Uk Nepal Press
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
Uk Nepal Press
No Result
View All Result
Eng

‘विद्या भण्डारीको सक्रिय राजनीतिमा पुनरामगन सकारात्मक’: खनाल

शिव ढकाल by शिव ढकाल
असार २१, २०८२
0
Share on FacebookShare on Twitter

पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्केको विषयलाई सकारात्मक रूपमा लिएको बताएका छन् । साथै उनले भण्डारीको पुनरागमनले एमालेलाई सही दिशामा ल्याउन, पार्टीलाई सही ढंगले रुपान्तरित गर्न र नेपालको कम्युनिस्ट आन्दोलन एकताबद्ध गराएर कम्युनिस्ट आन्दोलनको विकास र प्रभावको चुलीमा पुर्‍याउन सकारात्मक भूमिका खेल्न सक्ने बताए ।‘यो भयो भनेमात्र दुई–दुई पटक राष्ट्रपति भएको व्यक्ति राजनीतिमा आएको अर्थ लाग्न सक्छ’, खनालले भने ।

प्रस्तुत छ, भण्डारीको राजनीतिमा सक्रियता र एकीकृत समाजवादीभित्रको लफडाबारे नेता खनालसँग गरेको संक्षिप्त कुराकानी-

अध्यक्ष माधव नेपालदेखि नेतृ रामकुमारी झाक्रीसम्मका मुद्दा नेकपा एकीकृत समाजवादीमा पेचिला बनेका छन् तर यहीवेला सुरु भएको केन्द्रीय सचिवालय बैठक बस्दै स्थगित हुँदै आएको छ । किन यस्तो भइरहेको छ ?

पार्टीको जारी केन्द्रीय सचिवालय बैठक पार्टीभित्रका आन्तरिक सवालमा केन्द्रित छ । त्यसमध्ये पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको सन्दर्भमा पनि बैठकमा सामान्य छलफल गरेका छौँ ।छलफलमा सचिवालयका विभिन्न सदस्यले बोल्ने क्रम जारी नै छ । सबैले बोलिसकेपछि ठोस निर्णय गरौँला तर अहिले कुनै निर्णयमा पुगिसकेका छैनौँ । योबिचमा केही साथीको स्वास्थ्य अवस्थाका कारण केही दिन बैठक स्थगित गर्नुपरेको हो, अरु कुनै कारण छैन ।

अध्यक्षमाथिको मुद्दा एकातिर छँदैछ, अर्कोतिर रामकुमारी झाक्रीको अभिव्यक्तिले पार्टीमा तरङ्ग पैदा गरेको छ । यो पार्टीमा किन एकपछि अर्को कचिङ्गल थपिँदै गएको हो ?

अहिले हाम्रो पार्टीसामु विभिन्न किसिमका चुनौती आइरहेका छन् । यही क्रममा पार्टी अध्यक्षमाथि मुद्दा पनि आएको हो । यो विषय निकै गम्भीर र संवेदनशील कुरा हो । यसमा हाम्रो सिङ्गो पार्टी संवेदनशील र चिन्तित बनेको छ । अब के गर्ने भनेर निर्णय पनि गर्नुपर्नेछ । त्यसैको छलफलमा पनि रहेकाले छलफलबाटै निष्कर्ष निकाल्छौँ ।

अर्कोतर्फ रामकुमारी झाक्रीले एउटा कार्यक्रममा जुन कुरा बोल्नुभएको छ, उहाँले बोलेका कुरामा चर्चा र चिन्ता प्रकट पनि भएको छ । त्यो विषय पनि सचिवालय वा पार्टीको नेतृत्व तहमा छलफल गरेर टुङ्गोमा पुर्‍याउनुपर्छ ।

रामकुमारीलाई पार्टीले स्पष्टीकरण सोधिसकेको भनिएको छ नि ?

अहिलेसम्म स्पष्टीकरण सोधिएको भनेर बाहिर चर्चा भए पनि मैले थाहा पाएको छैन । सम्भवतः स्पष्टीकरण पनि लिएको छैन होला । त्यसैले स्पष्टीकरण लिने भन्दा पनि पार्टीले सम्बन्धित व्यक्तिसँग बुझेर समाधान गर्नुपर्ने हुन्छ ।

रामकुमारीले बोलेको तपाईं स्वयंले पनि सुन्नुभयो होला । नेतृत्वमाथि यस्ता अभिव्यक्तिहरू किन आउँछन् र यो परिस्थितिजन्य घटना, नियत वा वास्तविकता के हो ?

