Uk Nepal Press
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
Uk Nepal Press
No Result
View All Result
Eng

आज कुशे औँसी: पितृ तर्पण, पिण्डदान र बुबालाई सम्मान गर्ने दिन ।

uknepalpress by uknepalpress
भदौ ७, २०८२
0
Share on FacebookShare on Twitter

काठमाडौँ – वैदिक सनातन परम्पराअनुसार प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज देशभर श्रद्धा–भक्तिसाथ मनाइँदैछ। यस दिन घर–घरमा वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग हुने पवित्र कुश भित्र्याउने परम्परा छ।

धर्मशास्त्रविद्हरूका अनुसार आज ब्राह्मणद्वारा पूजा गरी उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिन्छ भने अन्य दिन उखेलिएको कुश त्यही दिन मात्र उपयोग गर्न सकिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतमका अनुसार परिवारको कल्याणका लागि आज राखिएको कुश महत्वपूर्ण मानिन्छ।

सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्ने प्रचलन छ। धार्मिक विश्वासअनुसार सृष्टिकर्ता ब्रह्माले विवेकशील प्राणी सँगै पवित्र कुशको उत्पत्ति गरेका थिए।

यसै अवसरमा छोराछोरीहरूले आफ्ना जीवित बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर–सम्मान प्रकट गर्ने चलन छ, जसलाई ‘बुबाको मुख हेर्ने दिन’ भनिन्छ। बाबु दिवङ्गत भएकाहरूले भने पवित्र स्थानमा गई तर्पण, पिण्डदान र सिदा अर्पण गर्छन्।

आज विशेष गरी काठमाडौँको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा ठूलो भीड लाग्ने गर्दछ। यही कारण औँसीलाई गोकर्णे औँसी पनि भनिन्छ। गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष जयराम महतका अनुसार मेलाको सम्पूर्ण तयारी पूरा गरिएको छ। त्यस्तै रसुवा–नुवाकोट सङ्गमस्थल वेत्रावतीमा पनि मेला लाग्ने र दिवङ्गत पिताको नाममा तर्पण तथा दान गर्ने प्रथा रहेको छ।

धार्मिक ग्रन्थमा यस दिन गरिएको सानो दानले समेत हजारौँ गुणा बढी फल पाइने उल्लेख छ। तर दान सुपात्रलाई मात्र दिनुपर्ने शास्त्रीय मान्यता छ। गौतमका अनुसार कुपात्रमा दिइएको दानले दाता र ग्रहीता दुवैलाई नरक जाने भनाइ छ।

‘पितृदेवो भव’ भन्ने मान्यताअनुसार जीवित बाबुलाई श्रद्धापूर्वक सम्मान गरी आशीर्वाद लिएमा दीर्घसुख प्राप्त हुने र दिवङ्गत पिताको नाममा तर्पण–पिण्डदान गरेमा कुल स्थिर हुने धार्मिक विश्वास छ।

Post Views: 187
Loading spinner

संबन्धित समाचार

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ
Banner News

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

अशोज ९, २०८३
सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?
Banner News

सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

अशोज २, २०८३
नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन
Banner News

नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

भदौ ३१, २०८३
हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम
Banner News

हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

भदौ २९, २०८३
Next Post
नेपाल–भियतनाम कूटनीतिक सम्बन्धका ५० वर्ष : उपराष्ट्रपति सुआनको उच्चस्तरीय काठमाडौं भ्रमण

नेपाल–भियतनाम कूटनीतिक सम्बन्धका ५० वर्ष : उपराष्ट्रपति सुआनको उच्चस्तरीय काठमाडौं भ्रमण

Leave Comment

ताजा खबर

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

अशोज ९, २०८३
सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

अशोज २, २०८३
नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

भदौ ३१, २०८३
हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

भदौ २९, २०८३
आज कुशे औँसीः जीवित बाबुलाई सम्मान, दिवङ्गत पिताको सम्झनामा तर्पण र श्राद्ध

आज कुशे औँसीः जीवित बाबुलाई सम्मान, दिवङ्गत पिताको सम्झनामा तर्पण र श्राद्ध

भदौ २६, २०८३

ब्लग

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवाहरू र अद्यावधिक हरूनयाँ सेवाहरू र अद्यावधिक हरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवा हरू र अद्यावधिकहरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवाहरूको सुधार

व्यवसायिक सेवाहरूको सुधार

by uknepalpress
फाल्गुन २८, २०८१
0

News Channel Logo

हामी तथ्यमा आधारित र जनचासोका विषयहरूमा केन्द्रित छौं। पाठकहरूले राजनीति, अर्थतन्त्र, मनोरञ्जन लगायतका विविध समाचार पाउन सक्नुहुन्छ।

  •             समाचार                  युवामञ्च
  •             राजनीति                 ब्लग
  •             विचार                     स्वास्थ्य

Contact Us

LocationEdinburgh, UK

Emailinfo@uknepalpress.com

  • Contact Us

Copyright © 2025 UK Nepal Press, All Rights Reserved