Uk Nepal Press
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
Uk Nepal Press
No Result
View All Result
Eng

व्यवसायीले बढाइदिए अन्डाको भाउ क्रेटमा ५५ रुपैयाँ

uknepalpress by uknepalpress
असार २१, २०८२
0
Share on FacebookShare on Twitter

व्यवसायीले डेढ महिना अवधिमा अन्डाको भाउ प्रतिक्रेट ५५ रुपैयाँसम्म बढाएका छन् । यतिमात्र होइन, उत्पादन घटेको भन्दै उनीहरूले १० दिनमा २ पटक भाउ पनि बढाइसकेका छन् ।

कुखुरापालक व्यवसायीले १० दिनमा दुई पटक र डेढ महिना अवधिमा क्रेटमै ५५ रुपैयाँ भाउ बढाउँदा पनि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई अत्तोपत्तो छैन ।उपभोक्तालाई मूल्यमा ठगिन नदिन, उपभोक्ताको अधिकार रक्षा गर्न र उपभोक्ता संरक्षण गर्ने जिम्मेवारी पाएको विभाग भने कुखुरापालक व्यवसायीले ‘दिन दुई गुणा, रात चौगुणा’ पारामा अन्डाको भाउ बढाउँदा पनि मौनता साँधिरहेको छ ।

नेपालीको भान्सामा सामान्यतया नछुट्ने अन्डाको भाउमा ‘मनपरी’ हुँदा पनि वाणिज्य विभागले उपभोक्ता संरक्षणमा ठोस कदम नचालेपछि उपभोक्ता मारमा परेका छन् ।विभिन्न उत्पादनमा न्यूनतम खुद्रा बिक्री मूल्य (एमआरपी) लेबल लगाउन अनिवार्य गरेर उपभोक्ता हितमा काम गरिरहेको दाबी गर्ने वाणिज्य विभागले उपभोक्ताको भान्सामा प्रत्यक्ष असर परेको विषयमा भने हालसम्म केही बोलेको छैन ।

अन्डा उत्पादक व्यवसायीहरूको संगठन नेपाल लेयर्स कुखुरापालक संघले निर्धारण गर्ने अन्डाको भाउ होलसेल (थोक) हो । संघले १० दिनमै दुई पटक भाउ बढाउँदा उपभोक्ताले थप महँगो तिरेर किन्नुपर्ने भएको छ ।

तर, संघले तोकेको भाउमा भने व्यवसायीहरूले उपभोक्तालाई अन्डा बेच्दैनन् । डेढ महिनामै अन्डाको होलसेल भाउ क्रेटमा ५५ रुपैयाँसम्म बढाइँदा उपभोक्ता झनै मारमा परेका छन् ।उता, अन्डा उत्पादक किसानले लागत पाइरहेका छैनन् भने उपभोक्ता चाहिँ अधिकांश समय महँगो तिर्न बाध्य छन् । अन्डाको भाउ उतारचढावमा अन्डा उत्पादक किसान र अन्डा उपभोग गर्ने उपभोक्ताले भने सधैं मार खानुपरेको देखिन्छ ।

अन्डा उत्पादक किसानले लागत खर्च पनि हातमा नपर्ने गुनासो गरिरहँदा र अन्डा खपत गर्ने उपभोक्ताले अन्डाको भाउ किन यस्तो महँगो भनिरहँदा पनि वाणिज्य विभाग भने ‘कानमा तेल हालेर’ बसेको छ ।

अन्डा उत्पादक किसानले बजारमा चलेको भन्दा कम मूल्य पाउने गर्छन् । अन्डा उत्पादन क्षेत्रमा पनि बिचौलियाकै हालीमुहाली हुँदा किसानले उत्पादन अनुसार भाउ पाउन सकेका छैनन् ।

अन्डाको उतारचढावपूर्ण भाउ

१० जेठ २०८२ मा अन्डाको भाउ बढाएको नेपाल लेयर्स कुखुरापालक संघले उत्पादन घटेर माग धान्न नसकेको भन्दै आज शुक्रबार (२० असार) देखि लागु हुने गरी फेरि भाउ बढाएको छ ।

संघले तोकेको नयाँ मूल्यसूची अनुसार ठूलो अन्डाको भाउ प्रतिक्रेट ४ सय ९५ रुपैयाँ पुगेको छ । त्यस्तै मिडियम अन्डा प्रतिक्रेट ४ सय ६५ रुपैयाँ निर्धारण गरिएको छ ।

