Uk Nepal Press
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
Uk Nepal Press
No Result
View All Result
Eng

पुटिनसँगको कुराकानीमा युक्रेनसँगको युद्ध रोक्नेबारे प्रगति नभएको ट्रम्पले गरे खुलासा

uknepalpress by uknepalpress
असार २०, २०८२
0
Pic : trump and Putin

Pic : trump and Putin

Share on FacebookShare on Twitter

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी समकक्षी भ्लादिमिर पुटिनसँगको कुराकानीमा युक्रेनसँगको युद्ध रोक्नेबारे कुनै प्रगति नभएको बताएका छन्।

ट्रम्पले पुटिनसँग बिहीबार एक घन्टाभन्दा बढी फोनमा कुरा गरे।

पुटिनसँग इरान र युक्रेनबारे लामो कुराकानी भएको ट्रम्पले बताए। उनले युक्रेनमा भइरहेको युद्धका कारण आफू ‘खुसी नभएको’ जनाए। तर पुटिनसँगको कुराकानीमा सो विषयमा कुनै प्रगति नभएको स्वीकार गरे।

रूसले सो कुराकानीमा युक्रेनसँगको युद्ध रोक्नेबारे भएको कुराको जानकारी दिएको छैन। बरू इरानबारे चर्चा भएको खुलासा गरेको छ।

इसराइलले इरानको आणविक हतियार कार्यक्रम रोक्न जुन १३ मा युद्ध छेडेको थियो। तर इसराइलले इरानको फर्दोमा पहाडमुनि सयौं फिट तल बलियो बंकरमा बनाएको आणविक भट्टी ध्वस्त पार्न सकेन। त्यसपछि अमेरिकाले १२५ वटाभन्दा बढी विमान प्रयोग गरेर जुन २२ मा इरानका आणविक भट्टीहरूमा आक्रमण गर्‍यो। त्यसपछि ट्रम्पले इसराइल र इरानबीच युद्धविराम गराएका छन्। इरानलाई आणविक हतियार कार्यक्रम रोक्नेबारे वार्ता गर्न दबाब दिइरहेका छन्।

इरानको मामला कुटनीतिबाट मात्रै सुल्झाउनु पर्छ भनेर पुटिनले ट्रम्पसँगको कुराकानीमा जोड दिएको भनेर रूसले जनाएको छ।

ट्रम्पले युक्रेनलाई रूसविरूद्ध लड्न चाहिने केही हतियारको आपूर्ति रोकेको दुई दिनपछि उनले पुटिनसँग कुरा गरेका हुन्।

जो बाइडेन सरकारले दिने निर्णय गरेको सटिक निशाना लाग्ने प्याट्रियट एअर-डिफेन्स सिस्टम अन्तर्गतका रक्षात्मक मिसाइल (इन्टरसेप्टर) र केही हतियारको आपूर्ति उनले रोकेका छन्।

अमेरिकी अनलाइन पोलिटिकोले लेखेअनुसार, रक्षा मन्त्रालयका नीति प्रमुख एलब्रिज कोल्बीले अमेरिकाको गोलाबारी, एअर-डिफेन्स मिसाइल र सटिक हतियारहरूको भण्डार घटिरहेको औँल्याएर सो निर्णय लिएका हुन्।

एक हप्ताअघि नेदरल्यान्ड्सको हेगमा भएको नेटोको शिखर सम्मेलनको अवसरमा ट्रम्पले युक्रेनलाई प्याट्रियट एअर-डिफेन्स मिसाइल बेच्नेबारे विचार गर्ने बताएका थिए। तर अहिले भने युक्रेनलाई हस्तान्तरण गर्नका लागि छिमेकी पोल्याण्ड पुर्‍याइसकिएको हतियारसमेत उनले रोकेका हुन्।

ट्रम्प सरकारका अधिकारीहरूले अमेरिकाले चीनबाट उत्पन्न हुने दीर्घकालीन खतरामा आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने बताउँदै आएका छन्। त्यस्तै, तत्कालका लागि मध्यपूर्वमा पनि ध्यान केन्द्रित गर्नुपर्ने भएकाले पनि अमेरिकाले युक्रेनलाई दिने हतियार रोकेको हो।

हेगमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटेपछि उनीप्रति सहानुभूति देखाएका एक हप्तामै ट्रम्पले यस्तो निर्णय लिएका छन्। फेब्रुअरी अन्त्यमा ह्वाइट हाउसमा जेलेन्स्कीलाई बेइज्जत हुनेगरी झपारेका ट्रम्पले जुन २५ को भेटपछि भने उनलाई राम्रो मान्छे भनेका थिए।

जेलेन्स्कीसँग रूस-युक्रेन युद्ध रोक्नेबारे कुरा भयो भनेर पत्रकारले सोध्दा ट्रम्पले भनेका थिए, ‘होइन, होइन, मलाई उनको अवस्था कस्तो छ भनेर जान्न मन थियो। (कुराकानीका क्रममा) उनी साँच्चै धेरै राम्रो थिए। उनी कठिन लडाइँ लडिरहेका छन्। यो कठिन लडाइँ हो।’

