Uk Nepal Press
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
Uk Nepal Press
No Result
View All Result
Eng

रवि लामिछानेको कारागार जीवन : सुविधा र असुविधाबीचको बहस

uknepalpress by uknepalpress
साउन २६, २०८२
0
Share on FacebookShare on Twitter

शिव कुमार ढकाल
बेलायत

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको रूपन्देही कारागारभित्रको बसाइबारे हालसालै विभिन्न र विपरीत धारणा सार्वजनिक भएका छन्। केही मिडियाले उनलाई सामान्य कैदीको तुलनामा न्यून सुविधा मात्र उपलब्ध भएको दाबी गरेका छन् भने अरूले भीआइपी स्तरको सुविधा दिइएको बताएका छन्।

लामिछाने सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि गत चैत २२ गतेदेखि रूपन्देही कारागारमा छन्। उनका बसाइबारे नयाँ पत्रिका र अन्नपूर्ण पोस्टले फरक–फरक समाचार प्रकाशित गरेका थिए। नयाँ पत्रिकाले ‘गोलघरजस्तो कालकोठरी’ र न्यूनतम सुविधासमेत नपाएको उल्लेख गर्दै फोटोसहितको रिपोर्ट छाप्यो भने अन्नपूर्णले ‘एजेट ट्यावलेट, ग्राउण्डमा घुम्ने सुविधा र भीआइपी ट्रिटमेन्ट’ भएको उल्लेख गर्‍यो।

विवाद बढेपछि रूपन्देही कारागारले विज्ञप्ति जारी गर्दै “अन्य कैदीले पाउने सुविधा विभेद नगरी प्रदान गरिएको” स्पष्ट पारेको छ।

मानवअधिकार आयोगको अवलोकन
विवादका बीच राष्ट्रिय मानव अधिकार आयोगकी आयुक्त लिली थापा नेतृत्वको टोली सोमबार कारागार पुगेको थियो। आयुक्त थापालाई मात्र लामिछाने बसेको कोठा अवलोकनको अनुमति दिइयो, अन्य सदस्यहरू बाहिरै रोकिए।लामिछानेलाई भुइँतलामा रहेको, २० फिट लामो र १८ फिट चौडाइको कोठामा राखिएको र शौचालय, बाथरूम र बस्ने ठाउँ एउटै भएको दाबी गरिन्छ। कोठामा कुलर जडान भए पनि झ्याल प्लाइउडले छोपिएकाले हावा आवतजावत नहुने, जसका कारण कुलरले पनि तातो हावा मात्र फ्याँक्ने स्थिति भएको समर्थकहरूको भनाइ छ।

तर लामिछानेले अदालतमा दिएको निवेदनमा कोठाको आकार ३५ फिट लम्बाइ र १२ फिट चौडाइ भएको उल्लेख गर्दै यसलाई “गोलघरसरह” वर्णन गरेका छन्। उनका अनुसार रातको ११–१२ बजेसम्म कोठा चिसिन नसक्ने, ४२ डिग्री तापक्रममा कोठाभित्र बस्नु ‘मध्ययुगको यातनागृह’ भन्दा पनि पीडादायी भएको उल्लेख छ।

भेटघाट र सञ्चार सुविधा
लामिछानेलाई सीमित समयका लागि मात्र भेटघाटको अनुमति दिइन्छ। भेटघाट अधिकतम १५ मिनेटसम्म हुन्छ र बारमार्फत कुरा गर्नुपर्ने व्यवस्था छ। उनलाई मोबाइल फोन प्रयोग गर्ने अनुमति भए पनि यो जेल प्रशासनको नियन्त्रणमा रहन्छ।

कारागार प्रशासनको भनाइ
कारागार प्रशासनले लामिछानेलाई छुट्टै ब्लकमा राखी सञ्चार सुविधा र गर्मीलाई ध्यानमा राखी कुलरको व्यवस्था गरिएको जनाएको छ। “बाहिर घुम्ने, व्यायाम गर्ने चौर छ, हावा कम छिर्ने भएकाले कुलर राखिएको हो,” प्रशासन स्रोतले भन्यो।

पूर्वप्रधानमन्त्री भट्टराईको टिप्पणी
हालै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले लामिछानेलाई भेटेपछि उनले “पत्रपत्रिका समेत पढ्न नदिइएको” टिप्पणी गरेका थिए। भट्टराईका अनुसार लामिछानेलाई साँघुरो कोठामा सीमित गरिएको छ, तर उनले कोठाभित्र प्रवेश भने गरेनन्।

राजनीतिक पृष्ठभूमि र अड्डासारको चर्चा
रास्वपा पक्षले लामिछानेलाई न्यूनतम मानव अधिकारसमेत नदिइएको आरोप लगाउँदै, रूपन्देही–३ मा हुनसक्ने उपनिर्वाचनलाई मध्यनजर गर्दै सरकारले काठमाडौं अड्डासार गर्न सक्ने आशंका व्यक्त गरेको छ।

हाल लामिछानेको निवेदनमाथि रूपन्देही जिल्ला अदालतमा सुनुवाइको मिति तोकिएको छ।

Post Views: 247
Loading spinner

संबन्धित समाचार

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ
Banner News

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

अशोज ९, २०८३
सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?
Banner News

सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

अशोज २, २०८३
नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन
Banner News

नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

भदौ ३१, २०८३
हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम
Banner News

हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

भदौ २९, २०८३
Next Post
मानव अधिकार आयोगको चेतावनी: नेपालका कारागारहरू मानव–अधिकारमैत्री छैनन्, तत्काल सुधार आवश्यक

मानव अधिकार आयोगको चेतावनी: नेपालका कारागारहरू मानव–अधिकारमैत्री छैनन्, तत्काल सुधार आवश्यक

Leave Comment

ताजा खबर

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

अशोज ९, २०८३
सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

अशोज २, २०८३
नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

भदौ ३१, २०८३
हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

भदौ २९, २०८३
आज कुशे औँसीः जीवित बाबुलाई सम्मान, दिवङ्गत पिताको सम्झनामा तर्पण र श्राद्ध

आज कुशे औँसीः जीवित बाबुलाई सम्मान, दिवङ्गत पिताको सम्झनामा तर्पण र श्राद्ध

भदौ २६, २०८३

ब्लग

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवाहरू र अद्यावधिक हरूनयाँ सेवाहरू र अद्यावधिक हरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवा हरू र अद्यावधिकहरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवाहरूको सुधार

व्यवसायिक सेवाहरूको सुधार

by uknepalpress
फाल्गुन २८, २०८१
0

News Channel Logo

हामी तथ्यमा आधारित र जनचासोका विषयहरूमा केन्द्रित छौं। पाठकहरूले राजनीति, अर्थतन्त्र, मनोरञ्जन लगायतका विविध समाचार पाउन सक्नुहुन्छ।

  •             समाचार                  युवामञ्च
  •             राजनीति                 ब्लग
  •             विचार                     स्वास्थ्य

Contact Us

LocationEdinburgh, UK

Emailinfo@uknepalpress.com

  • Contact Us

Copyright © 2025 UK Nepal Press, All Rights Reserved