संघले १० असारमा ठूलो अन्डाको भाउ क्रेटको ४ सय ८० रुपैयाँ तोकेको थियो भने मिडियम अन्डा प्रतिक्रेट ४ सय ५० रुपैयाँ तोकेको थियो ।त्यसैगरी १७ जेठमा संघले ठूलो अन्डाको भाउ प्रतिक्रेट ४ सय ६५ र मिडियम अन्डाको ४ सय ३५ रुपैयाँ निर्धारण गरेको थियो । यस्तै २५ वैशाखमा ठूलो अन्डाको भाउ प्रतिक्रेट ४ सय ६० र मिडियम अन्डाको भाउ ४ सय १० रुपैयाँ तोकिएको थियो ।

यो हिसाबले पछिल्लो डेढ महिना अवधिभित्र ठूलो अन्डामा ३५ र मिडियम अन्डामा ५५ रुपैयाँ बराबर भाउ बढाइएको छ ।

गर्मीले कुखुरा मरे, अन्डा उत्पादन घट्यो : संघ अध्यक्ष पोखरेल

नेपाल लेयर्स कुखुरापालक संघ अध्यक्ष विनोद पोखरेलले गर्मीका कारण कुखुरा मरेका हुँदा अन्डा उत्पादन घटेको तर्क गरे ।

पछिल्लो समय अन्डा खपत बढ्दो क्रममा रहेको र उत्पादन घट्दो क्रममा रहेकाले भाउ बढ्नु स्वाभाविक भएको अध्यक्ष पोखरेलको दाबी छ ।

‘अहिलेको अन्डा उत्पादनले बजारको माग धान्दैन । उत्पादन २५ प्रतिशत घटेपछि भाउ बढ्नु स्वाभाविक हो,’ अध्यक्ष पोखरेलले अनलाइनखबरसँग भने, ‘अहिले पनि किसानलाई घाटा नै छ ।’

किसान सधैं घाटामा, उपभोक्ता सधैं पीडित

संघले अन्डाको भाउ बढाए पनि किसानले पाउने प्रतिअन्डाको लागत १६ रुपैयाँ ५० पैसाबाट बढेको छैन । किसानले अन्डा उत्पादन गर्दा १६ रुपैयाँ ५७ पैसा खर्च गर्नुपर्छ । अध्यक्ष पोखरेलकै अनुसार एउटा अन्डामा किसानलाई ७ पैसा घाटा छ ।

किसानले घाटा खाएर बेचेको अन्डाको भाउ भने संघले बढाएर बेच्ने गर्छ । अध्यक्ष पोखरेलका अनुसार उपभोक्ताका लागि ठूलो अन्डा २ वटाको भाउ ४५ रुपैयाँ तोकिएको छ । तर, खुद्रा व्यापारीले भने सानो अन्डा नै २ वटालाई ५० रुपैयाँमा बेचेर हाकाहाकी उपभोक्ता ठगिरहेका छन् । उपभोक्ताले ठूलो अन्डा किन्न त परै जाओस्, देख्न समेत पाउँदैनन् ।

संघले तोकेको भाउप्रति एक कुखुरापालक किसानले गम्भीर असन्तुष्टि पोखे । ‘संघले बढाएर तोकेको मूल्य हामी उत्पादकले कहिल्यै पनि पाउँदैनौं,’ उनले आक्रोश पोखे, संघले तोकेको मूल्य हामीलाई मान्य छैन । हामीले घाटा खाएर अन्डा बेच्नुपर्ने, बीचमा बिचौलिया हाबी भएर सबैलाई ठग्ने ?’

सरकारले देशभरि मान्य हुने गरी मूल्य निर्धारण गर्नुपर्ने उनको माग छ ।

अन्डाको भाउबारे थाहा छैन : वाणिज्य विभाग

नियामक निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग अन्डाको भाउबारे जानकार नभएको भन्दै पन्छिएको छ ।

विभागका महानिर्देशक कुमारप्रसाद दाहाल अन्डाको भाउलाई लिएर बजार अनुमगन नगरेको बताउँछन् ।बिचौलिया हाबी भए : उपभोक्ता अधिकारकर्मी

उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिना हरेक क्षेत्रमा बिचौलिया हाबी हुँदा किसान र उपभोक्ता मारमा परेको बताउँछन् ।