उहाँले बोलेका कुराहरूमध्ये बढी चर्चामा आएको एउटा शब्द छ । त्यो शब्दमा टिकाटिप्पणी पनि धेरै भयो र अनावश्यक शब्द नै भयो भन्ने छ । तर के प्रसङ्गमा कसरी यस्ता कुरा बोलियो भनेर सम्बन्धित व्यक्तिलाई नै बोलाएर समग्रमा बुझ्नुपर्ने आवश्यकता म देख्छु । गल्ती, कमजोरी के भएको हो ? आलोचना–आत्मालोचना गरेर विषयलाई समाधान गर्नुको विकल्प छैन ।

एउटा अनुशासित पार्टीको नेताले आफ्नै नेतामाथि प्रयोग गरेको त्यस्तो शब्द र शैली त जायज मानिँदैन नि ?

शब्द र शैलीलाई लिएर धेरै मानिसले आपत्ति जनाएको अवस्था छ । त्यो कसलाई भनेको हो ? माधव कमरेडलाई भनेको हो कि अरु कसैलाई भनिएको हो भनेर उहाँबाटै सुन्नुपर्छ भनेको हो ।

पार्टीले स्पष्टीकरण सोधे पनि तपाईं र महासचिव घनश्याम भुसाल रामकुमारीको बचाउमा लाग्नुभएको भनेर पनि कतिपयले भनिरहेका छन्, वास्तविकता के हो ?

होइन, अहिलेसम्म त्यसबारेमा केही पनि छलफल नै भएको छैन । उहाँले ‘मलाई कारबाही गरियो भनेको कुरा बाहिर आएको छ । कसले स्पष्टीकरण सोधेको हो ? मलाई कुनै पत्र कसैले पनि दिएको छैन । के हो ?’ भनेर एउटा लिखतपत्र हामीलाई पठाउनुभएको छ ।

अध्यक्षको सवालमा तपाईंले पनि गम्भीर र चिन्ताजनक विषय भन्नुभयो । मुद्दाकै विषयलाई लिएर अध्यक्षको राजीनामाको विषय पनि उठ्ने गरेको छ, सचिवालयमा यसबारेमा कसरी छलफल भइरहेको छ ?

यो विषय यसै पनि धेरै नै गम्भीर विषय हो । किनभने यो हाम्रो पार्टीको विषयमात्र होइन, नेपालको प्रधानमन्त्री भएको व्यक्तिलाई पहिलो पटक यस प्रकारको आरोप लागेको छ र मुद्दा दर्ता भएको छ । यो कुरालाई यसै पनि हामीले गम्भीरतापूर्वक लिएर छलफल गर्नुपर्छ र निष्कर्षमा पुग्नुपर्छ ।

सचिवालयमा यसबारेमा कुनै व्यक्ति विशेषले टिकाटिप्पणी गर्ने भन्दा पनि सामूहिक र पार्टीगत रूपले नै धारणा बनाएपछि बाहिर बोलौँ भनेर समझदारी भएको छ । त्यो समझदारीभन्दा बाहिर गएर मैले पनि बोल्न मिल्दैन ।

धेरैले माधव नेपाललाई नैतिकताको सवालमा उदाहरण दिने गर्छन् । समकालीन नेताहरूमा उहाँ बेदागी नेता पनि हुनुहुन्थ्यो । यस्तो पृष्ठभूमिमा अहिले अध्यक्ष पदबाट राजीनामा गर्न किन चाहिरनुभएको छैन, जबकि रामकुमारीले पनि रुपन्देहीमा त्यही कुरा त उठाउनुभएको हो नि ?

यसबारेमा साँच्चै भन्नुपर्दा त्यो ढंगको दोहोरो छलफल नै भएको छैन । सचिवालय बैठकमा वक्ताहरूले आ–आफ्नो कुरा राख्दै जानुभएको छ । धारणा राख्ने क्रम सकिने विन्दुमा पुगेको छ । हामी दुईतीन जना बोल्न बाँकी छौँ । बाँकीले पनि बोलिसकेपछि निष्कर्ष आउँछ । सचिवालयले एउटा निष्कर्ष निकाल्नुपर्छ । सचिवालयले निष्कर्ष निकालेन भने स्थायी कमिटी वा केन्द्रीय कमिटीमा पनि छलफल गरौँ भनेर जान सकिन्छ । त्यसैले अहिले नै यही निष्कर्ष आउँछ भन्न सकिँदैन ।

अध्यक्षमाथि मुद्दा छ, नेतृ रामकुमारीको अभिव्यक्ति एकातिर छ, विद्यार्थी र युवा संगठनमा पनि लफडा नै छ । यो लफडा नै लफडाको शृङ्खला पार्टीमा कहिलेसम्म चल्छ ?

