Uk Nepal Press
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
Uk Nepal Press
No Result
View All Result
Eng

देशभर लक्ष्मीपूजा र कुकुर तिहारको उल्लास , श्रद्धा र प्रेमको उज्यालोले देश झलमल्ल

कुसुम शर्मा by कुसुम शर्मा
कार्तिक ३, २०८२
0
Share on FacebookShare on Twitter

कुसुम शर्मा
यू के नेपाल प्रेस

बेलायत,कात्तिक ३ —तिहारको तेस्रो दिन आज देशभर श्रद्धा र उल्लासका साथ कुकुर तिहार र लक्ष्मी पूजा मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार तिथिको घटबढका कारण यस वर्ष कुकुर तिहार तिहारको दोस्रो दिन नभई तेस्रो दिन परेको हो।

धार्मिक विश्वासअनुसार कुकुरलाई यमराजको द्वारपाल मानिन्छ। कथा अनुसार कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा परिकार खान दिए यमलोक जाँदा बाटो देखाइदिने विश्वास गरिएको छ। वैवस्वतः मन्वन्तरका धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रासम्म साथ दिने कुकुरको कथा यस पर्वसँग जोडिएको छ। त्यसैले आज घर–घरमा कुकुरलाई अबिर टीका, फूलमाला र स्वादिष्ट खानेकुरा अर्पण गरी पूजा गरिन्छ। कुकुरलाई बफादार, सुरक्षा दिने र निष्ठाको प्रतीकका रूपमा सम्मान गरिन्छ।

आज बिहानै अरुणोदयकालमा तीर्थ वा नदीमा स्नान, तर्पण र यमदीप दक्षिण फर्काएर बाली बगाउने परम्परा पनि नरक चतुर्दशीसँग सम्बन्धित छ। यसरी बत्ती बगाउँदा मृत्युपश्चात् नरकको दर्शन गर्न नपर्ने धार्मिक विश्वास रहँदै आएको छ। यमपञ्चक अर्थात् तिहारका पाँचै दिन तिलको तेल लगाएर स्नान गर्ने प्रचलन छ, जसले शरीरलाई स्वस्थ राख्ने आयुर्वेदिक मत पनि पाइन्छ। यसैले तिहारलाई स्वास्थ्य र सकारात्मक ऊर्जाको पर्वका रूपमा पनि लिइन्छ।

आजको अर्को विशेष पक्ष हो लक्ष्मीपूजा। ऐश्वर्य, धन र सम्पन्नताकी देवी लक्ष्मीको आराधना गरी घर–घरमा पूजा अर्चना गरिन्छ। बिहानैदेखि घर सफा र लिपपोत गरी दीपावली गरेर देवी लक्ष्मीलाई आमन्त्रण गर्ने परम्परा छ। मान्यता छ कि अस्वच्छ र अव्यवस्थित घरमा लक्ष्मी प्रवेश गर्दिनन्। त्यसैले आज झ्यालढोका, आँगन, कौसी र घरको प्रत्येक कुनामा उज्यालो र रंगोलीले सजावट गरिन्छ।

साँझपख गाईको गोबर र रातो माटोले आँगन लिपपोत गरी घरको मूलढोकादेखि पूजा कोठासम्म लक्ष्मीका पाइलाहरू कोरिन्छन्, जसले देवी लक्ष्मीको प्रवेशको प्रतीक जनाउँछ। केराका थाम, दीपावलीका बत्तीहरू र पूजा सामग्री — दियो, कलश, फलफूल, धान, पैसा, गरगहना — अर्पण गरेर विधिपूर्वक पूजा गरिन्छ। पूजापछि घरकी कन्या वा छोरीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणा दिने चलन छ।

धार्मिक विश्वासअनुसार आजको रात सुखरात्री पनि हो, जसलाई धन, ऐश्वर्य र समृद्धिको रात भनिन्छ। मध्यरातमा घरकी नारीहरूले नाङ्लो ठटाउँदै “अलक्ष्मी भागोस्, लक्ष्मी आउनुहोस्” भन्दै कामना गर्ने परम्परा आज पनि जीवित छ।

यस वर्ष तिथिको कारणले कुकुर तिहार र लक्ष्मीपूजा एउटै दिन परेको छ। निष्ठा, धर्म र समृद्धिको प्रतीक यी दुई पर्वको संगमले तिहारको उल्लासलाई अझै उज्यालो बनाएको छ।

आजको दिनले हामी सबैमा सन्देश दिन्छ —
“कुकुरको निष्ठा जस्तै विश्वासिलो बनौं, र लक्ष्मीको उज्यालो जस्तै उज्यालो फैलाऔं।”

Post Views: 137
Loading spinner

संबन्धित समाचार

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ
Banner News

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

अशोज ९, २०८३
सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?
Banner News

सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

अशोज २, २०८३
नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन
Banner News

नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

भदौ ३१, २०८३
हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम
Banner News

हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

भदौ २९, २०८३
Next Post
जापानको इतिहासमा पहिलोपटक महिला प्रधानमन्त्री, सत्तारूढ दलबाट सानेई तकाइचीको उदय

जापानको इतिहासमा पहिलोपटक महिला प्रधानमन्त्री, सत्तारूढ दलबाट सानेई तकाइचीको उदय

Leave Comment

ताजा खबर

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

अशोज ९, २०८३
सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

अशोज २, २०८३
नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

भदौ ३१, २०८३
हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

भदौ २९, २०८३
आज कुशे औँसीः जीवित बाबुलाई सम्मान, दिवङ्गत पिताको सम्झनामा तर्पण र श्राद्ध

आज कुशे औँसीः जीवित बाबुलाई सम्मान, दिवङ्गत पिताको सम्झनामा तर्पण र श्राद्ध

भदौ २६, २०८३

ब्लग

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवाहरू र अद्यावधिक हरूनयाँ सेवाहरू र अद्यावधिक हरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवा हरू र अद्यावधिकहरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवाहरूको सुधार

व्यवसायिक सेवाहरूको सुधार

by uknepalpress
फाल्गुन २८, २०८१
0

News Channel Logo

हामी तथ्यमा आधारित र जनचासोका विषयहरूमा केन्द्रित छौं। पाठकहरूले राजनीति, अर्थतन्त्र, मनोरञ्जन लगायतका विविध समाचार पाउन सक्नुहुन्छ।

  •             समाचार                  युवामञ्च
  •             राजनीति                 ब्लग
  •             विचार                     स्वास्थ्य

Contact Us

LocationEdinburgh, UK

Emailinfo@uknepalpress.com

  • Contact Us

Copyright © 2025 UK Nepal Press, All Rights Reserved