह्वान गर्न बाध्य भएको बताएका छन्। उक्त धाराअनुसार, केन्द्रीय महाधिवेशनका ४० प्रतिशत प्रतिनिधिहरूले माग गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ।

विशेष महाधिवेशन आह्वान पार्टी सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति खड्कासहित संस्थापन पक्षको विरोधका बीच गरिएको हो। पुस १८ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नियमित महाधिवेशनको कार्यतालिका आइसकेकाले विशेष महाधिवेशन आवश्यक नरहेको निष्कर्ष निकालेको थियो।

यसैबीच, कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै केन्द्रीय समितिको निर्णयबिना कुनै व्यक्तिले विशेष महाधिवेशन बोलाउन नसक्ने बताएका छन्। तर महामन्त्रीद्वयले पार्टी विधानअनुसार केन्द्रीय कार्यालय आफ्नो मातहत रहेको र बहुमत प्रतिनिधिहरूको मागलाई बेवास्ता गर्न नसकिने तर्क गरेका छन्।

महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशनले पार्टीलाई विभाजनतर्फ नलैजाने स्पष्ट पार्दै, विधानको पालना र आन्तरिक लोकतन्त्र सुदृढ गर्ने प्रक्रियाका रूपमा यसलाई व्याख्या गरेका छन्।

Post Views: 102
Loading spinner

संबन्धित समाचार

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ
Banner News

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

अशोज ९, २०८३
सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?
Banner News

सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

अशोज २, २०८३
नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन
Banner News

नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

भदौ ३१, २०८३
हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम
Banner News

हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

भदौ २९, २०८३
Next Post
विशेष महाधिवेशनपछि कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक, नेतृत्वलाई तोकियो जिम्मेवारी

विशेष महाधिवेशनपछि कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक, नेतृत्वलाई तोकियो जिम्मेवारी

Leave Comment

ताजा खबर

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

अशोज ९, २०८३
सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

अशोज २, २०८३
नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

भदौ ३१, २०८३
हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

भदौ २९, २०८३
आज कुशे औँसीः जीवित बाबुलाई सम्मान, दिवङ्गत पिताको सम्झनामा तर्पण र श्राद्ध

आज कुशे औँसीः जीवित बाबुलाई सम्मान, दिवङ्गत पिताको सम्झनामा तर्पण र श्राद्ध

भदौ २६, २०८३

ब्लग

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवाहरू र अद्यावधिक हरूनयाँ सेवाहरू र अद्यावधिक हरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवा हरू र अद्यावधिकहरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवाहरूको सुधार

व्यवसायिक सेवाहरूको सुधार

by uknepalpress
फाल्गुन २८, २०८१
0

News Channel Logo

हामी तथ्यमा आधारित र जनचासोका विषयहरूमा केन्द्रित छौं। पाठकहरूले राजनीति, अर्थतन्त्र, मनोरञ्जन लगायतका विविध समाचार पाउन सक्नुहुन्छ।

  •             समाचार                  युवामञ्च
  •             राजनीति                 ब्लग
  •             विचार                     स्वास्थ्य

Contact Us

LocationEdinburgh, UK

Emailinfo@uknepalpress.com

  • Contact Us

Copyright © 2025 UK Nepal Press, All Rights Reserved