Uk Nepal Press
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
Uk Nepal Press
No Result
View All Result
Eng

अनेरास्ववियुद्वारा बालेन–सुदनविरुद्ध जाहेरी, प्रहरी अध्ययनमा

uknepalpress by uknepalpress
अशोज २१, २०८२
0
Share on FacebookShare on Twitter

नेशनल प्रेस कर्पोरेसन
काठमाडौं, २१ असोज
— काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङविरुद्ध दर्ता गर्न खोजिएको जाहेरीबारे नेपाल प्रहरीले २४ घण्टाभित्र औपचारिक निर्णय गर्ने जनाएको छ।

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु (अखिल) का प्रतिनिधिहरू आइतबार जिल्ला प्रहरी परिसर, काठमाडौं पुगेका थिए। उनीहरूले महानगर प्रमुख शाह र ‘हामी नेपाल’ समूहका संस्थापक गुरुङविरुद्ध कानूनी कारबाहीको माग गर्दै जाहेरी दर्ता गर्न खोजेका थिए।

तर प्रहरी स्रोतका अनुसार जाहेरी तत्काल दर्ता नगरी फोटोकपी मात्र लिइएको छ। प्रहरीका एक अधिकारीले भने, “हामीले जाहेरीको सामग्री अध्ययन गर्न केही समय आवश्यक ठानेका छौं। २४ घण्टाभित्र दर्ता गर्ने वा नगर्ने भन्ने निर्णय गरिनेछ, र नगर्ने भए त्यसको कारणसहित लिखित जवाफ दिनेछौं।”

अनेरास्ववियुका पूर्वअध्यक्ष समिक बडालले भने, प्रहरीको यस्तो निर्णयले कानूनी प्रक्रियामा ढिलाइ हुनसक्ने आशंका व्यक्त गरे। “प्रहरीले जाहेरीलाई गम्भीरतापूर्वक लिने र छिटो निष्कर्षमा पुग्ने अपेक्षा छ,” उनले भने।

हालसम्म जाहेरीमा के-कस्ता आरोपहरू छन् भन्ने विवरण सार्वजनिक गरिएको छैन। तर विद्यार्थी संगठनका अनुसार बालेन शाह र सुदन गुरुङले पछिल्ला गतिविधिहरूमा ‘राजनीतिक शालीनता र कानूनी सीमाको उल्लङ्घन’ गरेको दाबी गरिएको छ।

सामाजिक सञ्जालमा बालेन शाह र सुदन गुरुङबीच भएका विवादास्पद भनाइ र अभिव्यक्तिहरू पछिल्लो समय सार्वजनिक ध्यानको केन्द्रमा रहेका छन्। केही विश्लेषकहरूले यो घटनालाई काठमाडौं महानगर र केन्द्रीय राजनीतिबीचको शक्ति–प्रदर्शनको रूपमा पनि हेरेका छन्।

प्रहरीले जाहेरी औपचारिक रूपमा दर्ता गर्ने वा नगर्ने भन्ने निर्णय भोलिसम्म सार्वजनिक गर्ने तयारी गरेको छ। त्यसपछि मात्रै यो विषयले कानूनी रूप लिने वा राजनीतिक विवादमै सीमित हुने भन्ने स्पष्ट हुने बताइन्छ।

Post Views: 126
Loading spinner

संबन्धित समाचार

कानुनी प्रक्रिया पूरा नगरी बस्ती खाली गराउने प्रयासमाथि प्रश्न
Breaking News

कानुनी प्रक्रिया पूरा नगरी बस्ती खाली गराउने प्रयासमाथि प्रश्न

बैशाख ११, २०८३
कानुनी आधारबिनै आयोग गठन गरिएको भन्दै कांग्रेस असन्तुष्ट
Breaking News

कानुनी आधारबिनै आयोग गठन गरिएको भन्दै कांग्रेस असन्तुष्ट

बैशाख ३, २०८३
इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको आग्रह, पत्रमार्फत कूटनीतिक दबाब
Breaking News

इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको आग्रह, पत्रमार्फत कूटनीतिक दबाब

बैशाख २, २०८३
जेलरको दाबी: भीडले करकापमा पत्रमा हस्ताक्षर गरायो
Breaking News

जेलरको दाबी: भीडले करकापमा पत्रमा हस्ताक्षर गरायो

चैत्र १२, २०८२
Next Post
संसद पुनर्स्थापनाका लागि कांग्रेस र एमाले कानुनी बाटोतर्फ

संसद पुनर्स्थापनाका लागि कांग्रेस र एमाले कानुनी बाटोतर्फ

Leave Comment

ताजा खबर

कानुनी प्रक्रिया पूरा नगरी बस्ती खाली गराउने प्रयासमाथि प्रश्न

कानुनी प्रक्रिया पूरा नगरी बस्ती खाली गराउने प्रयासमाथि प्रश्न

बैशाख ११, २०८३
कानुनी आधारबिनै आयोग गठन गरिएको भन्दै कांग्रेस असन्तुष्ट

कानुनी आधारबिनै आयोग गठन गरिएको भन्दै कांग्रेस असन्तुष्ट

बैशाख ३, २०८३
इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको आग्रह, पत्रमार्फत कूटनीतिक दबाब

इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको आग्रह, पत्रमार्फत कूटनीतिक दबाब

बैशाख २, २०८३
जेलरको दाबी: भीडले करकापमा पत्रमा हस्ताक्षर गरायो

जेलरको दाबी: भीडले करकापमा पत्रमा हस्ताक्षर गरायो

चैत्र १२, २०८२
सरकार बाहिरिने बेला महत्वपूर्ण नियुक्ति र सिफारिसले उठायो प्रश्न

सरकार बाहिरिने बेला महत्वपूर्ण नियुक्ति र सिफारिसले उठायो प्रश्न

चैत्र १, २०८२

ब्लग

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवाहरू र अद्यावधिक हरूनयाँ सेवाहरू र अद्यावधिक हरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवा हरू र अद्यावधिकहरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवाहरूको सुधार

व्यवसायिक सेवाहरूको सुधार

by uknepalpress
फाल्गुन २८, २०८१
0

News Channel Logo

हामी तथ्यमा आधारित र जनचासोका विषयहरूमा केन्द्रित छौं। पाठकहरूले राजनीति, अर्थतन्त्र, मनोरञ्जन लगायतका विविध समाचार पाउन सक्नुहुन्छ।

  •             समाचार                  युवामञ्च
  •             राजनीति                 ब्लग
  •             विचार                     स्वास्थ्य

Contact Us

Location 243,GeorgeStreet,Aberdeen,UK

Emailinfo@uknepalpress.com

Phone+44(0)7342 671820
  • Contact Us

Copyright © 2025 UK Nepal Press, All Rights Reserved