Uk Nepal Press
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
Uk Nepal Press
No Result
View All Result
Eng

युकेको एबरडिनमा नेपाली युवा सांगीतिक महोत्सव सम्पन्न

uknepalpress by uknepalpress
अशोज ५, २०८२
0
Share on FacebookShare on Twitter

शिव ढकाल
आइतबार, असोज ५, २०८२
बेलायत
– एबरडिनको ब्रिज अफ डनस्थित NHAS हल (युनिट बी, २ बलगाउनी ड्राइभ, AB22 8GU) मा हिजो साँझ सम्पन्न नेपाली संगीत तथा नृत्य महोत्सवले प्रवासी नेपाली समुदायलाई उल्लास, एकता र सांस्कृतिक गौरवको अनुभूति दिलाएको छ । करिब २०० दर्शक–श्रोताको उपस्थितिमा सम्पन्न यस कार्यक्रममा युवा प्रतिभाद्वारा सांगीतिक विविधता र पारंपरिक–आधुनिक संस्कृतिको आकर्षक मिश्रण प्रस्तुत गरियो।

कार्यक्रमको सुरुवात  युवा प्रतिभा आरम्भ ढकालले पियानोमा प्रस्तुत गरेको राष्ट्रिय गान बाट भयो, जसले हलभरि उपस्थित दर्शकमा देशभक्ति र गौरवको वातावरण सिर्जना गर्‍यो। तत्पश्चात् एनएचएएस अध्यक्ष हेमराज पहारीले स्वागत मन्तव्य दिँदै यस्ता सांस्कृतिक कार्यक्रमहरूले प्रवासी नेपाली समुदायलाई आपसी एकता, आत्मीयता र संस्कृतिक पहिचानमा बाँध्ने उल्लेख गरे।

सांगीतिक प्रस्तुतिको  क्रमसँगै हलमा थप  उत्साहको वातावरण सिर्जना भयो। स्थानीय गायक टक थापा र दुर्गा घिमिरे ले प्रस्तुत गरेको नेपाली पारम्परिक गीतले उपस्थित दर्शकहरूलाई मौलिक तथा सांगीतिक आनन्द दिन सफल भयो र दर्शकहरू गायनमा सामेल भई ताल, स्वर र उत्साहमा सहभागिता जनाए।

नृत्य प्रस्तुति पनि साँझको आकर्षक अंश बन्यो। सोयाशा आले, समर थापा र कृतिका भेटुवालको ऊर्जावान नृत्यले दर्शकलाई मन्त्रमुग्ध तुल्यायो भने अरिनाले माइकल ज्याक्सन शैलीमा प्रस्तुत गरेको नृत्य साँझकै उत्कृष्ट र सम्झनायोग्य क्षण बनेको थियो। त्यस्तै, युवा गायिका गिरीषा र सुजानाले आफ्नो मधुर स्वरले हलभरि भावनात्मक प्रभाव सिर्जना गरे।

साँझको उत्कर्ष क्षण तब आयो जब ‘रेशम फिरिरी’ भन्ने गीतको संगीतले हल गुन्जियो, संगीत सुरु हुनासाथ सम्पूर्ण हलमा उपस्थित दर्शकहरू उभिएर गीतमा सामेल भए, ताली, स्वर र उत्साहको गुञ्जनले हललाई एक अविस्मरणीय सांगीतिक अनुभवमा परिणत गर्‍यो।

मुख्य सांगीतिक समूहका सदस्यहरू — सुवार्जन, सेमी, कुमार, मेश, निवा र ध्रुव — ले प्रस्तुत गरेका करिब १५–१६ गीतले हलमा उपस्थित सबैलाई नाचन, गाउन  र रमाइलो गर्न बाध्य बनायो। कार्यक्रम साँझ ७ बजेदेखि मध्यरात १२ बजेसम्म चल्यो र प्रवासी नेपाली समुदायको बीचमा सांगीतिक र नृत्यात्मक ऐक्यबद्धता झल्कायो।

