Uk Nepal Press
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
Uk Nepal Press
No Result
View All Result
Eng

अदालतको फैसलाप्रति चिकित्सक आक्रामक, काउन्सिलकै निर्णयमाथि प्रश्न

uknepalpress by uknepalpress
असार २१, २०८२
0
Share on FacebookShare on Twitter

नेपाल मेडिकल काउन्सिलले दोषी नदेखेको घटनामा उपभोक्ता अदालतले दोषी ठहर गर्‍यो । उपचारमा संलग्न चिकित्सकको लापरबाहीलाई काउन्सिलले उन्मुक्ति दिँदै गरेको निर्णय अदालतले उल्ट्याइदिएको हो ।

यो सँगै चिकित्सकले काउन्सिलको अधिकारमाथि हस्तक्षेप गरेको भन्दै उपभोक्ता अदालतको फैसलामा गम्भीर प्रश्न उठाएका छन् ।

नेपाल चिकित्सक संघ कार्यकारी समितिले सोमबारबाट देशभरको आकस्मिक बाहेकको सम्पूर्ण सेवा बन्द गर्ने, काउन्सिलको प्रमाणपत्र उतै बुझाउने लगायतका आन्दोलन घोषणा गरेका छन् ।

यसले पुन: चिकित्सकहरू सडकमा उत्रने निश्चित भएको छ ।यही फैसलासँग सम्बन्धित तीनवटा घटनाक्रम हेरौं

२०७९ माघ २३ गंगा गौतम २८ महिनाकी छोरी प्रशंसालाई लिएर काठमाडौंको ज्ञानेश्वरस्थित हिमाल अस्पताल पुगेकी थिइन् ।

बाल रोग विशेषज्ञ डा. जयदेव यादवले बालिकाको स्वास्थ्य परीक्षण गरे । तर बालिकाको स्वास्थ्य अवस्था सुधार नहुँदै उल्टै बिग्रँदै गएपछि परिवारले कान्ति बाल अस्पताल लगियो ।

दुर्भाग्यवश, कान्ति बाल अस्पतालले उपचार नगरी आकस्मिक कक्षबाटै फर्काइदिएको थियो । त्यसपछि गंगाले छोरीलाई मेट्रो अस्पताल पुर्‍याइन् ।

फोक्सोमा अत्यधिक पानी जम्न गएको अवस्थामा माघ २६ गते मेट्रो अस्पतालमा उपचारका क्रममा बालिकाको मृत्यु भयो ।

तर, यो प्रकरणमा मेडिकल काउन्सिलले पनि उपचारमा संलग्न चिकित्सक यादवलाई सामान्य चेतावनी मात्रै दियो ।

काउन्सिलले अबदेखि हुने यस्ता उपचारमा स्तरीय उपचार विधि प्रयोग गर्न सुझाव दिँदै डा. यादवलाई उन्मुक्ति दिएको थियो ।

तर, १२ असारमा उपभोक्ता अदालतले डा. जयदेव यादव र हिमाल अस्पताललाई १ करोड ४५ लाख रुपैयाँ क्षतिपूर्ति तिराउन आदेश दियो ।

कतिपय उपचारमा चिकित्सकको लापरबाही देखिए पनि काउन्सिलले न्यायिक निर्णय नगरेको अवस्था छ । मेडिकल काउन्सिलले नागरिकको विश्वास जितिसकेको छैन ।

काउन्सिलको निर्णयमा चित्त नबुझाउँदै गंगा जिल्ला अदालत काठमाडौं पुगेकी थिइन् । पछि उपभोक्ता अदालत गठन भएसँगै यो मुद्दा पनि त्यतै सरेको थियो ।गंगाजस्तै, चिकित्सककै लापरबाहीको आरोप लगाउँदै २८ वर्षीया वर्षा भण्डारी पनि अदालत पुगिन् ।

वर्षाका अनुसार, चिकित्सकले दुईपटकसम्म अप्रेसन गर्दा पनि आफूले गर्न लागेको ‘प्लास्टिक सर्जरी’ बिग्रिएको थियो । उनले ग्रान्डि अस्पतालमा सर्जरी गराएकी थिइन् ।

निको हुनुको साटो संक्रमण भएर थप पीडा बढेको भन्दै उनले मुद्दा दायर गरेकी थिइन् ।

सवा ३ करोड मागदाबी लिएर अदालत गएकी वर्षाको पक्षमा उपभोक्ता अदालतले ५७ लाख १९ हजार क्षतिपूर्तीको फैसला गरिदियो ।

त्यसमध्ये ७० प्रतिशत अर्थात् ४० लाख ३ हजार उपचारमा संलग्न डा. सञ्जीव त्रिपाठी र ३० प्रतिशत अर्थात् १७ लाख १५ हजार ग्रान्डी अस्पतालले बेहोर्नुपर्ने फैसलामा उल्लेख छ ।

यस्तै प्रकृतिका अर्को घटना छ, चाबहिलस्थित ओम अस्पतालको ।

बाबुको उपचारमा लापरवाही भएको भन्दै बसन्त गौतमले अस्पताल र संलग्न दुई चिकित्सकविरुद्ध मुद्दा दायर गरेका थिए ।

Post Views: 110
Loading spinner

संबन्धित समाचार

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ
Banner News

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

अशोज ९, २०८३
सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?
Banner News

सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

अशोज २, २०८३
नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन
Banner News

नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

भदौ ३१, २०८३
हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम
Banner News

हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

भदौ २९, २०८३
Next Post
अमेरिकाको टेक्सासमा भीषण बाढी, कम्तिमा २४ जनाको मृत्यु:मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने

अमेरिकाको टेक्सासमा भीषण बाढी, कम्तिमा २४ जनाको मृत्यु:मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने

Leave Comment

ताजा खबर

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

अशोज ९, २०८३
सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

अशोज २, २०८३
नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

भदौ ३१, २०८३
हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

भदौ २९, २०८३
आज कुशे औँसीः जीवित बाबुलाई सम्मान, दिवङ्गत पिताको सम्झनामा तर्पण र श्राद्ध

आज कुशे औँसीः जीवित बाबुलाई सम्मान, दिवङ्गत पिताको सम्झनामा तर्पण र श्राद्ध

भदौ २६, २०८३

ब्लग

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवाहरू र अद्यावधिक हरूनयाँ सेवाहरू र अद्यावधिक हरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवा हरू र अद्यावधिकहरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवाहरूको सुधार

व्यवसायिक सेवाहरूको सुधार

by uknepalpress
फाल्गुन २८, २०८१
0

News Channel Logo

हामी तथ्यमा आधारित र जनचासोका विषयहरूमा केन्द्रित छौं। पाठकहरूले राजनीति, अर्थतन्त्र, मनोरञ्जन लगायतका विविध समाचार पाउन सक्नुहुन्छ।

  •             समाचार                  युवामञ्च
  •             राजनीति                 ब्लग
  •             विचार                     स्वास्थ्य

Contact Us

LocationEdinburgh, UK

Emailinfo@uknepalpress.com

  • Contact Us

Copyright © 2025 UK Nepal Press, All Rights Reserved