Uk Nepal Press
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
Uk Nepal Press
No Result
View All Result
Eng

ओलीकै सिफारिसमा सुशीलाको नियुक्ति भएको प्रचण्डको पुनः दाबी

uknepalpress by uknepalpress
कार्तिक १, २०८२
0
Share on FacebookShare on Twitter

कुसुम शर्मा
नेशनल प्रेस कोर्पोरेसन(एन पी सि),बेलायत
१ कात्तिक, बेलायत ।

नेकपा (माओवादी केन्द्र) का महाधिवेशन आयोजन समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पठाएको पत्र आफूले पढेको दाबी गरेका छन्।

पार्टी मुख्यालय पेरिसडाँडामा अखिल नेपाल ट्रेड युनियन महासंघद्वारा आयोजित चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले उक्त कुरा सार्वजनिक रूपमा दोहोर्याएका हुन्।उनले भने, “सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन ओलीकै सिफारिसमा पत्र पठाइएको थियो। हामीले उहाँले पठाएको चिठी आफ्नै आँखाले हेरेका हौं।”

यसअघि पनि प्रचण्डले ओलीकै लिखित सिफारिसमा सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएको दाबी गरेका थिए। असोज २४ गते सम्पादकहरूसँगको भेटमा पनि उनले यही दाबी दोहोर्याएका थिए।प्रचण्डका अनुसार तत्कालीन प्रधानमन्त्री ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सुशीलालाई प्रधानमन्त्री बनाउन औपचारिक सिफारिसपत्र पठाएका थिए।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि ओली प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य भएका थिए। त्यसपछि उत्पन्न राजनीतिक संकटको निकासका रूपमा ओलीले नै सुशीलालाई अन्तरिम सरकारको नेतृत्व दिन सिफारिस गरेको प्रचण्डको भनाइ छ।

सुशीला कार्की भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी थिइन्।
त्यसबेला राष्ट्रपति कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा ‘तत्कालीन प्रधानमन्त्रीको सिफारिस र सम्मतिको आधारमा’ कार्कीलाई नियुक्त गरिएको उल्लेख थियो।यद्यपि उक्त सिफारिसपत्र सार्वजनिक भएको छैन, तर राष्ट्रपति कार्यालयको विज्ञप्तिले ओलीकै सहमतिको आधारमा नियुक्ति भएको पुष्टि गरेको छ।प्रचण्डले भने आफू र आफ्ना सहकर्मीहरूले त्यो सिफारिसपत्र प्रत्यक्ष रूपमा हेरेको र पढेको दाबी गर्दै पुनः एकपटक ओलीमाथि राजनीतिक आरोप दोहोर्याएका छन्।

उनको भनाइले एमाले र माओवादीबीच पुनः राजनीतिक बहस चर्किने संकेत दिएको छ।

Post Views: 121
Loading spinner

संबन्धित समाचार

कानुनी आधारबिनै आयोग गठन गरिएको भन्दै कांग्रेस असन्तुष्ट
Breaking News

कानुनी आधारबिनै आयोग गठन गरिएको भन्दै कांग्रेस असन्तुष्ट

बैशाख ३, २०८३
इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको आग्रह, पत्रमार्फत कूटनीतिक दबाब
Breaking News

इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको आग्रह, पत्रमार्फत कूटनीतिक दबाब

बैशाख २, २०८३
जेलरको दाबी: भीडले करकापमा पत्रमा हस्ताक्षर गरायो
Breaking News

जेलरको दाबी: भीडले करकापमा पत्रमा हस्ताक्षर गरायो

चैत्र १२, २०८२
सरकार बाहिरिने बेला महत्वपूर्ण नियुक्ति र सिफारिसले उठायो प्रश्न
Breaking News

सरकार बाहिरिने बेला महत्वपूर्ण नियुक्ति र सिफारिसले उठायो प्रश्न

चैत्र १, २०८२
Next Post
वैद्यले राजनीतिक जिम्मेवारी त्यागे, अब सल्लाहकारको भूमिकामा

वैद्यले राजनीतिक जिम्मेवारी त्यागे, अब सल्लाहकारको भूमिकामा

Leave Comment

ताजा खबर

कानुनी आधारबिनै आयोग गठन गरिएको भन्दै कांग्रेस असन्तुष्ट

कानुनी आधारबिनै आयोग गठन गरिएको भन्दै कांग्रेस असन्तुष्ट

बैशाख ३, २०८३
इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको आग्रह, पत्रमार्फत कूटनीतिक दबाब

इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको आग्रह, पत्रमार्फत कूटनीतिक दबाब

बैशाख २, २०८३
जेलरको दाबी: भीडले करकापमा पत्रमा हस्ताक्षर गरायो

जेलरको दाबी: भीडले करकापमा पत्रमा हस्ताक्षर गरायो

चैत्र १२, २०८२
सरकार बाहिरिने बेला महत्वपूर्ण नियुक्ति र सिफारिसले उठायो प्रश्न

सरकार बाहिरिने बेला महत्वपूर्ण नियुक्ति र सिफारिसले उठायो प्रश्न

चैत्र १, २०८२
नयाँ सरकार गठन अघि मन्त्री आवास संकट, पुनर्निर्माण असारसम्म हुने लक्ष्य

नयाँ सरकार गठन अघि मन्त्री आवास संकट, पुनर्निर्माण असारसम्म हुने लक्ष्य

फाल्गुन २९, २०८२

ब्लग

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवाहरू र अद्यावधिक हरूनयाँ सेवाहरू र अद्यावधिक हरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवा हरू र अद्यावधिकहरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवाहरूको सुधार

व्यवसायिक सेवाहरूको सुधार

by uknepalpress
फाल्गुन २८, २०८१
0

News Channel Logo

हामी तथ्यमा आधारित र जनचासोका विषयहरूमा केन्द्रित छौं। पाठकहरूले राजनीति, अर्थतन्त्र, मनोरञ्जन लगायतका विविध समाचार पाउन सक्नुहुन्छ।

  •             समाचार                  युवामञ्च
  •             राजनीति                 ब्लग
  •             विचार                     स्वास्थ्य

Contact Us

Location 243,GeorgeStreet,Aberdeen,UK

Emailinfo@uknepalpress.com

Phone+44(0)7342 671820
  • Contact Us

Copyright © 2025 UK Nepal Press, All Rights Reserved