Uk Nepal Press
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
Uk Nepal Press
No Result
View All Result
Eng

मेयर बालेनले कार्यपालिका बैठकमा बोलाए प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई

uknepalpress by uknepalpress
असार २७, २०८२
0
Share on FacebookShare on Twitter

काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक शुक्रबार बस्दैछ।

शुक्रबार दिउँसो २ बजे बस्नेगरी मेयर बालेन शाहले कार्यपालिका बैठक बोलाएका छन्।

काठमाडौं महानगरले नीति तथा कार्यक्रम र बजेट ल्याएको छैन। स्थानीय सरकार सञ्चालन ऐन अनुसार स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्ने उल्लेख छ।

तर मेयर बालेन र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीचको द्वन्द्वका कारण कार्यपालिका बैठक बस्न नसक्दा तोकिएकै समयमा बजेट ल्याउन महानगर असफल भएको छ।

उपमेयर सुनिता डंगोल र केही वडाध्यक्षहरूले लगातार छलफल गरेपछि मेयर बालेन प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई बिदामा राखेर कार्यपालिका बैठक बोलाउने पक्षमा थिए। 

शुक्रबार भने प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई सँगै राखेर बैठक बस्न बालेन तयार भएका छन्।

दिउँसो २ बजे बस्ने कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृतलाई पनि आमन्त्रण गरिएको मेयर बालेनको सचिवालयले जनाएको छ।

मेयर बालेनका स्वकीय सचिव भूपदेव शाहका अनुसार प्रमुख प्रशासकीय अधिकृतसहित सबै सदस्यहरूलाई कार्यपालिका बैठकका लागि आमन्त्रण गरिएको छ।

‘प्रमुख प्रशासकीय अधिकृतलाई पनि कानुनअनुसार बैठकका लागि आमन्त्रण गरेका छौं,’ उनले भने।

प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले पनि बैठकका लागि मेयर बालेनले बोलाएको बताए।

‘म अहिले अफिस जाँदै छु। बैठकका लागि मेयर साबले बोलाउनुभएको छ। पहिले पनि बाधक बन्दिन भनेको थिएँ,’ उनले भने।  

आज कार्यपालिका बैठकअघि  बिहान ११ बजे बजेट निर्धारण सिमा समितिको बैठक बस्नेछ। मेयर नेतृत्वमा रहेको उक्त समितिमा प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहन्छन्।

बजेट निर्धारण सिमा समितिको बैठकपछि उपमेयर नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बस्नेछ।

त्यसपछि कार्यपालिको बैठक बस्नेछ।   

कार्यपालिका बैठकमा विभिन्न विभागहरूबाट ल्याएका प्रस्तावहरू पेस हुनेछ।

त्यसपछि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छलफल गर्ने कार्यसूची रहको मेयर बालेनका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए।

आजकै कार्यपालिका बैठकले नगर सभा बोलाउन मिति तय गर्नेछ।

Source( Setopati.com)

Post Views: 98
Loading spinner

संबन्धित समाचार

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ
Banner News

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

अशोज ९, २०८३
सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?
Banner News

सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

अशोज २, २०८३
नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन
Banner News

नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

भदौ ३१, २०८३
हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम
Banner News

हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

भदौ २९, २०८३
Next Post
मौद्रिक नीति : आगामी वर्ष कर्जा विस्तारको लक्ष्य १२ प्रतिशत 

मौद्रिक नीति : आगामी वर्ष कर्जा विस्तारको लक्ष्य १२ प्रतिशत 

Leave Comment

ताजा खबर

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

अशोज ९, २०८३
सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

अशोज २, २०८३
नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

भदौ ३१, २०८३
हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

भदौ २९, २०८३
आज कुशे औँसीः जीवित बाबुलाई सम्मान, दिवङ्गत पिताको सम्झनामा तर्पण र श्राद्ध

आज कुशे औँसीः जीवित बाबुलाई सम्मान, दिवङ्गत पिताको सम्झनामा तर्पण र श्राद्ध

भदौ २६, २०८३

ब्लग

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवाहरू र अद्यावधिक हरूनयाँ सेवाहरू र अद्यावधिक हरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवा हरू र अद्यावधिकहरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवाहरूको सुधार

व्यवसायिक सेवाहरूको सुधार

by uknepalpress
फाल्गुन २८, २०८१
0

News Channel Logo

हामी तथ्यमा आधारित र जनचासोका विषयहरूमा केन्द्रित छौं। पाठकहरूले राजनीति, अर्थतन्त्र, मनोरञ्जन लगायतका विविध समाचार पाउन सक्नुहुन्छ।

  •             समाचार                  युवामञ्च
  •             राजनीति                 ब्लग
  •             विचार                     स्वास्थ्य

Contact Us

LocationEdinburgh, UK

Emailinfo@uknepalpress.com

  • Contact Us

Copyright © 2025 UK Nepal Press, All Rights Reserved