Uk Nepal Press
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
Uk Nepal Press
No Result
View All Result
Eng

ट्रम्पले हतियार दिने घोषणा गरेपछि रूसले युक्रेनमा हान्यो ७१८ वटा ड्रोन र १३ मिसाइल

uknepalpress by uknepalpress
असार २६, २०८२
0
Share on FacebookShare on Twitter

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी समकक्षी भ्लादिमिर पुटिनको आलोचना गरेको केही घन्टामै युक्रेनमा ठूलो आक्रमण भएको छ।

बुधबार रूसले युक्रेनमाथि अहिलेसम्मकै ठूलो हवाई हमला गरेको अमेरिकी मिडिया सिएनएनले जनाएको छ।

रूसले युक्रेनका विभिन्न भूभागमा लक्ष्य गरेर ७७८ ड्रोन  र १३ वटा मिसाइल प्रहार गरेको युक्रेनी वायुसेनाले जनाएको छ।

वायुसेनाले यसलाई रूसले युक्रेनमा गरेको अहिलेसम्मकै ठूलो हवाइ हमला भनेको छ। यसअघि जुलाई ४ मा पनि रूसले ५३९ ड्रोन र ११ वटा मिसाइलले युक्रेनी भूभागमा प्रहार गरेको थियो। 

ट्रम्पले युक्रेनलाई थप हतियार दिने घोषणा गर्दै युद्धविरामका विषयमा पुटिनले बकवास मात्रै गरिरहेको भनेपछि रूसले युक्रेनमा ठूलो संख्यामा हवाइ हतियार प्रहार गरी हमला गरेको हो।

रूसले युक्रेनमाथि लगातार आक्रमण गरिरहेको तर जब ट्रम्पले युक्रेनको पक्षमा अभिव्यक्ति दिन्छन् तब रूसले अझै बढी हतियार प्रयोग गरी युक्रेनमा हमला गर्ने गरेको सिएनएनले लेखेको छ।

गत साता ट्रम्पले पुटिनसँग कुराकानी गरेको केही घन्टामा रूसले युक्रेनमा भीषण हमला गरेको थियो। त्यतिबेला ट्रम्पले पुटिनसँग युद्धविरामका विषयमा सकारात्मक कुरा नभएको बताएका थिए।

बुधबार रूसतर्फबाट प्रहार भएको ७१८ वटा ड्रोन युक्रेनको एयर डिफेन्स सिस्टमले खसालेको थियो। आक्रमणमा एक जनाको मृत्यु भएको सिएनएनले जनाएको छ। केही मानिसहरू घाइते पनि भएका छन्।

बुधबारको हमला उत्तरपश्चिम भोलिन प्रान्तको लुत्स्क सहर लक्षित थियो।

‘हाम्रो प्रान्त ठूलो आक्रमणमा पर्‍यो,’  भोलिन प्रान्तका सैन्य प्रमुख इभान रुद्नित्स्कीले भनेका छ्न्।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि यसलाई युक्रेनमाथि भएको भीषण आक्रमण भनेका छन्।

‘त्यो अत्यन्त ठूलो आक्रमण थियो। जुन युद्धविराम र शान्ति स्थापनाका लागि कैयौं प्रयत्न जारी रहँदा भएको छ। रूस सबै कुरा अस्वीकार गर्दै आइरहेको छ,’ जेलेन्स्कीले भनेका छन्।

उनले रूसलाई आक्रमण रोकेर कसरी शान्तिमा आउन बाध्य पार्न सकिन्छ भनेर सोच्नुपर्ने पनि आफ्ना सहयोगी राष्ट्रहरूलाई आग्रह गरेका छन्।

रूसले ठूलो संख्यामा ड्रोन र मिसाइल प्रहार गरेपछि मानिसहरूले रेलवे स्टेसनमा रात बिताएका थिए। रूसले हालै युक्रेनी सहरहरूमा गरेको भीषण आक्रमणका कारण आफूलाई अरू विकल्प नभएको भन्दै युक्रेनलाई हतियार दिने ट्रम्पले बताएका थिए। रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले युद्ध रोक्न नखोजेकाले आफू उनीसँग असन्तुष्ट भएको पनि ट्रम्पले भनेका छन्।

‘हामी केही थप हतियार पठाउनेछौं,’ ट्रम्पले सोमबार ह्वाइट हाउसमा पत्रकारहरूसँग भनेका थिए।