ह्वाइट हाउसमा फेब्रुअरीमा भएको त्यो भनाभनबारे टिप्पणी गर्दै उनले दुई जनाबीच विगतमा अप्ठ्यारो परिस्थिति आएको बताएका थिए।

अर्कोतर्फ, रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग राम्रो सम्बन्ध भएका ट्रम्पले उनीबारे भने कडा प्रतिक्रिया दिएका थिए।

‘भ्लादिमिर पुटिनले यो युद्ध अन्त्य गर्नुपर्छ। मानिसहरू यस्तो तहमा मरिरहेका छन्, जुन धेरै समयदेखि देखिएको छैन,’ ट्रम्पले भनेका थिए।

पुटिनले इरान-इसराइल युद्धमा मध्यस्थता गर्ने प्रस्ताव राखेकोबारे पनि उनले कुरा गरेका थिए।

‘त्यो पर्दैन। रूस (युद्ध रोक्ने) बारे सहयोग गर्न सक्नुहुन्छ,’ भनेर पुटिनलाई आफूले जबाफ दिएको उनले बताएका थिए।

ट्रम्पको पहलमा रूस-युक्रेन युद्धविरामका निम्ति अमेरिकाले मध्यस्थता गरिरहेको छ। ट्रम्पले सार्वजनिक र निजी रूपमा पनि युद्धविरामका लागि दुवै देशमाथि दबाब दिँदै आएका छन्।

अमेरिकाले राखेको ३० दिनको अस्थायी युद्धविराम प्रस्ताव युक्रेनले सहजै स्वीकार गरे पनि पुटिनले सहमति दिएका थिएनन्।

उनले युक्रेनलाई नेटोमा आबद्ध गर्न नहुने, सेना सीमित गर्नुपर्ने र अहिलेसम्म रूसले कब्जा गरेको युक्रेनी भूभाग मात्र नभएर आफ्नो नियन्त्रणमा नभएका भागको पनि स्वामित्व दिनुपर्ने माग गरिरहेका छन्।

ट्रम्पले मे १९ मा पुटिनसँग फोन वार्ता गरेपछि युद्ध रोकिने अपेक्षा धेरैले गरेका थिए। तर दुई घन्टाको फोन वार्तामा पनि ट्रम्पले पुटिनलाई मनाउन सकेनन्। त्यसपछि रूसले तत्काल युद्धविराम घोषणा गर्नुपर्ने आफ्नो मागबाट ट्रम्प पछि हटे।

युद्ध रोक्न कदम चाल्नुको साटो पुटिनले उल्टै युक्रेनमाथि आक्रमण तीव्र बनाएका छन्। त्यही भएर ट्रम्पले पछिल्ला दिन पुटिनबारे कडा टिप्पणी गर्न थालेका छन्।

पुटिनले वार्ता गरेजस्तो देखाएर आफूलाई खेलाइरहेको भन्दै ट्रम्पले रूसमाथि नयाँ प्रतिबन्ध लगाउन छलफलसमेत थालेको मानिन्छ।

रूस शान्तिका लागि गम्भीर देखिएन भने ट्रम्पले रूसविरूद्ध कडा कदम चाल्न सक्ने अपेक्षा गरिएको छ।

जुनको सुरूमा युक्रेनले ठूलो संख्यामा ड्रोनहरू प्रयोग गरेर रूसका धेरै बमवर्षक विमानहरू ध्वस्त पारेपछि रूस र युक्रेनबीच टर्कीमा शान्ति वार्ता भएको थियो। तर पनि युद्ध रोक्नेबारे केही पनि प्रगति हुन सकेको थिएन।

एक घण्टाको सो वार्तामा रूसले आफ्ना सर्तहरू आधिकारिक रूपमा राख्यो। त्यसअनुसार थप भूभाग छोड्न र आफ्नो सेनाको आकार घटाउन स्वीकार गर्ने हो भने मात्र यो युद्ध रोकिने बताएको भनेर समाचार आएका छन्।

रूसले युद्धविराम नभएर आफूले दीर्घकालीन समाधान खोजेको बताउँदै आएको छ।

युक्रेनले भने रूसी राष्ट्रपति पुटिनले शान्ति नचाहेको आरोप लगाइरहेको छ।

रूसी समाचार एजेन्सी इन्टरफ्याक्सले प्रकाशित गरेको सर्तहरूका अनुसार युद्धको समाधानका लागि रूसले सन् २०१४ मा कब्जा गरेको युक्रेनको भूभाग क्राइमिया प्रायद्वीपलाई अन्तर्राष्ट्रिय रूपमा रूसी भूमि भनेर मान्यता दिनुपर्नेछ। त्यस्तै, रूसले आफ्नो भूभाग भनेर दाबी गरेको अन्य चार युक्रेनी क्षेत्रहरूलाई पनि अन्तर्राष्ट्रिय मान्यता खोजेको छ।