कुनै पनि व्यावसायिक र वस्तुगत संघलाई नेपालको अहिलेको मौजुदा कानुनले मूल्य तोक्ने अधिकार नदिएको उनको भनाइ छ ।

‘मुलुकका कुनै पनि किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउन सकेका छैनन्, संघमा बसेका बिचौलियाले मूल्य निर्धारण गर्ने र उपभोक्ताले भने बढी मूल्य तिर्नुपरिरहेको अवस्था छ,’ उपभोक्ता अधिकारकर्मी तिमल्सिना भन्छन्, ‘सरकारसँग मूल्य नियमन गर्ने, विश्लेषण गर्ने र मूल्य निर्धारण गर्ने संयन्त्र विकास नभएसम्म यो समस्या समाधान हुँदै हुँदैन ।’

Post Views: 62
Loading spinner

संबन्धित समाचार

५८५ ठूला करदाताबाट दुई खर्ब ४० अर्ब रूपैयाँ राजस्व संकलन
Breaking News

५८५ ठूला करदाताबाट दुई खर्ब ४० अर्ब रूपैयाँ राजस्व संकलन

साउन १, २०८२
अब सरकारी कार्यालय जाँदा नगद बोक्न नपर्ने
Breaking News

अब सरकारी कार्यालय जाँदा नगद बोक्न नपर्ने

असार ३१, २०८२
मौद्रिक नीति : आगामी वर्ष कर्जा विस्तारको लक्ष्य १२ प्रतिशत 
Breaking News

मौद्रिक नीति : आगामी वर्ष कर्जा विस्तारको लक्ष्य १२ प्रतिशत 

असार २७, २०८२
मेयर बालेनले कार्यपालिका बैठकमा बोलाए प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई
बिजनेस

मेयर बालेनले कार्यपालिका बैठकमा बोलाए प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई

असार २७, २०८२
Next Post
अरनिको राजमार्गसहित तीन सडक अवरुद्ध, ६७ स्थानमा एकतर्फी सञ्चालन

अरनिको राजमार्गसहित तीन सडक अवरुद्ध, ६७ स्थानमा एकतर्फी सञ्चालन

Leave Comment

ताजा खबर

कानुनी आधारबिनै आयोग गठन गरिएको भन्दै कांग्रेस असन्तुष्ट

कानुनी आधारबिनै आयोग गठन गरिएको भन्दै कांग्रेस असन्तुष्ट

बैशाख ३, २०८३
इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको आग्रह, पत्रमार्फत कूटनीतिक दबाब

इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको आग्रह, पत्रमार्फत कूटनीतिक दबाब

बैशाख २, २०८३
जेलरको दाबी: भीडले करकापमा पत्रमा हस्ताक्षर गरायो

जेलरको दाबी: भीडले करकापमा पत्रमा हस्ताक्षर गरायो

चैत्र १२, २०८२
सरकार बाहिरिने बेला महत्वपूर्ण नियुक्ति र सिफारिसले उठायो प्रश्न

सरकार बाहिरिने बेला महत्वपूर्ण नियुक्ति र सिफारिसले उठायो प्रश्न

चैत्र १, २०८२
नयाँ सरकार गठन अघि मन्त्री आवास संकट, पुनर्निर्माण असारसम्म हुने लक्ष्य

नयाँ सरकार गठन अघि मन्त्री आवास संकट, पुनर्निर्माण असारसम्म हुने लक्ष्य

फाल्गुन २९, २०८२

ब्लग

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवाहरू र अद्यावधिक हरूनयाँ सेवाहरू र अद्यावधिक हरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवा हरू र अद्यावधिकहरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवाहरूको सुधार

व्यवसायिक सेवाहरूको सुधार

by uknepalpress
फाल्गुन २८, २०८१
0

News Channel Logo

हामी तथ्यमा आधारित र जनचासोका विषयहरूमा केन्द्रित छौं। पाठकहरूले राजनीति, अर्थतन्त्र, मनोरञ्जन लगायतका विविध समाचार पाउन सक्नुहुन्छ।

  •             समाचार                  युवामञ्च
  •             राजनीति                 ब्लग
  •             विचार                     स्वास्थ्य

Contact Us

Location 243,GeorgeStreet,Aberdeen,UK

Emailinfo@uknepalpress.com

Phone+44(0)7342 671820
  • Contact Us

Copyright © 2025 UK Nepal Press, All Rights Reserved

No Result
View All Result
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट

Copyright © 2025 UK Nepal Press, All Rights Reserved