‘हामीले पठाउनुपर्छ। उनीहरूले आफूलाई बचाउन सक्षम हुनुपर्छ। अहिले उनीहरूलाई धेरै ठूलो प्रहार भइरहेको छ। हामीले थप हतियार, मुख्यतया रक्षात्मक हतियार पठाउनुपर्नेछ। तर उनीहरूमाथि धेरै कडा प्रहार भइरहेको छ। त्यो अराजकतामा धेरै मानिसहरू मरिरहेका छन्,’ उनले थप भने।

इरानमाथि अमेरिकाले हमला गरेपछि ट्रम्पले रक्षा मन्त्रालयलाई आफूसँग कति गोलाबारूद छ भनेर समीक्षा गर्न निर्देशन दिएका थिए।

सो समीक्षापछि युक्रेनलाई बाइडेन सरकारले दिने निर्णय गरेको हतियार रोकेको दुई अधिकारीको हवाला दिँदै टाइम्सले जनाएको छ।

ट्रम्पले गत शुक्रबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग फोनमा कुरा गर्दा हतियारको आपूर्ति रोकेकोबारे पनि चर्चा भएको थियो। सो कुराकानी सौहार्दपूर्ण भएको र उनले जेलेन्स्कीलाई आफूले हतियार आपूर्ति नरोकेको बताएको भनेर समाचार आएका थिए।

रक्षा मन्त्रालयका नीति प्रमुख एलब्रिज कोल्बीले अमेरिकाको गोलाबारी, एअर-डिफेन्स मिसाइल र सटिक हतियारहरूको भण्डार घटिरहेको औँल्याएर हतियार रोक्ने निर्णय लिएका थिए।

दुई हप्ताअघि नेदरल्यान्ड्सको हेगमा भएको नेटोको शिखर सम्मेलनको अवसरमा ट्रम्पले युक्रेनलाई प्याट्रियट एअर-डिफेन्स मिसाइल बेच्नेबारे विचार गर्ने बताएका थिए। तर त्यसको एक हप्तामै युक्रेनलाई हस्तान्तरण गर्नका लागि छिमेकी पोल्याण्ड पुर्‍याइसकिएको हतियार समेत अमेरिकाले रोकेको थियो।

जेलेन्स्कीले रूसी हवाई आक्रमणबाट आफ्नो देशलाई जोगाउन १५ अर्ब डलरमा १० वटा प्याट्रियट एअर-डिफेन्स युनिट किन्न चाहेको बताउँदै आएका छन्।

ट्रम्पले युक्रेनलाई अमेरिकाले दिइरहेको हतियार रोक्न सक्छन् भनेर पहिलेदेखि अपेक्षा गरिएको थियो। त्यसैले युरोपेली देशहरूले प्याट्रियट एअर-डिफेन्स सिस्टम लगायत हतियार अमेरिकासँग किनेर युक्रेनलाई दिने योजना बनाएका छन्।

युक्रेनलाई हतियारको आपूर्ति रोकेको दुई दिनपछि ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग बिहीबार एक घण्टाभन्दा बढी फोनमा कुरा गरे। ट्रम्पले युक्रेनमा भइरहेको युद्धका कारण आफू ‘खुसी नभएको’ बताए। तर पुटिनसँगको कुराकानीमा सो विषयमा कुनै प्रगति नभएको स्वीकार गरेका थिए।

जेलेन्स्कीसँगको कुराकानीमा ट्रम्पले पुटिनसँग भएको कुराबारे पनि जानकारी दिएका थिए।

फेब्रुअरी अन्त्यमा ह्वाइट हाउसमा जेलेन्स्कीलाई बेइज्जत हुनेगरी झपारेका ट्रम्पले जुन २५ मा हेगमा भेटपछि भने उनलाई राम्रो मान्छे भनेका थिए। त्यसको एक हप्तामै ट्रम्पले हतियार रोक्ने निर्णय लिएका थिए। अनि एक हप्तापछि फेरि उनले हतियार दिने घोषणा गरेका हुन्।

ट्रम्पको पहलमा रूस-युक्रेन युद्धविरामका निम्ति अमेरिकाले मध्यस्थता गरिरहेको छ। ट्रम्पले सार्वजनिक र निजी रूपमा पनि युद्धविरामका लागि दुवै देशमाथि दबाब दिँदै आएका छन्।

अमेरिकाले राखेको ३० दिनको अस्थायी युद्धविराम प्रस्ताव युक्रेनले सहजै स्वीकार गरे पनि पुटिनले सहमति दिएका थिएनन्।

उनले युक्रेनलाई नेटोमा आबद्ध गर्न नहुने, सेना सीमित गर्नुपर्ने र अहिलेसम्म रूसले कब्जा गरेको युक्रेनी भूभाग मात्र नभएर आफ्नो नियन्त्रणमा नभएका भागको पनि स्वामित्व दिनुपर्ने माग गरिरहेका छन्।

