Uk Nepal Press
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
Uk Nepal Press
No Result
View All Result
Eng

आज जनै पूर्णिमा, देशभर मनाईदै

uknepalpress by uknepalpress
साउन २४, २०८२
0
Share on FacebookShare on Twitter

शनिबार, २४ साउन २०८२
शिव कुमार ढकाल
बेलायत ।

ॐ यज्ञोपवीतं परमं पवित्रं, प्रजापतेयर्त्सहजं पुरस्तात्। आयुष्यमग्र्यं प्रतिमुञ्च शुभ्रं, यज्ञोपवीतं बलमस्तु तेजः॥

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ।पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन्।तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवम् डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।मन्त्र गरिएको धागोको एउटा पवित्र अंशलाई शरीरमा लगाउनुलाई जनै लगाउनु भनिन्छ । जनैका विभिन्न नाम छन्, उपवीत, यज्ञ सूत्र, ब्रह्म सूत्र आदि नामले पनि जनैलाई नै जनाउँछ ।उपनयन संस्कार भएकाहरूले जनै लगाउने गर्दछन् । सनातन दर्शनमा मानिसको जीवनलाई १६ वटा संस्कारले बाँधेको हुन्छ र उपनयन संस्कार त्यस मध्य एक हो । उपनयनको शाब्दिक अर्थ चाहिँ नजिक जाने प्रक्रिया या चाहना हो र जीवनमा भगवानतत्वसंग नजिक जाने यस संस्कारको महत्त्व असाध्यै धेरै छ ।

जनै वा यज्ञोपवीत को महत्त्व
ब्राह्मण र क्षत्रिय पुरुषहरूले हिन्दु परम्परा अनुसार यज्ञोपवीत अर्थात जनै लगाउने चलन रही आएको छ । बाल्यकाल पश्चात् विधिपूर्वक व्रतबन्ध कर्म सम्पन्न गरी गुरु-पुरोहितद्वारा अरूले नसुन्ने गरी कानमा गायत्री मन्त्रको उच्चारण गरेपछि एउटा निष्ठामय धर्म र सत्यको बाटो अवलम्बन गर्ने दृढ सङ्कल्प लिएर देब्रे काँधमाथि पर्ने गरी दाहिने हातको मुन्तिर पारेर गुरु पुरोहितले मन्त्रेर तयार पारेको जनै ग्रहण गरिन्छ ।जनै लगाउनुको अर्थ
यसरी मन्त्रेको जनै ६ वटा काँचो धागो (६ सूते धागो) लाई दुई बेग्लै बेग्लै गाँठो पारिसकेपछि सबैलाई एक ठाउँमा राखेर तयार पारिन्छ । जसलाई वार्षिक रूपमा आजैको दिन परिवर्तन गर्ने चलन रहिआएको छ । जनैमा रहने दुई वटा शिखाका छ वटा घागो डोरा मध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको तीन डोरालाई कर्म, उपासना र ज्ञानको योग मानिन्छ ।

आजको दिनको मन्त्र:

“येन बद्धो वलीराजा दानवेन्द्रो महावलस् ।

तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।।”

अर्थात्:

“जुन रक्षा (काँचो धागो)ले दानवहरूको महान् राजा बलिलाई बाँधिएको थियो, म तिमीलाई त्यही धागोले बाँध्दछु, यो रक्षा बन्धनले तिम्रो सदैव रक्षा गर्नेछ ।

यसै दिन दिदीवहिनीहरुले आफ्ना दाजु-भाइका दाहिने हातका नाडीमा दिर्घायू र सफलताको कामना गर्दै रङ्गीचङ्गी धागो र फुल जोडिएको राखी लाइदिने चलन चल्दै आएको छ । नेपालको तराई क्षेत्र लगायत भारत, बङ्गलादेश लगायतका देशहरूमा राखी को चलन र यस चाडको महत्त्व एकदमै बढी रहेको छ ।

रक्षा बन्धन दुई शब्दहरू मिलेर बनेको छ, “रक्षा” र “बन्धन”। संस्कृत शब्दावलीको अनुसार यसको अर्थ “सुरक्षाको गाँठो” हुन्छ। यो चाड दाजुभाइ-दिदिबहिनी सम्बन्धको अनन्त प्रेमको प्रतीक हो। यो केवल रगतको सम्बन्ध मात्र नभई आफूले दिदीबहिनी या दाजुभाइ मानेका यस्ता अन्य सम्बन्धमा पनि मनाइन्छ। यस दिन, दिदीबहिनीले आफ्नो सफलता, स्वास्थ्य र खुसीको प्रार्थना गर्न आफ्ना दाजुभाइको हातमा रक्षा बन्धनको धागो बाँधिदिने चलन छ। त्यसै गरि दाजुभाइले पनि दिदीबहिनीलाई उपहार दिन्छन् र आफ्ना दिदीबहिनीलाई हरेक परिस्थितिमा जोगाउने बचन दिन्छन्।

Post Views: 236
Loading spinner

संबन्धित समाचार

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ
Banner News

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

अशोज ९, २०८३
सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?
Banner News

सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

अशोज २, २०८३
नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन
Banner News

नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

भदौ ३१, २०८३
हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम
Banner News

हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

भदौ २९, २०८३
Next Post
युक्रेन आफ्नो जमिन रूसलाई दान गर्दैन:जेलेन्स्की

युक्रेन आफ्नो जमिन रूसलाई दान गर्दैन:जेलेन्स्की

Leave Comment

ताजा खबर

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

अशोज ९, २०८३
सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

अशोज २, २०८३
नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

भदौ ३१, २०८३
हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

भदौ २९, २०८३
आज कुशे औँसीः जीवित बाबुलाई सम्मान, दिवङ्गत पिताको सम्झनामा तर्पण र श्राद्ध

आज कुशे औँसीः जीवित बाबुलाई सम्मान, दिवङ्गत पिताको सम्झनामा तर्पण र श्राद्ध

भदौ २६, २०८३

ब्लग

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवाहरू र अद्यावधिक हरूनयाँ सेवाहरू र अद्यावधिक हरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवा हरू र अद्यावधिकहरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवाहरूको सुधार

व्यवसायिक सेवाहरूको सुधार

by uknepalpress
फाल्गुन २८, २०८१
0

News Channel Logo

हामी तथ्यमा आधारित र जनचासोका विषयहरूमा केन्द्रित छौं। पाठकहरूले राजनीति, अर्थतन्त्र, मनोरञ्जन लगायतका विविध समाचार पाउन सक्नुहुन्छ।

  •             समाचार                  युवामञ्च
  •             राजनीति                 ब्लग
  •             विचार                     स्वास्थ्य

Contact Us

LocationEdinburgh, UK

Emailinfo@uknepalpress.com

  • Contact Us

Copyright © 2025 UK Nepal Press, All Rights Reserved