यस महोत्सवले प्रवासमा पनि सांस्कृतिक पहिचान जगेर्ना गर्न सकिन्छ र नयाँ पुस्ताले आफ्नो प्रतिभा विश्वमञ्चमा प्रस्तुत गर्न सक्छ भन्ने प्रमाण पेश गरेको छ ।

Post Views: 116
Loading spinner

संबन्धित समाचार

कानुनी आधारबिनै आयोग गठन गरिएको भन्दै कांग्रेस असन्तुष्ट
Breaking News

कानुनी आधारबिनै आयोग गठन गरिएको भन्दै कांग्रेस असन्तुष्ट

बैशाख ३, २०८३
इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको आग्रह, पत्रमार्फत कूटनीतिक दबाब
Breaking News

इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको आग्रह, पत्रमार्फत कूटनीतिक दबाब

बैशाख २, २०८३
जेलरको दाबी: भीडले करकापमा पत्रमा हस्ताक्षर गरायो
Breaking News

जेलरको दाबी: भीडले करकापमा पत्रमा हस्ताक्षर गरायो

चैत्र १२, २०८२
सरकार बाहिरिने बेला महत्वपूर्ण नियुक्ति र सिफारिसले उठायो प्रश्न
Breaking News

सरकार बाहिरिने बेला महत्वपूर्ण नियुक्ति र सिफारिसले उठायो प्रश्न

चैत्र १, २०८२
Next Post
गौरीबहादुर कार्की संयोजक: जेनजी आन्दोलनको न्यायिक जाँचबुझ सुरु

गौरीबहादुर कार्की संयोजक: जेनजी आन्दोलनको न्यायिक जाँचबुझ सुरु

Leave Comment

ताजा खबर

कानुनी आधारबिनै आयोग गठन गरिएको भन्दै कांग्रेस असन्तुष्ट

कानुनी आधारबिनै आयोग गठन गरिएको भन्दै कांग्रेस असन्तुष्ट

बैशाख ३, २०८३
इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको आग्रह, पत्रमार्फत कूटनीतिक दबाब

इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको आग्रह, पत्रमार्फत कूटनीतिक दबाब

बैशाख २, २०८३
जेलरको दाबी: भीडले करकापमा पत्रमा हस्ताक्षर गरायो

जेलरको दाबी: भीडले करकापमा पत्रमा हस्ताक्षर गरायो

चैत्र १२, २०८२
सरकार बाहिरिने बेला महत्वपूर्ण नियुक्ति र सिफारिसले उठायो प्रश्न

सरकार बाहिरिने बेला महत्वपूर्ण नियुक्ति र सिफारिसले उठायो प्रश्न

चैत्र १, २०८२
नयाँ सरकार गठन अघि मन्त्री आवास संकट, पुनर्निर्माण असारसम्म हुने लक्ष्य

नयाँ सरकार गठन अघि मन्त्री आवास संकट, पुनर्निर्माण असारसम्म हुने लक्ष्य

फाल्गुन २९, २०८२

ब्लग

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवाहरू र अद्यावधिक हरूनयाँ सेवाहरू र अद्यावधिक हरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवा हरू र अद्यावधिकहरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवाहरूको सुधार

व्यवसायिक सेवाहरूको सुधार

by uknepalpress
फाल्गुन २८, २०८१
0

News Channel Logo

हामी तथ्यमा आधारित र जनचासोका विषयहरूमा केन्द्रित छौं। पाठकहरूले राजनीति, अर्थतन्त्र, मनोरञ्जन लगायतका विविध समाचार पाउन सक्नुहुन्छ।

  •             समाचार                  युवामञ्च
  •             राजनीति                 ब्लग
  •             विचार                     स्वास्थ्य

Contact Us

Location 243,GeorgeStreet,Aberdeen,UK

Emailinfo@uknepalpress.com

Phone+44(0)7342 671820
  • Contact Us

Copyright © 2025 UK Nepal Press, All Rights Reserved