ट्रम्पले मे १९ मा पुटिनसँग फोन वार्ता गरेपछि युद्ध रोकिने अपेक्षा धेरैले गरेका थिए। तर दुई घन्टाको फोन वार्तामा पनि ट्रम्पले पुटिनलाई मनाउन सकेनन्। त्यसपछि रूसले तत्काल युद्धविराम घोषणा गर्नुपर्ने आफ्नो मागबाट ट्रम्प पछि हटे।

युद्ध रोक्न कदम चाल्नुको साटो पुटिनले उल्टै युक्रेनमाथि आक्रमण तीव्र बनाएका छन्। त्यही भएर ट्रम्पले पछिल्ला दिन पुटिनबारे कडा टिप्पणी गर्न थालेका छन्।

पुटिनले वार्ता गरेजस्तो देखाएर आफूलाई खेलाइरहेको भन्दै ट्रम्पले रूसमाथि नयाँ प्रतिबन्ध लगाउन छलफलसमेत थालेको मानिन्छ।

रूस शान्तिका लागि गम्भीर देखिएन भने ट्रम्पले रूसविरूद्ध कडा कदम चाल्न सक्ने अपेक्षा गरिएको छ।

जुनको सुरूमा युक्रेनले ठूलो संख्यामा ड्रोनहरू प्रयोग गरेर रूसका धेरै बमवर्षक विमानहरू ध्वस्त पारेपछि रूस र युक्रेनबीच टर्कीमा शान्ति वार्ता भएको थियो। तर पनि युद्ध रोक्नेबारे केही पनि प्रगति हुन सकेको थिएन।

एक घण्टाको सो वार्तामा रूसले आफ्ना सर्तहरू आधिकारिक रूपमा राख्यो। त्यसअनुसार थप भूभाग छोड्न र आफ्नो सेनाको आकार घटाउन स्वीकार गर्ने हो भने मात्र यो युद्ध रोकिने बताएको भनेर समाचार आएका छन्।

रूसले युद्धविराम नभएर आफूले दीर्घकालीन समाधान खोजेको बताउँदै आएको छ।युक्रेनले भने रूसी राष्ट्रपति पुटिनले शान्ति नचाहेको आरोप लगाइरहेको छ।

रूसी समाचार एजेन्सी इन्टरफ्याक्सले प्रकाशित गरेको सर्तहरूका अनुसार युद्धको समाधानका लागि रूसले सन् २०१४ मा कब्जा गरेको युक्रेनको भूभाग क्राइमिया प्रायद्वीपलाई अन्तर्राष्ट्रिय रूपमा रूसी भूमि भनेर मान्यता दिनुपर्नेछ। त्यस्तै, रूसले आफ्नो भूभाग भनेर दाबी गरेको अन्य चार युक्रेनी क्षेत्रहरूलाई पनि अन्तर्राष्ट्रिय मान्यता खोजेको छ।

रूसले दाबी गरेको चार युक्रेनी क्षेत्रहरू हाल पूर्ण रूपमा रूसी सेनाको नियन्त्रणमा छैनन्। रूसले त्यहाँबाट पनि युक्रेनी सेना फिर्ता हुनुपर्ने माग गरेको छ।

युक्रेन तटस्थ देश हुनुपर्ने र नेटोको सदस्यता कहिल्यै लिन नहुने, युक्रेनमा रूसीभाषीहरूको अधिकार संरक्षण हुनुपर्ने, रूसीलाई आधिकारिक भाषा बनाउनुपर्ने र कथित नाजीकरण बन्द गर्नुपर्ने भन्ने माग रूसले पुनः दोहोर्‍याएको छ।

युक्रेनले भने रूसीभाषीहरूमाथि भेदभाव गरेको अस्वीकार गर्छ। युक्रेन नाजीकरण भएको आरोप सारा विश्वले हाँस्यास्पद ठान्छ।

अर्कोतर्फ, युक्रेनले भने आकाश, जमिन र समुद्रमा पूर्ण र बिनासर्त युद्धविराम हुनुपर्ने सर्त राखेको छ।

उक्त युद्धविरामको अनुगमन अमेरिकाले गर्नेछ। त्यसपछि सबै बन्दीको रिहाइ, रूसमा जबर्जस्ती लगिएका युक्रेनी बालबालिकाको फिर्ती र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र पुटिनबीच भेटघाट हुनुपर्ने छ।

रूसले फेरि आक्रमण नगरोस् भनी सुनिश्चित गर्न सुरक्षा ग्यारेन्टी पनि युक्रेनले माग गरेको छ।