रुसले दाबी गरेको चार युक्रेनी क्षेत्रहरू हाल पूर्ण रूपमा रुसी सेनाको नियन्त्रणमा छैनन्। रुसले त्यहाँबाट पनि युक्रेनी सेना फिर्ता हुनुपर्ने माग गरेको छ।

युक्रेन तटस्थ देश हुनुपर्ने र नेटोको सदस्यता कहिल्यै लिन नहुने, युक्रेनमा रुसीभाषीहरूको अधिकार संरक्षण हुनुपर्ने, रुसीलाई आधिकारिक भाषा बनाउनुपर्ने र कथित नाजीकरण बन्द गर्नुपर्ने भन्ने माग रुसले पुनः दोहोर्‍याएको छ।

युक्रेनले भने रूसीभाषीहरूमाथि भेदभाव गरेको अस्वीकार गर्छ। युक्रेन नाजीकरण भएको आरोप सारा विश्वले हास्यास्पद ठान्छ।

अर्कोतर्फ, युक्रेनले भने आकाश, जमिन र समुद्रमा पूर्ण र बिनासर्त युद्धविराम हुनुपर्ने सर्त राखेको छ।

उक्त युद्धविरामको अनुगमन अमेरिकाले गर्नेछ। त्यसपछि सबै बन्दीको रिहाइ, रूसमा जबर्जस्ती लगिएका युक्रेनी बालबालिकाको फिर्ती र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र पुटिनबीच भेटघाट हुनुपर्ने छ।

रूसले फेरि आक्रमण नगरोस् भनी सुनिश्चित गर्न सुरक्षा ग्यारेन्टी पनि युक्रेनले माग गरेको छ।

रूसले आफ्नो नियन्त्रणमा रहेका युक्रेनी भूभागमाथि गर्दै आएको दाबीलाई अन्तर्राष्ट्रिय मान्यता दिनु हुँदैन भन्ने पनि युक्रेनले सर्त राखेको छ।

त्यस्तै, युक्रेनको सैन्य शक्तिमा कुनै सीमा लगाउन नहुने र रुसमाथि अमेरिका लगायत पश्चिमा राष्ट्रले लगाएको प्रतिबन्ध विस्तारै हटाइनुपर्ने छ। रुसले सम्झौता तोड्यो भने फेरि प्रतिबन्ध लगाउनुपर्ने युक्रेनको माग छ। उसको सर्तअनुसार अमेरिका लगायत पश्चिमा राष्ट्रले जफत गरेको रूसी सम्पत्ति युक्रेनको पुनर्निर्माणमा खर्च गरिनुपर्ने छ।

Post Views: 87
Loading spinner

संबन्धित समाचार

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ
Banner News

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

अशोज ९, २०८३
सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?
Banner News

सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

अशोज २, २०८३
नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन
Banner News

नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

भदौ ३१, २०८३
हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम
Banner News

हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

भदौ २९, २०८३
Next Post
कांग्रेस बैठकमा रामहरिले भने : पार्टी निर्देशन आयो भने समिति सभापति छोड्न तयार छु

कांग्रेस बैठकमा रामहरिले भने : पार्टी निर्देशन आयो भने समिति सभापति छोड्न तयार छु

Leave Comment

ताजा खबर

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

अशोज ९, २०८३
सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

अशोज २, २०८३
नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

भदौ ३१, २०८३
हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

भदौ २९, २०८३
आज कुशे औँसीः जीवित बाबुलाई सम्मान, दिवङ्गत पिताको सम्झनामा तर्पण र श्राद्ध

आज कुशे औँसीः जीवित बाबुलाई सम्मान, दिवङ्गत पिताको सम्झनामा तर्पण र श्राद्ध

भदौ २६, २०८३

ब्लग

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवाहरू र अद्यावधिक हरूनयाँ सेवाहरू र अद्यावधिक हरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवा हरू र अद्यावधिकहरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवाहरूको सुधार

व्यवसायिक सेवाहरूको सुधार

by uknepalpress
फाल्गुन २८, २०८१
0

News Channel Logo

हामी तथ्यमा आधारित र जनचासोका विषयहरूमा केन्द्रित छौं। पाठकहरूले राजनीति, अर्थतन्त्र, मनोरञ्जन लगायतका विविध समाचार पाउन सक्नुहुन्छ।

  •             समाचार                  युवामञ्च
  •             राजनीति                 ब्लग
  •             विचार                     स्वास्थ्य

Contact Us

LocationEdinburgh, UK

Emailinfo@uknepalpress.com

  • Contact Us

Copyright © 2025 UK Nepal Press, All Rights Reserved

No Result
View All Result
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट

Copyright © 2025 UK Nepal Press, All Rights Reserved