Uk Nepal Press
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
  • 🏠
  • समाचार
    • राजनीति
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • युवामञ्च
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Eng
Uk Nepal Press
No Result
View All Result
Eng

रूसले युक्रेनको राजधानीमा हान्यो ५०० भन्दा बढी ड्रोन र ब्यालिस्टिक मिसाइल

uknepalpress by uknepalpress
असार २०, २०८२
0
Share on FacebookShare on Twitter

रूसले युक्रेनमाथि ठूलो परिमाणको हवाई हतियारले आक्रमण गरेको छ।

गएराति रूसले युक्रेनको राजधानीमा किभ लगायतका सहरमा लक्ष्य बनाएर ५३९ वटा ड्रोन र ११ वटा क्रुज तथा ब्यालिस्टिक मिसाइल प्रहार गरेको अमेरिकी मिडिया सिएनएनले लेखेको छ।

युक्रेनी वायु सेनाले रूसबाट प्रहार भएकामध्ये ४७६ ड्रोन हवाइ प्रतिरक्षा प्रणालीले नष्ट पारेको बताएको छ।

युक्रेनको आपतकालीन सेवाका अनुसार आक्रमणका कारण धेरै शहरी जिल्लाहरूमा भवन र संरचनाहरूमा आगो लागेको छ। साथै बहु-तले भवनहरू पनि आंशिक रूपमा ध्वस्त भएका थिए। किभको रेलमार्गमा पनि क्षति पुगेको आपतकालीन सेवाका अधिकारीहरूलाई उद्धृत गरेर सिएनएनले लेखेको छ।

युक्रेनले रूसले गएराति गरेको हमलालाई युद्ध सुरू भएयताकै ठूलो हमला भनेको सिएनएनले जनाएको छ।

किभमा रूसी हमला रोक्न रातभरि डिफेन्स सिस्टम सक्रिय गराइएको थियो। रूसी हमला र युक्रेनी डिफेन्स सिस्टम सक्रिय हुँदा राजधानीवासीले रातभरि निद्रा नपाएको बताइएको छ।

आक्रमणमा परी कम्तिमा २३ जना घाइते भएका छन्। मृत्यु भएको रिपोर्ट नभएको सिएनएनले लेखेको छ।

विस्फोटको आवाज व्यापक भएपछि गएराति हजारौं मानिसहरूले मेट्रो स्टेशन र भूमिगत पार्किङमा आश्रय लिएका थिए भनेर सिएनएनले लेखेको छ।

‘ भयानक रात थियो। एक झमेट पनि निद्रा पाएनन्। यो अहिलेसम्मको खराब रात हो,’ युक्रेनका विदेशमन्त्री एन्ड्री सिबिहाले भने।

 राष्ट्रपति जेलेन्स्कीले पनि यसलाई देशले देखेको अहिलेसम्मकै ठूलो हवाइ हमला भनेका छन्।

उनले अमेरिकी राष्ट्रपति ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिरि पुटिनसँग कुरा भएको केही बेरपछि रूसले किभमा हमला गरेको बताए।

‘मिडियामा राष्ट्रपति ट्रम्प र पुटिनबीचको कुराकानी भएको मिडिया रिपोर्ट र किभमा हमला एकैसाथ बज्न थाले। रूसले युद्ध र आतंक अन्त्य गर्ने कुनै मनशाय देखाएन,’ उनले भने।

 राष्ट्रपति ट्रम्पले गएराति ट्रुथ सोसलमार्फत पुटिनसँग कुराकानी गर्न लागेको भनेर जानकारी दिएका थिए। पछि पुटिनसँगको कुराकानी सकारात्मक हुन नसकेको सिएनएनले जनाएको छ।

उनीहरूबीच झन्डै एक घन्टा लामो कुराकानी भएको थियो। त्यसमा युद्धविरामबारे पुटिन सहमत नभएको ट्रम्पले बताएका छन्।

रूसले जुन महिनामा मात्र युक्रेनविरुद्ध लगभग ८० ब्यालिस्टिक क्षेप्यास्त्र, ५,००० ड्रोन, ५,००० ग्लाइडिङ बमसहित ३३० भन्दा बढी क्षेप्यास्त्रहरू प्रहार गरेको सिएनएनले जनाएको छ।

बिहीबार मात्रै कुर्स्क क्षेत्रमा युक्रेनसँगको लडाइँमा रूसी नौसेनाको उपप्रमुख नै मारिएका थिए। 

Banner News, Breaking News, देश/विदेश
Post Views: 80
Loading spinner

संबन्धित समाचार

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ
Banner News

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

अशोज ९, २०८३
सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?
Banner News

सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

अशोज २, २०८३
नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन
Banner News

नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

भदौ ३१, २०८३
हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम
Banner News

हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

भदौ २९, २०८३
Next Post
पसल बन्द गरेर सडकमा उत्रिए सुनचाँदी व्यवसायीहरू

पसल बन्द गरेर सडकमा उत्रिए सुनचाँदी व्यवसायीहरू

Leave Comment

ताजा खबर

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

रामकृष्ण ढकाल एडिनबरामा गुञ्जिँदै, नेपाली संगीत र नृत्यको साँझ

अशोज ९, २०८३
सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

सैन्य नेतृत्वबाट कूटनीतितर्फ गौरवशम्शेरः नेपाल–बेलायत सम्बन्धमा के अर्थ राख्छ उनको सिफारिस?

अशोज २, २०८३
नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

नेपालमा प्रसूति बिदा विस्तारको तयारीः आमालाई ६ महिना, बाबुलाई ४२ दिन

भदौ ३१, २०८३
हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

हरितालिका तीज: हिमालयन सेन्टरमा आस्था, संस्कृति र समुदायको संगम

भदौ २९, २०८३
आज कुशे औँसीः जीवित बाबुलाई सम्मान, दिवङ्गत पिताको सम्झनामा तर्पण र श्राद्ध

आज कुशे औँसीः जीवित बाबुलाई सम्मान, दिवङ्गत पिताको सम्झनामा तर्पण र श्राद्ध

भदौ २६, २०८३

ब्लग

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवाहरू र अद्यावधिक हरूनयाँ सेवाहरू र अद्यावधिक हरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवा हरूको सुधार

नयाँ सेवा हरू र अद्यावधिकहरू

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

by uknepalpress
फाल्गुन २८, २०८१
0

व्यवसायिक सेवाहरूको सुधार

व्यवसायिक सेवाहरूको सुधार

by uknepalpress
फाल्गुन २८, २०८१
0

News Channel Logo

हामी तथ्यमा आधारित र जनचासोका विषयहरूमा केन्द्रित छौं। पाठकहरूले राजनीति, अर्थतन्त्र, मनोरञ्जन लगायतका विविध समाचार पाउन सक्नुहुन्छ।

  •             समाचार                  युवामञ्च
  •             राजनीति                 ब्लग
  •             विचार                     स्वास्थ्य

Contact Us

LocationEdinburgh, UK

Emailinfo@uknepalpress.com

  • Contact Us

Copyright © 2025 UK Nepal Press, All Rights Reserved