तपाईंले भनेबाहेकका अरु पनि लफडा होलान् । ती सबै लफडा हल नगरी पार्टीलाई प्रस्ट वैचारिक राजनीतिक सिद्धान्तको आधारमा हाँक्ने दृढसङ्कल्प सिर्जना नगरेसम्म पार्टीलाई रुपान्तरण, विस्तार र सुदृढ गर्ने काम गर्न सक्दैनौँ । त्यसैले हाम्रा लागि अहिलेको चुनौती यी सबै लफडाहरूलाई समग्रतामा समाधान गर्नुपर्ने नै छ । समाधान गरेर व्यवहारमा देखाउनैपर्छ, अरु विकल्प छैन ।

नेकपा एमालेको राजनीतिमा पूर्वउपाध्यक्ष तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पुनरागमन भएको छ । यो विषयलाई नेपालको कम्युनिस्ट आन्दोलन श्रीवृद्धिका पक्षबाट हेर्दा कस्तो देखिन्छ ?

सामान्यतया राष्ट्रपतिको जिम्मेवारी सम्हालिसकेका व्यक्तिले सक्रिय राजनीतिमा आउने कि नआउने भन्ने प्रश्न अलि अघिसम्म प्रश्न बन्थे तर अब त्यो विषय प्रश्न नबन्ने भइसक्यो । विद्या भण्डारीले एमालेको सक्रिय राजनीतिमा आउने घोषणा गरिसकेकाले अब अरु विषय एमालेकै हुनपुग्यो । त्यसमा हामीले बाहिरबाट टिकाटिप्पणी गर्न आवश्यक रहेन । तर नेकपा एमालेलाई सही दिशामा ल्याउन, त्यो पार्टीलाई सही ढंगले रुपान्तरित गर्न र नेपालको कम्युनिस्ट आन्दोलन एकतावद्ध गराएर फेरि एकपटक नेपालको कम्युनिस्ट आन्दोलन विकास र प्रभावको चुलीमा पु¥याउनका यी घटनाक्रमहरूले सकारात्मक भूमिका खेल्न सकुन् । यो भयो भनेमात्र दुईदुई पटक राष्ट्रपति भएको व्यक्ति राजनीतिमा आएको अर्थ लाग्न सक्छ ।

तपाईंको आशय भण्डारीको पुनरागमनले नेपालका कम्युनिस्ट पार्टी एकीकृत हुन मद्दत गर्छ भन्ने हो ?

धेरै मलाई बोल्न नलगाउनुस् । म केवल यो घटनालाई अहिले सकारात्मक लिन्छु ।

Source : ratopati.com

Post Views: 101
Loading spinner

संबन्धित समाचार

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ
Banner News

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

अशोज ९, २०८३
सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?
Banner News

सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

अशोज २, २०८३
नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन
Banner News

नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

भदौ ३१, २०८३
हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम
Banner News

हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

भदौ २९, २०८३
Next Post
अपराजित रहँदै नेपालले जित्यो एसिसी मेन्स यू-१६ इस्ट जोन कप

अपराजित रहँदै नेपालले जित्यो एसिसी मेन्स यू-१६ इस्ट जोन कप

Leave Comment

ताजा खबर

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

अशोज ९, २०८३
सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

अशोज २, २०८३
नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

भदौ ३१, २०८३
हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

भदौ २९, २०८३
आज कुशे औँसीः जीवित बाबुलाई सम्मान, दिवङ्गत पिताको सम्झनामा तर्पण र श्राद्ध

आज कुशे औँसीः जीवित बाबुलाई सम्मान, दिवङ्गत पिताको सम्झनामा तर्पण र श्राद्ध

भदौ २६, २०८३

ब्लग

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवाहरू र अद्यावधिक हरूनयाँ सेवाहरू र अद्यावधिक हरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवा हरू र अद्यावधिकहरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवाहरूको सुधार

व्यवसायिक सेवाहरूको सुधार

by uknepalpress
फाल्गुन २८, २०८१
0

News Channel Logo

हामी तथ्यमा आधारित र जनचासोका विषयहरूमा केन्द्रित छौं। पाठकहरूले राजनीति, अर्थतन्त्र, मनोरञ्जन लगायतका विविध समाचार पाउन सक्नुहुन्छ।

  •             समाचार                  युवामञ्च
  •             राजनीति                 ब्लग
  •             विचार                     स्वास्थ्य

Contact Us

LocationEdinburgh, UK

Emailinfo@uknepalpress.com

  • Contact Us

Copyright © 2025 UK Nepal Press, All Rights Reserved

No Result
View All Result
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट

Copyright © 2025 UK Nepal Press, All Rights Reserved