Uk Nepal Press
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
Uk Nepal Press
No Result
View All Result
Eng

निर्वाचनको मुखमा बीबीसी अनुसन्धानात्मक भिडियो विवादमा

कुसुम शर्मा by कुसुम शर्मा
फाल्गुन १४, २०८२
0
Share on FacebookShare on Twitter

कुसुम शर्मा
यूके नेपाल प्रेस
बेलायत ,१४ फागुन, २०८२ बिहीवार—
निर्वाचन आयोगले जेन–जी आन्दोलनसम्बन्धी बीबीसी वर्ल्ड सर्भिसले तयार पारेको भिडियो सामग्री हटाउन प्रक्रिया अघि बढाएको छ। निर्वाचनको संवेदनशील समय नजिकिँदै गर्दा उक्त सामग्रीले मतदाताको धारणा प्रभावित पार्न सक्ने ठहरसहित आयोगले प्रेस काउन्सिल नेपाललाई पत्राचार गर्ने निर्णय गरेको हो।

आयोग स्रोतका अनुसार बिहीबार बसेको बैठकले बीबीसीले सार्वजनिक गरेको भिडियोमाथि औपचारिक ध्यानाकर्षण गराउने र आवश्यक नियामकीय कदम चाल्न प्रेस काउन्सिलमार्फत आग्रह गर्ने निर्णय गरेको छ। आयोगको तर्क छ—निर्वाचनको सम्मुखमा सार्वजनिक हुने यस्ता सामग्रीले निष्पक्ष मतदान प्रक्रियामा असर पार्न सक्छ।

बीबीसीले सार्वजनिक गरेको ४१ मिनेट लामो अनुसन्धानात्मक भिडियोमा भदौ २३ गतेको जेन–जी आन्दोलनका क्रममा भएका घटनाक्रम, कर्फ्यूपछिको प्रहरी कारबाही, तथा गोली चलाउने आदेश कसले दियो भन्ने विषय समेटिएको छ। बीबीसीको दाबीअनुसार ‘पिटर–१’ कल साइन प्रयोग गर्ने व्यक्तिबाट—जो त्यतिबेला नेपाल प्रहरीका महानिरीक्षक रहेको दाबी गरिएको छ—कर्फ्यू लागू भएको केही समयपछि ‘आवश्यक बल प्रयोग गर्न’ निर्देशन दिइएको थियो।

बीबीसीले परीक्षण गरेको भिडियो, अडियो र अन्य डिजिटल प्रमाणका आधारमा आन्दोलनका क्रममा मारिएका १९ जनामध्ये केही निहत्था रहेको र सबैभन्दा कान्छा १७ वर्षीय श्रीयम चौलागाईं घटनास्थलबाट शान्तिपूर्ण रूपमा बाहिरिन खोजिरहेको अवस्थामा गोली लागेको दाबी गरिएको छ। बीबीसीका अनुसार मारिनेहरूमा विद्यालय पोशाकमै रहेका किशोरहरू पनि थिए।

भदौ २३ गतेको घटनापछि भोलिपल्ट आन्दोलन थप उग्र बन्दै आगजनी र तोडफोडका घटनाहरू भएका थिए। सिंहदरबारसहित सयौँ सरकारी संरचना क्षतिग्रस्त बनेका थिए भने दुई दिनको अवधिमा ७८ जनाको मृत्यु भएको तथ्य सार्वजनिक भइसकेको छ।

यद्यपि, निर्वाचन आयोगले बीबीसीको निष्कर्षको सत्य–असत्यमा टिप्पणी नगरी, समय र सन्दर्भलाई मुख्य आधार बनाएको छ। आयोगका अधिकारीहरू भन्छन्—स्वतन्त्र अनुसन्धान र अभिव्यक्तिको सम्मान आवश्यक भए पनि निर्वाचन आचारसंहिताले संवेदनशील सामग्रीलाई विशेष सतर्कताका साथ हेर्नुपर्ने स्पष्ट व्यवस्था गरेको छ।

यस विषयमा नेपाल प्रहरी, सरकार वा बीबीसीको तर्फबाट आयोगको निर्णयबारे औपचारिक प्रतिक्रिया आएको छैन। तर यसले प्रेस स्वतन्त्रता, सार्वजनिक हित र निर्वाचन निष्पक्षताबीचको सन्तुलनबारे बहसलाई फेरि सतहमा ल्याएको छ।

See BBC report :

Post Views: 160
Loading spinner

संबन्धित समाचार

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ
Banner News

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

अशोज ९, २०८३
सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?
Banner News

सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

अशोज २, २०८३
नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन
Banner News

नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

भदौ ३१, २०८३
हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम
Banner News

हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

भदौ २९, २०८३
Next Post
खामेनीको युगको अन्त्य? इरान र क्षेत्रीय राजनीतिमा अनिश्चित मोड

खामेनीको युगको अन्त्य? इरान र क्षेत्रीय राजनीतिमा अनिश्चित मोड

Leave Comment

ताजा खबर

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

अशोज ९, २०८३
सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

अशोज २, २०८३
नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

भदौ ३१, २०८३
हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

भदौ २९, २०८३
आज कुशे औँसीः जीवित बाबुलाई सम्मान, दिवङ्गत पिताको सम्झनामा तर्पण र श्राद्ध

आज कुशे औँसीः जीवित बाबुलाई सम्मान, दिवङ्गत पिताको सम्झनामा तर्पण र श्राद्ध

भदौ २६, २०८३

ब्लग

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवाहरू र अद्यावधिक हरूनयाँ सेवाहरू र अद्यावधिक हरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवा हरू र अद्यावधिकहरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवाहरूको सुधार

व्यवसायिक सेवाहरूको सुधार

by uknepalpress
फाल्गुन २८, २०८१
0

News Channel Logo

हामी तथ्यमा आधारित र जनचासोका विषयहरूमा केन्द्रित छौं। पाठकहरूले राजनीति, अर्थतन्त्र, मनोरञ्जन लगायतका विविध समाचार पाउन सक्नुहुन्छ।

  •             समाचार                  युवामञ्च
  •             राजनीति                 ब्लग
  •             विचार                     स्वास्थ्य

Contact Us

LocationEdinburgh, UK

Emailinfo@uknepalpress.com

  • Contact Us

Copyright © 2025 UK Nepal Press, All Rights Reserved