Uk Nepal Press
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
Uk Nepal Press
No Result
View All Result
Eng

उपेन्द्रसँग भूमि विधेयकबारे ओली र देउवाले राखे यी प्रस्ताव, उपेन्द्रले राखे शर्त

शिव ढकाल by शिव ढकाल
असार ३१, २०८२
0
Share on FacebookShare on Twitter

सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले जसपा नेपाल अध्यक्ष उपेन्द्र यादवलाई भूमि विधेयक पारित गर्नेबारे सकारात्मक बन्न प्रस्ताव गरेका छन् ।

पछिल्लो दिनमा फास्टट्र्याकबाट विधेयक पारित गर्न खोज्दा जसपा नेपाल लगायत दलहरूले आपत्ति जनाएपछि कांग्रेस र एमालेले प्रधानमन्त्री केपी ओलीको सरकारी निवासमा यादवलाई डाकेर सोमबार अबेरसम्म छलफल गरेका हुन् ।सोमबार राति डेढ घन्टासम्म बालुवाटारमा चलेको बैठकमा प्रधानमन्त्री ओलीले अब विधेयक ढिलो गर्दा नकारात्मक सन्देश जाने भन्दै यादवलाई प्रतिपक्षी भूमिका नखेल्न आग्रह गरेका थिए ।

ओलीले यादवलाई भने, ‘विधेयकलाई देखाएर दलहरुबीच खेल्न खोज्ने क्रम बढ्यो । तपाईं जिम्मेवार भइदिँदा यो खेलकुद रोकिन्छ ।’जवाफमा यादवले भने अहिले पनि सत्तापक्ष पेलेरै विधेयक लैजाने मनसायमा रहेकाले आफू त्यसका लागि तयार नरहेको बताए ।

उनले बैठकमा भने, ‘विधेयकमा हाम्रा मूल असहमति कायमै छन् । सहमतिको विन्दु खोज्न तयार छौं, तर अडान छाडेका छैनौं ।’

कांग्रेस सभापति शेरबहादुर देउवाले विभिन्न दलहरूबाट कार्यदल बनाएर सहमति खोज्न प्रस्ताव गर । उनले कांग्रेस एमालेबाट २/२ जना र बाँकी दलबाट एक एक जना राखेर सहमति खोज्न आग्रह गरे ।

यादवले भोलिसम्ममा आफ्ना प्रतिनिधिको नाम दिने बचन दिएको एक सहभागीले भने ।उपेन्द्रसँग सत्ता सहकार्यको सम्भावनाबारे समेत बैठकमा कुरा उठेको बुझिएको छ । एक सहभागी नेताका अनुसार अब किन प्रतिपक्षी कित्तामा देखिनपर्‍यो भनेर एमाले नेताहरूले भनेपछि उपेन्द्रले विगतको आफ्नो पार्टी विभाजनका तितामिठा क्षण कोट्याउन थालेका थिए ।

उपेन्द्रले सरकारमा जाने विषयलाई विधेयकसँग जोड्न नहुने भन्दै त्यो अलग्गै विषय भएको बताए । उनले विधेयक पारित गर्न न्यूनतम सहमतिको विन्दु खोज्नुपर्ने शर्त राखे । नत्र जसपा नेपालले विगतकै अडानमा कायम रहने भन्दै त्यसभन्दा दायाँबायाँ नहुने उनले बताएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

त्यसपछि ओलीले यी कुरा अर्को दिन गरौंला भन्दै बिट मारेका थिए ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेकपा एमाले, नेपाली काँग्रेस र जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताहरू सहभागी थिए ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओली, कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, एमालेका उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, कांग्रेसका नेता एवं गृहमन्त्री रमेश लेखक, एमालेका उपमहाचिव एवं प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल र जसपाका नेता राजकिशोर यादव सहभागी थिए ।

बैठकमा सहभागी नेताहरूका अनुसार भूमि विधेयकमा सहमति नजुटे पनि सकारात्मक दिशातर्फ संवाद उन्मुख छ ।

Post Views: 118
Loading spinner

संबन्धित समाचार

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ
Banner News

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

अशोज ९, २०८३
सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?
Banner News

सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

अशोज २, २०८३
नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन
Banner News

नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

भदौ ३१, २०८३
हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम
Banner News

हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

भदौ २९, २०८३
Next Post
प्रधानमन्त्री ओलीले मन्त्री गुप्तालाई बालुवाटार बोलाए

प्रधानमन्त्रीको निर्देशनपछि मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा

Leave Comment

ताजा खबर

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

अशोज ९, २०८३
सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

अशोज २, २०८३
नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

भदौ ३१, २०८३
हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

भदौ २९, २०८३
आज कुशे औँसीः जीवित बाबुलाई सम्मान, दिवङ्गत पिताको सम्झनामा तर्पण र श्राद्ध

आज कुशे औँसीः जीवित बाबुलाई सम्मान, दिवङ्गत पिताको सम्झनामा तर्पण र श्राद्ध

भदौ २६, २०८३

ब्लग

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवाहरू र अद्यावधिक हरूनयाँ सेवाहरू र अद्यावधिक हरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवा हरू र अद्यावधिकहरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवाहरूको सुधार

व्यवसायिक सेवाहरूको सुधार

by uknepalpress
फाल्गुन २८, २०८१
0

News Channel Logo

हामी तथ्यमा आधारित र जनचासोका विषयहरूमा केन्द्रित छौं। पाठकहरूले राजनीति, अर्थतन्त्र, मनोरञ्जन लगायतका विविध समाचार पाउन सक्नुहुन्छ।

  •             समाचार                  युवामञ्च
  •             राजनीति                 ब्लग
  •             विचार                     स्वास्थ्य

Contact Us

LocationEdinburgh, UK

Emailinfo@uknepalpress.com

  • Contact Us

Copyright © 2025 UK Nepal Press, All Rights Reserved