रूसले आफ्नो नियन्त्रणमा रहेका युक्रेनी भूभागमाथि गर्दै आएको दाबीलाई अन्तर्राष्ट्रिय मान्यता दिनु हुँदैन भन्ने पनि युक्रेनले सर्त राखेको छ।

त्यस्तै, युक्रेनको सैन्य शक्तिमा कुनै सीमा लगाउन नहुने र रूसमाथि अमेरिका लगायत पश्चिमा राष्ट्रले लगाएको प्रतिबन्ध विस्तारै हटाइनुपर्ने छ। रूसले सम्झौता तोड्यो भने फेरि प्रतिबन्ध लगाउनुपर्ने युक्रेनको माग छ।

उसको सर्तअनुसार अमेरिका लगायत पश्चिमा राष्ट्रले जफत गरेको रूसी सम्पत्ति युक्रेनको पुनर्निर्माणमा खर्च गरिनुपर्ने छ।

Post Views: 53
Loading spinner

संबन्धित समाचार

कानुनी आधारबिनै आयोग गठन गरिएको भन्दै कांग्रेस असन्तुष्ट
Breaking News

कानुनी आधारबिनै आयोग गठन गरिएको भन्दै कांग्रेस असन्तुष्ट

बैशाख ३, २०८३
इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको आग्रह, पत्रमार्फत कूटनीतिक दबाब
Breaking News

इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको आग्रह, पत्रमार्फत कूटनीतिक दबाब

बैशाख २, २०८३
जेलरको दाबी: भीडले करकापमा पत्रमा हस्ताक्षर गरायो
Breaking News

जेलरको दाबी: भीडले करकापमा पत्रमा हस्ताक्षर गरायो

चैत्र १२, २०८२
सरकार बाहिरिने बेला महत्वपूर्ण नियुक्ति र सिफारिसले उठायो प्रश्न
Breaking News

सरकार बाहिरिने बेला महत्वपूर्ण नियुक्ति र सिफारिसले उठायो प्रश्न

चैत्र १, २०८२
Next Post
कांग्रेस अनुशासन समितिको कारबाही किन अवैधानिक: गुरु घिमिरे

कांग्रेस अनुशासन समितिको कारबाही किन अवैधानिक: गुरु घिमिरे

Leave Comment

ताजा खबर

कानुनी आधारबिनै आयोग गठन गरिएको भन्दै कांग्रेस असन्तुष्ट

कानुनी आधारबिनै आयोग गठन गरिएको भन्दै कांग्रेस असन्तुष्ट

बैशाख ३, २०८३
इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको आग्रह, पत्रमार्फत कूटनीतिक दबाब

इरानलाई हतियार नदिन चीनलाई ट्रम्पको आग्रह, पत्रमार्फत कूटनीतिक दबाब

बैशाख २, २०८३
जेलरको दाबी: भीडले करकापमा पत्रमा हस्ताक्षर गरायो

जेलरको दाबी: भीडले करकापमा पत्रमा हस्ताक्षर गरायो

चैत्र १२, २०८२
सरकार बाहिरिने बेला महत्वपूर्ण नियुक्ति र सिफारिसले उठायो प्रश्न

सरकार बाहिरिने बेला महत्वपूर्ण नियुक्ति र सिफारिसले उठायो प्रश्न

चैत्र १, २०८२
नयाँ सरकार गठन अघि मन्त्री आवास संकट, पुनर्निर्माण असारसम्म हुने लक्ष्य

नयाँ सरकार गठन अघि मन्त्री आवास संकट, पुनर्निर्माण असारसम्म हुने लक्ष्य

फाल्गुन २९, २०८२

ब्लग

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवाहरू र अद्यावधिक हरूनयाँ सेवाहरू र अद्यावधिक हरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवा हरू र अद्यावधिकहरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवाहरूको सुधार

व्यवसायिक सेवाहरूको सुधार

by uknepalpress
फाल्गुन २८, २०८१
0

News Channel Logo

हामी तथ्यमा आधारित र जनचासोका विषयहरूमा केन्द्रित छौं। पाठकहरूले राजनीति, अर्थतन्त्र, मनोरञ्जन लगायतका विविध समाचार पाउन सक्नुहुन्छ।

  •             समाचार                  युवामञ्च
  •             राजनीति                 ब्लग
  •             विचार                     स्वास्थ्य

Contact Us

Location 243,GeorgeStreet,Aberdeen,UK

Emailinfo@uknepalpress.com

Phone+44(0)7342 671820
  • Contact Us

Copyright © 2025 UK Nepal Press, All Rights Reserved

No Result
View All Result
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट

Copyright © 2025 UK Nepal Press, All Rights Reserved