Uk Nepal Press
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
Uk Nepal Press
No Result
View All Result
Eng

श्रद्धा र परम्पराको संगम: भोलिदेखि श्री स्वस्थानी व्रत कथा सुरु हुँदै ।

कुसुम शर्मा by कुसुम शर्मा
पुस १८, २०८२
0
Share on FacebookShare on Twitter

कुसुम शर्मा
यूके नेपाल प्रेस

बेलायत ,१८ पौष, २०८२ शुक्रवार—सनातन कालदेखि धार्मिक रूपमा अति महत्त्वपूर्ण मानिने श्री स्वस्थानी व्रत भोलिदेखि सुरु हुँदैछ। माघ महात्म्यअन्तर्गत पर्ने ‘श्री स्वस्थानी व्रत कथा’ को व्रतारम्भ पौष शुक्ल पूर्णिमाका दिनबाट गरिने परम्परा छ।

हिन्दु धर्मावलम्बीहरूले शुद्धता र संयम पालना गर्दै घर–घरमा श्री स्वस्थानी व्रत कथाको वाचन गर्नेछन्। एक महिनासम्म चल्ने यस व्रत अवधिमा कथाका ३१ अध्याय नियमित रूपमा पाठ गरिन्छ। माघ शुक्ल पूर्णिमाका दिन व्रत तथा कथा विधिवत् रूपमा समापन हुनेछ।

स्वस्थानी व्रत महिला र पुरुष दुवैले समान रूपमा पालन गर्ने धार्मिक अभ्यास हो। माताप्रति आस्था राख्ने श्रद्धालुहरूले महिनाभर व्रत बस्ने परम्परा छ। व्रत अवधिमा एक छाक सात्त्विक भोजन गर्ने र अर्को छाक फलफूल वा कन्दमूल सेवन गर्ने चलन रहिआएको छ। कतिपय परिवारले व्रत सुरु भएपछि मासुजन्य पदार्थ पूर्ण रूपमा त्यागी शाकाहारी जीवनशैली अपनाउने गर्छन्।

यस व्रतसँग काठमाडौँको साखुस्थित शाली नदी विशेष रूपमा जोडिएको छ। भोलिदेखि महिनाभर श्रद्धालुहरू शाली नदीमा स्नान, पूजा र अर्चनाका लागि पुग्ने अपेक्षा गरिएको छ। मध्य जाडोको मौसममा पनि नदीमा डुबुल्की मार्ने भक्तजनहरूको उपस्थितिले यस पर्वप्रतिको गहिरो आस्था झल्काउँछ।

धार्मिक ग्रन्थअनुसार हिमालय पुत्री पार्वतीले भगवान् शिव प्राप्तिका लागि श्री स्वस्थानी माताको व्रत बसेको कथासँग यो परम्परा जोडिएको छ। स्वस्थानी कथाले धार्मिक आस्थासँगै सामाजिक चेतना, नैतिक मूल्य र जीवनशैलीसम्बन्धी सन्देशहरू पनि प्रवाह गर्दै आएको धार्मिक विद्वानहरूको भनाइ छ।

Post Views: 116
Loading spinner

संबन्धित समाचार

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ
Banner News

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

अशोज ९, २०८३
सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?
Banner News

सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

अशोज २, २०८३
नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन
Banner News

नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

भदौ ३१, २०८३
हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम
Banner News

हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

भदौ २९, २०८३
Next Post
राष्ट्रिय सभाका लागि पाँच दलबीच सिट बाँडफाँट, बुधबार मनोनयन दर्ता

राष्ट्रिय सभाका लागि पाँच दलबीच सिट बाँडफाँट, बुधबार मनोनयन दर्ता

Leave Comment

ताजा खबर

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

अशोज ९, २०८३
सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

अशोज २, २०८३
नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

भदौ ३१, २०८३
हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

भदौ २९, २०८३
आज कुशे औँसीः जीवित बाबुलाई सम्मान, दिवङ्गत पिताको सम्झनामा तर्पण र श्राद्ध

आज कुशे औँसीः जीवित बाबुलाई सम्मान, दिवङ्गत पिताको सम्झनामा तर्पण र श्राद्ध

भदौ २६, २०८३

ब्लग

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवाहरू र अद्यावधिक हरूनयाँ सेवाहरू र अद्यावधिक हरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवा हरू र अद्यावधिकहरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवाहरूको सुधार

व्यवसायिक सेवाहरूको सुधार

by uknepalpress
फाल्गुन २८, २०८१
0

News Channel Logo

हामी तथ्यमा आधारित र जनचासोका विषयहरूमा केन्द्रित छौं। पाठकहरूले राजनीति, अर्थतन्त्र, मनोरञ्जन लगायतका विविध समाचार पाउन सक्नुहुन्छ।

  •             समाचार                  युवामञ्च
  •             राजनीति                 ब्लग
  •             विचार                     स्वास्थ्य

Contact Us

LocationEdinburgh, UK

Emailinfo@uknepalpress.com

  • Contact Us

Copyright © 2025 UK Nepal Press, All Rights Reserved