Uk Nepal Press
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
Uk Nepal Press
No Result
View All Result
Eng

प्रजातन्त्रका नायक गणेशमान सिंहको २८औँ स्मृति दिवस, विभिन्न कार्यक्रम हुँदै

uknepalpress by uknepalpress
अशोज २, २०८२
0
Share on FacebookShare on Twitter

काठमाडौं – प्रजातन्त्र पुनःस्थापनाका महानायक तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको २८औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। त्याग, साहस र सिद्धान्तका प्रतीकका रूपमा चिनिने सिंहलाई नेपाली राजनीतिमा सदैव प्रेरणाको स्रोत मानिन्छ।

सिंहले प्रजातन्त्र स्थापनादेखि पुनःस्थापना हुँदै नेपाली कांग्रेसलाई लोकप्रिय बनाउन निर्णायक योगदान दिएका थिए। २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले उनलाई प्रधानमन्त्री बन्न आग्रह गरे पनि उनले आफ्ना सहकर्मी कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै असाधारण राजनीतिक त्यागको उदाहरण प्रस्तुत गरेका थिए।

१९७२ साल कात्तिक २४ गते काठमाडौंको क्षेत्रपाटीमा जन्मिएका सिंह १९९७ सालमा प्रजा परिषद्को सदस्य हुँदै राजनीतिक यात्रामा प्रवेश गरेका थिए। राणा शासनविरुद्ध सक्रियताका कारण उनी जेलमा परे तर २००७ सालअघि कैदभंग गरी भाग्न सफल भए। भारतमा पुगेर बिपी कोइरालासँग सहकार्य गर्दै उनले नेपाली राष्ट्रिय कांग्रेसको विस्तारमा जीवन समर्पित गरे। २००७ सालको क्रान्तिमा वीरगञ्ज मोर्चामा सक्रिय भएर लडेका सिंह बिपीका निकट सहयोगी र अनुयायी मानिन्छन्।

नेपाली राजनीति पुनःपुनः संकटमा परिरहँदा सिंहले हरेक मोडमा नेतृत्वदायी भूमिका खेले। २०१७ सालको ‘पञ्चायती प्रहार’ पछि उनले आठ वर्ष कारागार जीवन बिताए भने २०३३ सालमा बिपीसँगै राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किए। विद्यार्थी आन्दोलनदेखि सत्याग्रहसम्म उनले अग्रणी भूमिका निर्वाह गरे। विशेषगरी २०४६ सालको जनआन्दोलनमा कम्युनिष्ट पार्टीसँग मिलेर आन्दोलन घोषणा गर्दै सर्वोच्च कमान्डरको रूपमा ऐतिहासिक योगदान दिए।

उनको २८औँ स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसका भ्रातृ र शुभेच्छुक संस्थाहरूले आज राजधानीमा विभिन्न कार्यक्रम आयोजना गरेका छन्। बिहान शोभाभगवतीस्थित सालिकमा माल्यार्पण गरिएको छ भने दिनभर स्मृति गोष्ठी र श्रद्धाञ्जलीसभाहरू हुने कार्यक्रम तय गरिएको छ।

Post Views: 47
Loading spinner

संबन्धित समाचार

कानुनी आधारबिनै आयोग गठन गरिएको भन्दै कांग्रेस असन्तुष्ट
Breaking News

कानुनी आधारबिनै आयोग गठन गरिएको भन्दै कांग्रेस असन्तुष्ट

बैशाख ३, २०८३
इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको आग्रह, पत्रमार्फत कूटनीतिक दबाब
Breaking News

इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको आग्रह, पत्रमार्फत कूटनीतिक दबाब

बैशाख २, २०८३
जेलरको दाबी: भीडले करकापमा पत्रमा हस्ताक्षर गरायो
Breaking News

जेलरको दाबी: भीडले करकापमा पत्रमा हस्ताक्षर गरायो

चैत्र १२, २०८२
सरकार बाहिरिने बेला महत्वपूर्ण नियुक्ति र सिफारिसले उठायो प्रश्न
Breaking News

सरकार बाहिरिने बेला महत्वपूर्ण नियुक्ति र सिफारिसले उठायो प्रश्न

चैत्र १, २०८२
Next Post
दललाई कमजोर पार्ने प्रयास भइरहेको छ’ : प्रकाशमान सिंह

दललाई कमजोर पार्ने प्रयास भइरहेको छ’ : प्रकाशमान सिंह

Leave Comment

ताजा खबर

कानुनी आधारबिनै आयोग गठन गरिएको भन्दै कांग्रेस असन्तुष्ट

कानुनी आधारबिनै आयोग गठन गरिएको भन्दै कांग्रेस असन्तुष्ट

बैशाख ३, २०८३
इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको आग्रह, पत्रमार्फत कूटनीतिक दबाब

इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको आग्रह, पत्रमार्फत कूटनीतिक दबाब

बैशाख २, २०८३
जेलरको दाबी: भीडले करकापमा पत्रमा हस्ताक्षर गरायो

जेलरको दाबी: भीडले करकापमा पत्रमा हस्ताक्षर गरायो

चैत्र १२, २०८२
सरकार बाहिरिने बेला महत्वपूर्ण नियुक्ति र सिफारिसले उठायो प्रश्न

सरकार बाहिरिने बेला महत्वपूर्ण नियुक्ति र सिफारिसले उठायो प्रश्न

चैत्र १, २०८२
नयाँ सरकार गठन अघि मन्त्री आवास संकट, पुनर्निर्माण असारसम्म हुने लक्ष्य

नयाँ सरकार गठन अघि मन्त्री आवास संकट, पुनर्निर्माण असारसम्म हुने लक्ष्य

फाल्गुन २९, २०८२

ब्लग

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवाहरू र अद्यावधिक हरूनयाँ सेवाहरू र अद्यावधिक हरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवा हरू र अद्यावधिकहरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवाहरूको सुधार

व्यवसायिक सेवाहरूको सुधार

by uknepalpress
फाल्गुन २८, २०८१
0

News Channel Logo

हामी तथ्यमा आधारित र जनचासोका विषयहरूमा केन्द्रित छौं। पाठकहरूले राजनीति, अर्थतन्त्र, मनोरञ्जन लगायतका विविध समाचार पाउन सक्नुहुन्छ।

  •             समाचार                  युवामञ्च
  •             राजनीति                 ब्लग
  •             विचार                     स्वास्थ्य

Contact Us

Location 243,GeorgeStreet,Aberdeen,UK

Emailinfo@uknepalpress.com

Phone+44(0)7342 671820
  • Contact Us

Copyright © 2025 UK Nepal Press, All Rights Reserved