Uk Nepal Press
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
Uk Nepal Press
No Result
View All Result
Eng

लगातार वर्षापछि त्रिभुवन विमानस्थलका उडान स्थगन, काठमाडौँ भित्रिने–निष्काशन सवारी रोक

uknepalpress by uknepalpress
अशोज १८, २०८२
0
Share on FacebookShare on Twitter

कुसुम शर्मा
नेसनल प्रेस कर्पोरेसन
बेलायत

काठमाडौँ – अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सबै आन्तरिक उडानहरू अस्थायी रूपमा स्थगन गरिएका छन्।

विमानस्थलका महाप्रबन्धक हङ्सराज पाण्डेका अनुसार बिहानदेखिको लगातार वर्षाका कारण काठमाडौँ, भरतपुर, जनकपुर, भद्रपुर, पोखरा र तुम्लिङटारतर्फका उडानहरू रोकिएका छन्।

“मौसमी अवस्थाको निरन्तर पुनरावलोकन भइरहेको छ। अन्तर्राष्ट्रिय उडानहरू भने सुचारु छन्, तर अविरल वर्षाको बीचमा आन्तरिक उडान सञ्चालन जोखिमपूर्ण हुने भएकाले तत्कालका लागि स्थगन गरिएको हो,” पाण्डेले भने।

जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर अहिले व्यापक वर्षा भइरहेको छ र आजदेखि भोलिसम्म भारीदेखि अति भारी वर्षा हुने चेतावनी जारी गरिएको छ। विभागले रातिको समयमा वर्षा अझ बढ्ने सम्भावना औंल्याएको छ।

तीन दिनका लागि उपत्यका प्रवेश–निष्काशन सवारी आवागमन रोक

त्यस्तै, बढ्दो वर्षा र त्यसबाट उत्पन्न हुन सक्ने बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राख्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने सबै सवारी साधन तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।

प्राधिकरणकी प्रवक्ता शान्ति महतद्वारा जारी विज्ञप्तिमा भनिएको छ,

“भारी वर्षाका कारण आउन सक्ने सम्भावित बाढी, पहिरो र डुबानबाट जोखिम न्यूनीकरणका उद्देश्यले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट सञ्चालनमा रहेका लामो दूरीका सवारी साधन तथा काठमाडौँ उपत्यका भित्रिने/बाहिरिने सवारी साधनको आवागमन असोज १८ देखि २० गतेसम्म पूर्ण रूपमा बन्द गरिएको छ।”

विभागका अनुसार पूर्वको कोशी प्रदेशदेखि पश्चिमको लुम्बिनी प्रदेशसम्म हाल मध्यमदेखि भारी वर्षा भइरहेको छ। असोज २० गतेसम्म केही स्थानमा अति भारी वर्षा हुने सम्भावना पनि रहेको छ।

प्राधिकरणले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू र सुरक्षा निकायहरूलाई सवारी आवागमनमा पूर्ण निगरानी गर्न निर्देशन दिएको छ। साथै, सर्वसाधारणलाई अत्यावश्यक कारण बाहेक लामो दूरीका यात्रा नगर्न आग्रह गरिएको छ।

Post Views: 147
Loading spinner

संबन्धित समाचार

कानुनी आधारबिनै आयोग गठन गरिएको भन्दै कांग्रेस असन्तुष्ट
Breaking News

कानुनी आधारबिनै आयोग गठन गरिएको भन्दै कांग्रेस असन्तुष्ट

बैशाख ३, २०८३
इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको आग्रह, पत्रमार्फत कूटनीतिक दबाब
Breaking News

इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको आग्रह, पत्रमार्फत कूटनीतिक दबाब

बैशाख २, २०८३
जेलरको दाबी: भीडले करकापमा पत्रमा हस्ताक्षर गरायो
Breaking News

जेलरको दाबी: भीडले करकापमा पत्रमा हस्ताक्षर गरायो

चैत्र १२, २०८२
सरकार बाहिरिने बेला महत्वपूर्ण नियुक्ति र सिफारिसले उठायो प्रश्न
Breaking News

सरकार बाहिरिने बेला महत्वपूर्ण नियुक्ति र सिफारिसले उठायो प्रश्न

चैत्र १, २०८२
Next Post
जेनजी अगुवाबीच चर्काचर्की, प्रधानमन्त्री कार्कीको क्याबिनेट विस्तारमा पुनः अनिश्चितता

जेनजी अगुवाबीच चर्काचर्की, प्रधानमन्त्री कार्कीको क्याबिनेट विस्तारमा पुनः अनिश्चितता

Leave Comment

ताजा खबर

कानुनी आधारबिनै आयोग गठन गरिएको भन्दै कांग्रेस असन्तुष्ट

कानुनी आधारबिनै आयोग गठन गरिएको भन्दै कांग्रेस असन्तुष्ट

बैशाख ३, २०८३
इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको आग्रह, पत्रमार्फत कूटनीतिक दबाब

इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको आग्रह, पत्रमार्फत कूटनीतिक दबाब

बैशाख २, २०८३
जेलरको दाबी: भीडले करकापमा पत्रमा हस्ताक्षर गरायो

जेलरको दाबी: भीडले करकापमा पत्रमा हस्ताक्षर गरायो

चैत्र १२, २०८२
सरकार बाहिरिने बेला महत्वपूर्ण नियुक्ति र सिफारिसले उठायो प्रश्न

सरकार बाहिरिने बेला महत्वपूर्ण नियुक्ति र सिफारिसले उठायो प्रश्न

चैत्र १, २०८२
नयाँ सरकार गठन अघि मन्त्री आवास संकट, पुनर्निर्माण असारसम्म हुने लक्ष्य

नयाँ सरकार गठन अघि मन्त्री आवास संकट, पुनर्निर्माण असारसम्म हुने लक्ष्य

फाल्गुन २९, २०८२

ब्लग

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवाहरू र अद्यावधिक हरूनयाँ सेवाहरू र अद्यावधिक हरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवा हरू र अद्यावधिकहरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवाहरूको सुधार

व्यवसायिक सेवाहरूको सुधार

by uknepalpress
फाल्गुन २८, २०८१
0

News Channel Logo

हामी तथ्यमा आधारित र जनचासोका विषयहरूमा केन्द्रित छौं। पाठकहरूले राजनीति, अर्थतन्त्र, मनोरञ्जन लगायतका विविध समाचार पाउन सक्नुहुन्छ।

  •             समाचार                  युवामञ्च
  •             राजनीति                 ब्लग
  •             विचार                     स्वास्थ्य

Contact Us

Location 243,GeorgeStreet,Aberdeen,UK

Emailinfo@uknepalpress.com

Phone+44(0)7342 671820
  • Contact Us

Copyright © 2025 UK Nepal Press, All Rights Reserved