Uk Nepal Press
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
Uk Nepal Press
No Result
View All Result
Eng

विदेशमा रहेका नेपालीले पनि राष्ट्रिय परिचयपत्रमार्फत मतदाता दर्ता गर्न पाउने

कुसुम शर्मा by कुसुम शर्मा
November 13, 2025
0
Share on FacebookShare on Twitter

कुसुम शर्मा
यूके नेपाल प्रेस

बेलायत , २७ कार्त्तिक —नेपाल सरकारले राष्ट्रिय परिचयपत्र (National ID) भएका नागरिकका लागि अनलाइनबाटै मतदाता नामावलीमा नाम दर्ता गर्ने नयाँ प्रणाली सुरु गरेको छ। यस व्यवस्थासँगै अब कार्यालयमा गएर लामो लाइन बस्नु पर्ने आवश्यकता हटेको छ।

जिल्ला निर्वाचन कार्यालय काठमाडौंका प्रमुख ठाकुरप्रसाद भट्टराईका अनुसार नागरिकले राष्ट्रिय परिचयपत्रमा भरेको बायोमेट्रिक विवरण नै मतदाता नामावलीमा समायोजन गर्न सकिने भएको हो।

“अब राष्ट्रिय परिचयपत्र भएकाहरूलाई कार्यालयमा आउनुपर्दैन, घरमै बसेर अनलाइन आवेदन दिन सकिन्छ,” भट्टराईले भने, “आवेदन स्वीकृत भएपछि मतदाता परिचयपत्र नम्बर मोबाइल वा इमेलमार्फत प्राप्त हुनेछ।”

तर जसको राष्ट्रिय परिचयपत्र छैन, उनीहरूले भने पहिलेझैँ अनलाइन फारम भरेर कार्यालयमा उपस्थित भएर फोटो र बायोमेट्रिक खिचाउनुपर्नेछ।

यस व्यवस्थाले विशेषगरी काठमाडौंमा हुने भिड घटाउने विश्वास गरिएको छ, जहाँ देशका विभिन्न स्थानका नागरिक मतदाता नामावलीका लागि आउने गर्छन्। कार्यालयका अनुसार केही समय सर्वरमा समस्या आए पनि अहिले काम सुचारु छ।

हालसम्म काठमाडौं जिल्लामा २५ हजार ७७९ जनाले मतदाता नाम दर्ता गरिसकेका छन्। नयाँ प्रणाली लागू भएपछि यो संख्या अझ बढ्ने अपेक्षा गरिएको छ।

त्यस्तै, विदेशमा रहेका नेपाली नागरिकले पनि अब अनलाइनमार्फत मतदाता दर्ता आवेदन दिन सक्ने भएका छन्। कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार नेपाली कूटनीतिक नियोग र अनलाइन संयन्त्र प्रयोग गरी विदेशवासी नेपालीको विवरण पनि राष्ट्रिय परिचयपत्रको बायोमेट्रिकसँग मिलान गरिनेछ।

निर्वाचन आयोगले मतदाता नामावली दर्ताको अन्तिम मिति ३० कात्तिक तोकेको छ। आयोगले सबै योग्य नागरिकलाई नामावलीमा समेट्न यो नयाँ प्रणाली प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ।

Post Views: 177
Loading spinner

संबन्धित समाचार

Banner News

भाइटीकाको रौनक विश्वभरः बेलायतमा, ११ नोभेम्बर बिहान ११:३१ बजे शुभ साइत

November 9, 2026
Banner News

बेलायतमा आप्रवासन नीतिमा फेरबदलः केयर वर्करलाई पाँच वर्षमै ILR, अन्यका लागि कडा सर्त

November 3, 2026
आर्थिक अनियमितताको आरोप र नेतृत्व संकट: रास्वपाको चुनौती
Banner News

 प्रेसमाथि प्रहरी हस्तक्षेपः प्रेस स्वतन्त्रतामाथि सरकारकै परीक्षा

October 30, 2026
Banner News

विद्यार्थी आन्दोलनबाट कांग्रेसको नेतृत्वसम्मः गगन थापाको चार दशक लामो राजनीतिक यात्रा

October 10, 2026
Next Post
प्रचण्ड: “निर्वाचन आयोगमा पेस गरिएको सूचीबारे भ्रममा नपर्नुहोस्”

प्रचण्ड: "निर्वाचन आयोगमा पेस गरिएको सूचीबारे भ्रममा नपर्नुहोस्"

Leave Comment

ताजा खबर

भाइटीकाको रौनक विश्वभरः बेलायतमा, ११ नोभेम्बर बिहान ११:३१ बजे शुभ साइत

November 9, 2026

बेलायतमा आप्रवासन नीतिमा फेरबदलः केयर वर्करलाई पाँच वर्षमै ILR, अन्यका लागि कडा सर्त

November 3, 2026
आर्थिक अनियमितताको आरोप र नेतृत्व संकट: रास्वपाको चुनौती

 प्रेसमाथि प्रहरी हस्तक्षेपः प्रेस स्वतन्त्रतामाथि सरकारकै परीक्षा

October 30, 2026

विद्यार्थी आन्दोलनबाट कांग्रेसको नेतृत्वसम्मः गगन थापाको चार दशक लामो राजनीतिक यात्रा

October 10, 2026

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

September 25, 2026

ब्लग

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवाहरू र अद्यावधिक हरूनयाँ सेवाहरू र अद्यावधिक हरू

by uknepalpress
March 12, 2025
0

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवा हरू र अद्यावधिकहरू

by uknepalpress
March 12, 2025
0

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

by uknepalpress
March 12, 2025
0

व्यवसायिक सेवाहरूको सुधार

व्यवसायिक सेवाहरूको सुधार

by uknepalpress
March 12, 2025
0

News Channel Logo

हामी तथ्यमा आधारित र जनचासोका विषयहरूमा केन्द्रित छौं। पाठकहरूले राजनीति, अर्थतन्त्र, मनोरञ्जन लगायतका विविध समाचार पाउन सक्नुहुन्छ।

  •             समाचार                  युवामञ्च
  •             राजनीति                 ब्लग
  •             विचार                     स्वास्थ्य

Contact Us

LocationEdinburgh, UK

Emailinfo@uknepalpress.com

  • Contact Us

Copyright © 2025 UK Nepal Press, All Rights Reserved

No Result
View All Result
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट

Copyright © 2025 UK Nepal Press, All Rights Reserved