Uk Nepal Press
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
Uk Nepal Press
No Result
View All Result
Eng

मधेश प्रदेशमा सत्ता विवाद : सात दल सर्वोच्च अदालत जाँदै

कुसुम शर्मा by कुसुम शर्मा
कार्तिक २४, २०८२
0
Share on FacebookShare on Twitter

कुसुम शर्मा
यूके नेपाल प्रेस

बेलायत , २४ कार्त्तिक —मधेश प्रदेशमा नयाँ सरकार गठनविरुद्ध नेपाली कांग्रेससहित सात राजनीतिक दलले सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने तयारी गरेका छन्।

सोमबार बिहान मुख्यमन्त्री निवासमा बसेको बैठकमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा), नेकपा माओवादी केन्द्र, जनमत पार्टी, नेकपा एकीकृत समाजवादी, र नागरिक उन्मुक्ति पार्टीले संयुक्त रूपमा सर्वोच्चमा जाने निर्णय गरेका हुन्।

कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवका अनुसार सात दलका ७४ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुद्दा दायर गर्न तयारी भइरहेको छ। उनले यो कदम दलको हैसियतले नभई व्यक्तिगत रूपमा सांसदहरूको तर्फबाट चालिएको बताए।

यादवका अनुसार नयाँ सरकार “छापामार शैलीमा गठन गरिएको अवैधानिक सरकार” हो। उनले सभामुख रामचन्द्र मण्डलविरुद्ध महाभियोग प्रस्तावको सम्भावनासमेत छलफलमा आएको जानकारी दिए।

सात दलले नेपालको संविधानको धारा १६८(२) अनुसार दुई वा दुईभन्दा बढी दलको सहमतिमा सरकार गठन हुनुपर्नेमा, धारा १६८(३) को गलत प्रयोग गर्दै एमाले नेता सरोज कुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको आरोप लगाएका छन्।

आइतबार राति मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले महोत्तरी र सिन्धुलीको सिमानामा पर्ने एक होटलमा यादवलाई “सबैभन्दा ठूलो दलका नेता”को रूपमा मुख्यमन्त्री नियुक्त गरेकी थिइन्।

संविधानको मर्म विपरीत सरकार गठन भएको भन्दै प्रदेशमा राजनीतिक तनाव बढेको छ। यसबीच, मुख्यमन्त्री यादवले संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र एमालेबाट एक–एक जना सदस्यसहित तीन सदस्यीय विनाविभागीय मन्त्रिपरिषद् गठन गरिसकेका छन्।

Post Views: 121
Loading spinner

संबन्धित समाचार

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ
Banner News

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

अशोज ९, २०८३
सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?
Banner News

सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

अशोज २, २०८३
नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन
Banner News

नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

भदौ ३१, २०८३
हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम
Banner News

हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

भदौ २९, २०८३
Next Post
कुलमान घिसिङको नयाँ राजनीतिक यात्रा : सहकार्य र असहमतिको बीचमा उज्यालो नेपाल

कुलमान घिसिङको नयाँ राजनीतिक यात्रा : सहकार्य र असहमतिको बीचमा उज्यालो नेपाल

Leave Comment

ताजा खबर

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

अशोज ९, २०८३
सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

अशोज २, २०८३
नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

भदौ ३१, २०८३
हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

भदौ २९, २०८३
आज कुशे औँसीः जीवित बाबुलाई सम्मान, दिवङ्गत पिताको सम्झनामा तर्पण र श्राद्ध

आज कुशे औँसीः जीवित बाबुलाई सम्मान, दिवङ्गत पिताको सम्झनामा तर्पण र श्राद्ध

भदौ २६, २०८३

ब्लग

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवाहरू र अद्यावधिक हरूनयाँ सेवाहरू र अद्यावधिक हरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवा हरू र अद्यावधिकहरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवाहरूको सुधार

व्यवसायिक सेवाहरूको सुधार

by uknepalpress
फाल्गुन २८, २०८१
0

News Channel Logo

हामी तथ्यमा आधारित र जनचासोका विषयहरूमा केन्द्रित छौं। पाठकहरूले राजनीति, अर्थतन्त्र, मनोरञ्जन लगायतका विविध समाचार पाउन सक्नुहुन्छ।

  •             समाचार                  युवामञ्च
  •             राजनीति                 ब्लग
  •             विचार                     स्वास्थ्य

Contact Us

LocationEdinburgh, UK

Emailinfo@uknepalpress.com

  • Contact Us

Copyright © 2025 UK Nepal Press, All Rights Reserved