Uk Nepal Press
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
Uk Nepal Press
No Result
View All Result
Eng

महानवमीमा देवी सिद्धिदात्रीको पूजा, देशभर बलि अर्पण

uknepalpress by uknepalpress
अशोज १५, २०८२
0
Share on FacebookShare on Twitter

काठमाडौं — दशैँको नवौँ दिन अर्थात् महानवमी आज देवी सिद्धिदात्रीसहित विभिन्न शक्तिपीठमा विशेष पूजा-अर्चना गरी मनाइँदैछ।

मार्कण्डेय पुराणअनुसार यस दिन चामुण्डा देवीले रक्तबीज नामक असुरको वध गरेकी थिइन्, जसका कारण महानवमीलाई विशेष महत्व दिइन्छ। नवौँ दिन देवी दुर्गाको नवौँ शक्ति स्वरूपा सिद्धिदात्रीको पूजा गर्ने परम्परा छ। श्रद्धालुहरूले आज देवी महालक्ष्मीको पनि आराधना गर्ने चलन रहेको छ।

धार्मिक विश्वासअनुसार देवी सिद्धिदात्रीको साधना गर्नाले साधकलाई अष्ट सिद्धि प्राप्त हुने बताइन्छ। देवी पुराणमा वर्णन भएअनुसार भगवान् शिवले पनि यिनकै कृपाबाट सिद्धि प्राप्त गरेको उल्लेख पाइन्छ।

यस दिन शिल्प तथा निर्माणका देवता विश्वकर्माको पूजा गर्ने चलन समेत छ। विशेषगरी इन्जिन, गाडी, कारखाना तथा हतियारमा बलि अर्पण गरिन्छ। नेपाली सेना र प्रहरी मुख्यालयमा आज जङ्गी निशान पूजा, कोत पूजा र विशेष कलपूर्जा पूजासहित बलि दिने परम्परा रहेको छ।

काठमाडौं उपत्यकाका प्रमुख शक्तिपीठहरू—दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, सङ्कटा, बज्रयोगिनी लगायतमा आज विशेष भीड हुने गर्छ। हनुमानढोकामा राज्यतर्फबाट ५४ बोका र ५४ राँगाको बलि दिने चलन छ। यस दिन वर्षमा एकपटक मात्र खुल्ने तलेजु भवानी मन्दिर पनि सर्वसाधारणका लागि खुल्छ।

उपत्यकाबाहिरका प्रसिद्ध शक्तिपीठहरू—वीरगन्जको गहवामाई, काभ्रेको पलान्चोक भगवती, सप्तरीको छिन्नमस्ता, डडेलधुराको उग्रतारा, गोरखाको मनकामना, जनकपुरको राजदेवी लगायत देशभरका मन्दिरमा बलि, पूजा र सप्तशती पाठ गरिन्छ।

महानवमीका दिन नेवार समुदायमा स्याकुटाकु पर्व मनाउने प्रचलन छ, जसअन्तर्गत खेतमा गएर माटो, बाली र अन्नबालीको पूजा गर्ने चलन छ।

आज विशेषरूपमा “या देवी सर्वभूतेषु माँ सिद्धिदात्री रूपेण संस्थिता…” मन्त्रसहित देवी आराधना गरिन्छ।

Post Views: 126
Loading spinner

संबन्धित समाचार

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ
Banner News

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

अशोज ९, २०८३
सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?
Banner News

सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

अशोज २, २०८३
नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन
Banner News

नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

भदौ ३१, २०८३
हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम
Banner News

हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

भदौ २९, २०८३
Next Post
दशैँको मुख्य दिन: मान्यजनबाट टीका र जमरा थापिँदै

दशैँको मुख्य दिन: मान्यजनबाट टीका र जमरा थापिँदै

Leave Comment

ताजा खबर

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

अशोज ९, २०८३
सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

अशोज २, २०८३
नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

भदौ ३१, २०८३
हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

भदौ २९, २०८३
आज कुशे औँसीः जीवित बाबुलाई सम्मान, दिवङ्गत पिताको सम्झनामा तर्पण र श्राद्ध

आज कुशे औँसीः जीवित बाबुलाई सम्मान, दिवङ्गत पिताको सम्झनामा तर्पण र श्राद्ध

भदौ २६, २०८३

ब्लग

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवाहरू र अद्यावधिक हरूनयाँ सेवाहरू र अद्यावधिक हरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवा हरू र अद्यावधिकहरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवाहरूको सुधार

व्यवसायिक सेवाहरूको सुधार

by uknepalpress
फाल्गुन २८, २०८१
0

News Channel Logo

हामी तथ्यमा आधारित र जनचासोका विषयहरूमा केन्द्रित छौं। पाठकहरूले राजनीति, अर्थतन्त्र, मनोरञ्जन लगायतका विविध समाचार पाउन सक्नुहुन्छ।

  •             समाचार                  युवामञ्च
  •             राजनीति                 ब्लग
  •             विचार                     स्वास्थ्य

Contact Us

LocationEdinburgh, UK

Emailinfo@uknepalpress.com

  • Contact Us

Copyright © 2025 UK Nepal Press, All Rights Reserved