Uk Nepal Press
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
Uk Nepal Press
No Result
View All Result
Eng

‘गाजामा व्यवस्थित जनसंहार’ — टर्कियाले जारी गर्‍यो नेतान्याहु पक्राउ आदेश

कुसुम शर्मा by कुसुम शर्मा
कार्तिक २२, २०८२
0
Share on FacebookShare on Twitter

कुसुम शर्मा
यूके नेपाल प्रेस

बेलायत , २२ कार्त्तिक — टर्किये (साविकको टर्की)ले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध औपचारिक रूपमा गिरफ्तारी वारेन्ट जारी गरेको छ। गाजा क्षेत्रमा ‘जनसंहार र मानवताविरुद्धका अपराध’ गरेको आरोपमा टर्कियाले नेतान्याहु र उनका शीर्ष सुरक्षा अधिकारीहरूलाई लक्ष्य बनाएको हो।

शुक्रबार टर्कियाको इस्तान्बुलस्थित अभियोजक कार्यालयले कुल ३७ जना इजरायली अधिकारीहरू विरुद्ध गिरफ्तारी वारेन्ट जारी गरेको घोषणा गरेको हो। सूचीमा नेतान्याहुसँगै इजरायलका रक्षामन्त्री इजराइल काट्ज, राष्ट्रिय सुरक्षामन्त्री इतेमार बेन गभिर र सेनाप्रमुख लेफ्टिनेन्ट जनरल एयाल जामिरको नाम समावेश गरिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपी र बीबीसीले जनाएका छन्।

टर्कियाको भनाइमा, इजरायलले गाजा क्षेत्रमा “व्यवस्थित र योजनाबद्ध रूपमा जनसंहार” गरेको छ। इस्तान्बुल अभियोजक कार्यालयले जारी गरेको वक्तव्यमा भनिएको छ, “गाजामा महिलाहरू, बालबालिका र आम नागरिकमाथि गरिएको आक्रमणले अन्तर्राष्ट्रिय मानव अधिकारको गम्भीर उल्लङ्घन गरेको छ।”

इजरायलले भने टर्कियाको कदमको कडा विरोध गरेको छ। विदेशमन्त्री गिदोन सारले टर्कियाका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनमाथि आरोप लगाउँदै भने, “यो कुनै कानुनी प्रक्रिया होइन, अर्दोआनको प्रचारबाजी मात्र हो।”

टर्किये र इजरायलबीच सम्बन्ध पछिल्ला महिनाहरूमा तीव्र रूपमा चिसिएका छन्। गाजामा जारी इजरायली सैन्य कारबाहीका कारण टर्कियाले आफ्नो राजदूत फिर्ता बोलाइसकेको छ, जबकि अर्दोआनले बारम्बार नेतान्याहुलाई “युद्ध अपराधी” को संज्ञा दिएका छन्।

अन्तर्राष्ट्रिय कानुनी विज्ञहरूले भने टर्कियाको यो कदम प्रतीकात्मक हुने सम्भावना रहेको बताइरहेका छन्। वारेन्ट अन्तर्राष्ट्रिय स्तरमा लागू गर्न कठिन हुने भए पनि, यसले नेतान्याहु र इजरायलमाथि बढ्दो अन्तर्राष्ट्रिय दबाबको संकेत गरेको बताइएको छ।

टर्कियाको यो कदम गाजामा जारी युद्धमाथि अन्तर्राष्ट्रिय समुदायको बढ्दो असन्तोष र मानवीय संकटप्रति चिन्ताको पृष्ठभूमिमा आएको हो।

Post Views: 134
Loading spinner

संबन्धित समाचार

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ
Banner News

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

अशोज ९, २०८३
सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?
Banner News

सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

अशोज २, २०८३
नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन
Banner News

नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

भदौ ३१, २०८३
हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम
Banner News

हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

भदौ २९, २०८३
Next Post
प्रधानमन्त्री ओली चीन भ्रमणमा, बेइजिङमा सी जिनपिङ र मोदीसँग उच्चस्तरीय वार्ता हुने

ओलीको संकेत — एमाले महाधिवेशन छलफलबिनै सकिने

Leave Comment

ताजा खबर

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

अशोज ९, २०८३
सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

अशोज २, २०८३
नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

भदौ ३१, २०८३
हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

भदौ २९, २०८३
आज कुशे औँसीः जीवित बाबुलाई सम्मान, दिवङ्गत पिताको सम्झनामा तर्पण र श्राद्ध

आज कुशे औँसीः जीवित बाबुलाई सम्मान, दिवङ्गत पिताको सम्झनामा तर्पण र श्राद्ध

भदौ २६, २०८३

ब्लग

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवाहरू र अद्यावधिक हरूनयाँ सेवाहरू र अद्यावधिक हरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवा हरू र अद्यावधिकहरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवाहरूको सुधार

व्यवसायिक सेवाहरूको सुधार

by uknepalpress
फाल्गुन २८, २०८१
0

News Channel Logo

हामी तथ्यमा आधारित र जनचासोका विषयहरूमा केन्द्रित छौं। पाठकहरूले राजनीति, अर्थतन्त्र, मनोरञ्जन लगायतका विविध समाचार पाउन सक्नुहुन्छ।

  •             समाचार                  युवामञ्च
  •             राजनीति                 ब्लग
  •             विचार                     स्वास्थ्य

Contact Us

LocationEdinburgh, UK

Emailinfo@uknepalpress.com

  • Contact Us

Copyright © 2025 UK Nepal Press, All Rights Reserved